“प्राविधिक शिक्षाका पाठ्यक्रम समय सापेक्ष परिमार्जित हुन आवश्यक छ”

  • प्रकाशित मिति : बिही, बैशाख २१, २०८०
  • - विद्युत संसार साप्ताहिक
title

 
ललितपुरमा जन्मनु भएका शिक्षक देवेन्द्र महर्जन हाल गम्भिर समुन्द्र सेतु माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । लामो समय देखि शिक्षक पेशालाई निरन्तरता दिदैं आउनु भएका महर्जन सरकारी विद्यालयहरु मध्ये सफल विद्यालय बनाउन सक्षम प्रधानाध्यापकको रुपमा परिचित हुनुहुन्छ । उनै प्रधानाध्यापक महर्जनसग प्राविधिक क्षेत्र र शैक्षिक क्षेत्रको सम्बन्ध, सरकारी विद्यालयलाई कसरी सुधार्न सकिन्छ लगायत विषयमा विद्युत संसार साप्ताहिक पत्रिकाका प्रधान सम्पादक राम प्रसाद पौडेलले गर्नुभएको कुराकानीको सम्पादित अंश :
 
 
गम्भिर समुन्द्र सेतु माध्यमिक विद्यालय नाम कसरी रहन पुग्यो ?

यस विद्यालयको नाम २००८ साल देखि नै यहि छ । सो समयमा विद्यालयका संस्थापक प्राध्यापक बौद्ध धर्मसँग सम्बधित हुनुहुन्थो । उहाँले नै प्रतिकात्मक रुपमा विद्यालयको नाम राख्नुभएको थियो । शिक्षा क्षेत्रलाई गम्भिर रुपमा समुन्द्र तर्नको लागि सेतुको भुमिका निर्वाह गर्नेको रुपमा विद्यालयलाई लिईन्छ । अर्कोतर्फ भौगोलिक रुपमा पनि सो नाम उपयुक्त हुने भएकाले विद्यालयको नाम गम्भिर समुन्द्र सेतु माध्यमिक विद्यालय रहन गएको हो । 
 
प्रधानध्यापक हुँदै गर्दा हजुरको अनुभव ?

अुनभवले भविष्य देखाउद छ । शिक्षण क्षेत्रमा करिव ३५÷३६ वर्ष लामो मेरो अनुभवले विद्यालयल सञ्चालन गर्न सरल र सहज भएको महसुस गरेको छु । विद्यार्थीहरुको परिक्षाको परिणाम अनुसार पनि सरकारी विद्यालयहरु मध्ये उपत्यकामा हाम्रो विद्यालय नमुना विद्यालयको रुपमा परिचित छ ।
 
विद्यालयमा कस्ता विषयमा पढाई हुने गरेको छ ?

विद्यालयमा प्राविधिक र साधारण गरी दुई क्षेत्र तर्फ पढाई हुने गरेको छ । नर्सरी देखि तीन सम्म ग्रेड टिचिङ्ग छ । सो भन्दा माथि १० कक्षा सम्म अग्रेजी माध्यमबाट पढाई हुने गरेको छ । ११ बाट माथिका कक्षाहरुमा व्यवस्थापन र कानुन संकाय क्षेत्रका विषयमा अध्ययन हुने गरेको छ । प्राविधिक क्षेत्रतर्फ सिटिईभिटीको समन्वयमा सिभिल इन्जिनियरीङ्ग र सेर्भे इन्जिनियरीङ्गमा तीन वर्षीय अध्ययन भइरहेको छ । 
 
नीजि र सरकारी विद्यालयको अध्ययनमा के कस्ता भिन्नता हुन्छ ?

नीजि र सरकारी विद्यालयको अध्ययनमा खासै फरक त हुँदैन । हाम्रो विद्यालयमा अंग्रेजी माध्यम नहुँदा अविभावकले नीजि विद्यालय भर्ना गर्ने क्रम बढेको थियो तर हाम्रै विद्यालयमा अंग्रेजी माध्यममा पढाई सुरु गरेसँगै हाम्रो विद्यालयमा विद्यार्थीहरुको आर्कषण बढेर गएको छ । अघिल्लो वर्षकै एसईईलाई आधार मान्ने हो भने पनि एक जना विद्यार्थीको डि प्लस र अरु सबै विद्यार्थीको सो भन्दा माथि आएको थियो । 
 
सरकारी विद्यालयका शिक्षकहरु राजनीतिमा बढी लाग्ने गरेको आरोप लाग्दै आएको पाईन्छ यसलाई कसरी लिनुहुन्छ ?

यस्ता विषय पहिले देखिनै उठ्दै आएको पाइन्छ । यथार्थमा यो होईन, कुनै पनि व्यक्तिको आफ्नो व्यक्तिगत विचारधारा हुन्छ । यसमा सरकारी नीजि दुवै विद्यालयको शिक्षकमा हुने गरेको आफ्नो विचारधारा लिएर कुनै संघ संगठनहरुमा आवद्धता हुँदा नै विद्यालयको पठनपाठनमा असर पु¥याएको जस्तो मलाई लाग्दैन । 
 
एसईईको तुलनामा एसएलसी विद्यार्थीको परिक्षाको परिणामलाई बढी मूल्याङकन गरिन्थो सो समयमा सरकारी विद्यालयको भन्दा नीजि विद्यालयको सुचाड्ढ बढी थियो । हालको अवस्था पनि त्यस्तै खालको छ, यसलाई कसरी लिनुहुन्छ ?
 
नीजि विद्यालयको तुलनामा सरकारी विद्यालयका विद्यार्थीहरुको परिक्षाको परिणाम तुलनात्मक रुपमा केही कमि आउने गरेको हामीले पाउने गरेका छौ । हाम्रो विद्यालयकै उदाहरण दिने हो भने एसएलसीको समयमा पनि द्धितिय श्रेणी भन्दा कम परिणाम आएको छैन् । यद्यपि कुनै सरकारी विद्यालयहरुमा पूर्वाधारको कमिदेखि विभिन्न कारणले गर्दा विद्यार्थीहरुको पढाईमा असर पु¥याएको हामीले पाएका छौ । 
 
 विद्यार्थीहरुको परिक्षामा अपेक्षिम परिणाम ल्याउन नसक्ने विद्यालयहरुका लागि तपाईको सुझाव के–कस्ता छन् ?

यसमा धेरै पक्षको भुमिका रहन्छ । मेरो अनुभव अनुसार शिक्षामा मात्र नभएर हरेक क्षेत्रको सकारात्मक परिणाम ल्याउन मेहनतको आवश्यकता रहन्छ । प्रमुख पक्ष भनेको विद्यालयका शिक्षकहरुको भुमिका ठूलो हुन्छ । सबै नीजि विद्यालयहरुको प्रशिक्षण राम्रो छ भन्ने पनि छैन् । कुनै नीजि विद्यालयहरुको विद्यार्थीहरुको परिक्षामा नकारात्मक परिणाम आउने गरेको छ । सरकारी विद्यालयमा यसका लागि विद्यालयमा नातावाद तोडेर योग्य व्यक्तिलाई शिक्षक बनाउनु पर्दछ । हाम्रो विद्यालयमा नै हेर्नुहुन्छ भने विगत १०÷१५ वर्ष देखि शिक्षक नियुक्ति गर्दा हरेक विषयलाई मापदण्ड बनाएर योग्य शिक्षक नियुक्ति गरेका छौं । जसको परिणाम आजभोलि पाइरहेका छौं । यसैकारणले योग्य शिक्षक र पूर्वधार पुगेको विद्यालयका विद्यार्थीहरुको परिक्षा परिणाम राम्रो आउने हुन्छ ।
 
सरकारी विद्यालयलाई सुधार गर्न सरकारले के–कस्ता काम गर्नुपर्दछ ?

सरकारी विद्यालय भनेको राज्यकै रुप हो यसैले यी क्षेत्रलाई सक्रिय बनाउन सक्षम व्यक्ति आवश्यक पर्दछ । यसका अलवा सरकारी विद्यालय गुणस्तरीय बनाउन योग्य शिक्षक देखि पूर्वाधार नै महत्वपूर्ण हो । यसैले सरकारी विद्यालयको शैक्षिक क्षेत्र सुधार गर्न विद्यालयमा के–कस्ता कमि कमजोरी रहेका छन् ति खोजिनीति गरेर समाधान गर्नु प्रमुख दायित्व रहन्छ । विद्यालयलाई असर पुग्ने गरी कुनैपनि राजनैतिक गतिविधि गर्नु वान्छनिय हँुदैन् । हाम्रो विद्यालयलाई उदाहारण हेर्दा पनि नजिकका अन्य नीजि विद्यालयका अविभावकले आफ्ना छोराछोरीलाई नीजिबाट हाम्रो विद्यालयमा भर्ना गर्नु भएको धेरै पाएका छौं । मुख्यगरी सरकारी विद्यालयमा विषयगत शिक्षक र दक्ष शिक्षक भएको खण्डमा अवश्य पनि सरकारी विद्यालयहरुको पठनपाठनमा सुधार हुन्छ । 
 
प्राविधिक क्षेत्र र शैक्षिक क्षेत्रको विषयमा के कस्ता फरक पाउनु भएको छ ?

यी दुई विषयमा धेरै नै फरक पाइन्छ । किनकी प्राविधिक विषय सिटिईभिटी मार्फत प्रयोग गरेर सिक्ने हुन्छ । विषयगत भनेको कक्षगत पठनपाठन गर्ने हो । प्राविधिक क्षेत्र तीन वर्षीय हुन्छ विषयगत शिक्षा दुई वर्षीय हुँदा विद्यार्थीलाई तीन वर्षीय प्राविधिक क्षेत्र भन्दा दुई वर्ष पढेर साईन्स पढ्ने कि भन्ने धेरै छन् । 
 
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई तीन वर्षीय विषय प्लस्टु इकुभ्यालेन्ट हुने भएकाले तीन वर्षको विषय समायोजन गरेर दुई वर्षीय प्राविधिक धारमा ल्याउनको लागि हजुरहरुले कस्तो भुमिका खेल्नु भएको छ ? 
 
हाम्रो तर्फबाट यस्ता पहलहरु भएका छैनन् तर यो कार्य हुनका लागि एकदमै जरुरी छ । तपाईले भनेको जस्तो तीन वर्षीय कक्षाको सिकाईलाई परिमार्जित गरेर दुई वर्षीयमा पु¥याउन सकियो भने सिटिईभिटीको यो कक्षातर्फ अझ आर्कषण बढ्दछ । 
 
प्राविधिक शिक्षाका नीति निर्माताहरुका लागि यहाँको सुझाव के छन् ? 

शिक्षा क्षेत्रका नीति निर्माता आफैमा ठूलो विज्ञ हुनुहुन्छ । तथापी उहाँहरुको पाठ्यक्रम समय सापेक्ष परिमार्जित हुनु अत्यान्त आवश्यक छ । हामीले अन्तर्राष्ट्रिय अभ्यासहरु पनि हेर्न जरुरी छ । भोलिको दिनमा हाम्रो देशमा उत्पादन भएको जनशक्ति अन्य देशमा पुग्दा पनि सहज रुपमा स्थापित हुने सकोस् । प्राविधिक क्षेत्र अध्ययनमा विद्यार्थीहरुको संख्या बढ्दै गएपनि आजभोलि केही विद्यार्थीहरुमा रुचि कम हुँदै गएको भान हुन थालेको छ । हामीले केही विषयमा सुधार ल्याउन सकियो भने अवश्य सुधार हुनेमा म निश्चिन्तता छु । 
 
ऊर्जा क्षेत्र, प्राविधि र विद्यालयको सम्बन्धलाई कसरी लिनु हुन्छ ?

विद्यालय भनेको नै सिक्ने र सिकाउने भएकोले समय अुनसार नै पठाई र सिकाईका विषयहरुमा पनि विभिन्न परिवर्तन आउन सकिन्छ । आजको युग प्रविधिको युग हो । साना कक्षा देखि ठूला कक्षा सम्मको पठनपाठनमा प्रविधिको ठूलो महत्व हुन थालेको छ । शैक्षिक सामग्रीहरु नै प्रविधिमा आधारित हुन्छन् । यसैले विद्यालयमा विद्युत अत्यन्त आवश्यक पर्दछ । विद्यालयमा विद्युतको गुणस्तरमा वृद्धि गर्न म सम्बन्धित निकायहरुको ध्यानार्कषण गराउन चाहान्छु ।
 
अन्तमा के भन्न चाहानु हुन्छ ?

नीजि क्षेत्रका विद्यालय मात्र अब्बल नठान्न म विद्यार्थी र अविभावकहरुलाई आग्रह गर्नु चाहान्छु । उपत्यका भित्रका विद्यालयहरु मध्ये प्राविधिक क्षेत्रमा हाम्रो विद्यालय दुई पटक सम्म टप हुन सफल भएको थियो । नेपाल भरी १४ औं स्थानमा सफल विद्यालयको रुपमा सफलता हासिल गरेका छांै । सरकारी विद्यालयले उत्कृष्ट नतिजा दिन सक्षम छन् भन्ने प्रमाणित हामीले दिन सफल भएका छांै । 
अन्तमा सरकारले पनि सरकारी विद्यालयलाई आवश्यक पूर्वधार र दक्ष शिक्षक नियुक्ति गरेर समय सापेक्ष पठन पाठनमा परिमार्जित गर्नेमा अझ उत्कृष्ठ नतिजा आउनेमा दुईमत छैन ।

प्रतिक्रिया