भर्खरै

बैशाखभित्र १५ मेगावाटको सौर्य विद्युत राष्ट्रिय प्रसारणमा जोडिने

  • प्रकाशित मिति : Thu-11-Mar-0202
  • - Admin
title
 
काठमाण्डौ, फागुन ।  नुवाकोटमा निर्माणाधिन २५ मेगावाट क्षमताको सौर्य विद्युत आयोजनाबाट बैशाखभित्र विद्युत उत्पादन हुने भएको छ । नेपालकै ठूलो सौर्य विद्युत आयोजनाको रुपमा रहेको उक्त आयोजनाबाट  बैशाख सम्म १५ मेगावाट विद्युत उत्पादन हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणले प्रवद्र्धन गरिरहेको उक्त आयोजनाबाट १० मेगावाट चैतमा र थप ५ मेगावाट बैशाखभित्र उत्पादन गर्ने र बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचान गरी निर्माण अगाडि बढाइने भएको हो । आयोजनामा ब्याट्री नराखिएका कारण घाम लागेका बेला मात्रैविद्युत उत्पादन हुन्छ । उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारणमा जोडिने र प्राधिकरणको देवीघाट विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक ३ ठाउँमा ५ मेगावाट विद्युत उत्पादन गर्न सक्ने सोलार प्यानल जडान गर्ने कार्य 
 
 
भईरहेको छ । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा आवश्यक पर्दछ ।
सोलार आयोजनाबाट उत्पादित विद्युत जडानका लागि ६६–३३ केभीको नयाँ सबस्टेसन निर्माण भईरहेको प्राधिकरणले जनाएको छ ।
सौर्य ऊर्जा प्रवाहका लागि सबस्टेसन निर्माण हुन समय लाग्ने देखिएकाले चालू अवस्थाको ३३ केभी प्रसारण लाइनमार्फत नै विद्युत जडानको वैकल्पिक व्यवस्था गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । सम्पूर्ण उपकरणहरु आयोजनास्थलमा आईसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिहरुले बैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।
ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५ को बैशाखमा आयोजनाको शिलान्यास गरेको थियो । त्यतिबेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति,रुख कटान लगायतका कारणले ढिलाइ भएको घिसिङले बताए । ‘हाम्रै स्वामित्वमा रहेको एक हजारभन्दा बढी रुख हटाउने कानुनी प्रकृया पूरा गर्न धेरै समय लाग्यो,ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गर्यो,त्यसलाई परामर्शदाताले पटक—पटक पुनरावलोकन गरी स्वीकृत गर्न झनै समय लगाईदियो जसले गर्दा सुरुमा तय गरिएको निर्माण तालिका प्रभावित हुन पुगेको घिसिङको भनाई छ । विश्व बैकको  ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन,आपूर्ति,निर्माण,सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ ।कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago