भर्खरै

नेप्से परिसूचक १७ दशमलव ९८ अङ्कले घट्यो

  • प्रकाशित मिति : Tue-20-Sep-2016
  • - Admin
title

मङ्गलबार नेप्से परिसूचक १ प्रतिशतले घटेको छ । दिन भरीको कारोबारमा परिसूचक १७ दशमलव ९८ अङ्कले घटेर १ हजार ७ सय ८६ दशमलव ५० विन्दुमा पुगेको थियो । नेप्सेमा कारोबार रकम रू.१ अर्ब ११ करोड घटेर रू. १ अर्ब ३४ करोड पुगेको छ भने कुल बजार पूँजीकरण रू. १९ खर्ब ७१ अर्ब पुगेको हो ।

होटल समूहको परिसूचक शून्य दशमलव ६७ प्रतिशतले बढेको हो । वीमा समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेको हो । त्यसैगरी, बैङ्किङ समूहको परिसूचक १ दशमलव ३८ प्रतिशत र ‘अन्य’ समूहको १ दशमलव ३३ प्रतिशतले घटेको छ । साथै, वित्त कम्पनी समूहको परिसूचक १ दशमलव २६ प्रतिशत, जलविद्युतको १ दशमलव १६ प्रतिशत र विकास बैङ्कको १ दशमलव शून्य ४ प्रतिशतले घटेको हो ।

मङ्गलबार नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ६३ दशमलव शून्य ३ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । नेप्सेमा १ सय ४४ कम्पनीको ६ हजार ९ सय ३९ व्यापारबाट १६ लाख १५ हजार ४ सय १७ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा कारोबार भएका कम्पनी मध्ये ३१ कम्पनीको शेयरमूल्य बढेको छ, १ सय ७ कम्पनीको शेयरमूल्य घट्यो र ६ कम्पनीको शेयर मूल्य स्थिर रहयो । सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव २८ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।

प्रतिक्रिया