भर्खरै

नेपाली प्रोड्क्ट विश्व बजारमा चिनाउनु हाम्रो उद्धेश्य हो

  • प्रकाशित मिति : बुध, असोज १२, २०७९
  • - सुनिल यादव / कार्यकारी प्रमुख, एड्भान्सटेक इण्डष्ट्रिज प्रा.लि.
title
इलेक्टिकल्स् एण्ड इलोक्ट्रोनिक्स इन्जिनियर सुनिल यादव विगत १० वर्ष देखि यहि क्षेत्रमा कार्यरत हुनुहुन्छ । उनै इन्जिनियर यादवले एड्भान्सटेक इण्टष्ट्रिज प्रा.लि.कम्पनी स्थापना गर्दै स्मार्ट स्वीच निर्माणको सुरुवात गर्नुभएको छ । जुन स्वीच रिमोट कन्ट्रोल,मोवाइल एप्लीकेसन र इस्क्रिनटच बाट सञ्चालन हुन्छ । यो प्रविधियुक्त प्रोड्क्ट लन्च गर्दै नेपालमा नै पहिलो पटक आएको स्मार्ट स्वीचका विषेशता देखि नेपाली बजारमा स्मार्ट स्वीचको अवस्था सम्मका विषयमा उनै एड्भान्सटेक इण्टष्ट्रिज प्रा.लि.का कार्यकारी प्रमुख सुनिल यादवस“ग विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश ः

सुनिल यादव
कार्यकारी प्रमुख, एड्भान्सटेक इण्डष्ट्रिज प्रा.लि. 
 
एड्भान्सटेक इण्टष्ट्रिज प्रा.ली.को स्थापना कसरी भयो र यसकोे उद्धेश्य के होला ?

२०७४ सालमा मेरो इन्जिनियरीको फाईनल इअरमा पढ्दै गर्दा एउटा प्रोजेक्ट गर्नुपर्ने थियो सो प्रोजेक्टमा हामी चार जना साथीहरुले काम गर्दा एउटा विषय मेरो मनमा लाग्यो त्यो के थियो भने राति सुत्ने समयमा उठेर बक्ति निभाउन जान मलाई अल्छि लाग्दथो । म सोच्दथे यो बत्ति म नउठी यहि बेड बाट कसरी निभाउन सक्दछु त्यही मेरो समस्याको समाधान गर्न मेरो मनमा यो डिजिटल स्वीच बोर्ड बनाउने विचार आयो सोही विषयमा साथीहरुलाई जानकारी गराएर र हाम्रो प्रोजेक्टमा राख्यौ रिमोटबाट बत्ति निभाउने डिभाइर्स हामीले हातले निर्माण गर्यौ । सो डिभाइसको प्रयोग गर्न सबै टिभीको रिमोट प्रयोग गरेर बत्ति बाल्न र निभाउन सकिन्थ्यो सँगै यसमा समय निर्धारण पनि गर्न मिल्थो । अक्सफोर्ड कलेजकै इतिहासमा यो प्रोजेक्ट व्यवहारिक र आवश्यकताको पहिचान बन्न सफल भयो । हामीले गरेको सो प्रोजेक्टको डिभाईस केही ठूलो थियो यसलाई सानो र नेपालीमा बजारमा सुहाउँदो बनाएर बजारीकरण गर्नुपर्छ भन्ने धारणा मेरो मनमा आयो । सोही अनुरुप मैले  रिसर्च गर्न  लागे यसलाई उपयुक्त डिजाईन र साइजमा ल्याउन करिव दुई वर्षको अवधि लाग्यो । मेरो जागिर र पढाइलाई निरन्तरता दिदै सो प्रोजेक्टलाई समय दिनु पर्दथ्यो त्यसले गर्दा पनि केही ढिला हुन गयो । तर जब लकडाउन भयो सो समय मेरो लागी यो प्रोजेक्ट पुरा गर्ने मौका बन्यो र त्यही अवधिमा मेरो उद्धेश्य पुरा गर्न सफल भएको थिए । 
 
डिजाईन र प्रोड्क्ट तयार भएता पनि कम्पनी खोल्न, सामग्री उत्पादन गर्न र बजारीकरण गर्न लगानीको आवश्यकता पर्छ म सँग लगानी पर्याप्त नहँुदा केही साथीहरुसँग अनुरोध गरे । सो समयमा जुन साथीहरु लगानी गर्न तयार हुनुभयो सोही २८ जना साथीहरु अहिले लगानी कर्ता हौ । हामीले भरतपुर १६ मा फ्याट्री स्थापना गरेका छौ । यस कम्पनीको पूजीगत लगानी रु १० करोड भन्दा माथि छ । कम्पनीमा काम गर्नका निम्ति अहिले १३ जना कर्मचारीहरु हुनुहुन्छ । भर्खरै प्रोडक्ट लन्च भएको कारण अझ हाम्रा सामग्री बजारीकरण हुन थालेपछि अरु थप १५।२० जान कर्मचारी राख्ने हामीले आकलन गरेका छौ । 
 
यस प्रोड्क्टको उद्धेश्य ?

यसको मुख्य उद्धेश्य भनेको चाही विश्वका विकसित मुलुकमा जमाना अनुसार टेक्नोलोजीहरु निर्माणसँगै प्रयोगमा आएका छन् । तर नेपालमा यसको अभ्यास समेत भएको छैन् त्यसैलै हामीले नेपाली बजारमा समय अनुसारको टेक्नोलोजी निर्माण र प्रयोगमा ल्याउनु नै मुख्य उद्धेश्य हो । यो प्रोड्क्ट एउटा स्मार्ट प्रोडक्ट हो । हाम्रो कम्पनीले समय अनुसारको प्रोड्क्ट ल्याउने छ भन्ने हाम्रो मुल उद्धेश्य हो ।
 
हामीले हाम्रो उत्पादन नेपालमा नभएर भारतमा गरेको भए धेरै सजिलो हुनेथियो । किनकी त्यहाँको बजार नेपाली बजार भन्दा धेरै ठूलो छ । र कम्पनी खोल्दा पनि सरकारी सहयोग नेपालमा बढी झन्जटिलो र अव्यवहारी रहेका हामीले पाएका छौ तर हाम्रो चाहाना नेपालमा नै उत्पादन गर्नु हो । हाम्रो प्रोडक्ट नेपाली ब्राण्डबाट चिनाउनु नै थियो । यो लक्ष्य र उद्धेश्यबाट हामी पछि हटेका छैनौ । 
 
भावी योजना ?
 
जुनसुकै प्रोडक्ट होस् हामी सबैको चाहाना नयाँ टेक्नोलोजीको प्रयोग गर्न आकांक्षा बढ्दछ । सोही आंकाक्षाहरुलाई केही हदसम्म पुरा गर्न हामी लागी परेका छौ । हाम्रो चाहाना भनेको जमाना अनुसारको प्रोड्क्ट नेपालमा नै उत्पादन र बजार पनि नेपाली बजार नै होस् भन्ने हो । नेपाली बजारको माग धान्न विदेशबाट आयात गर्न नपरोस् भन्ने हो । हाम्रो प्रोड्क्टबाट प्रयोगकर्ताहरुमा पनि नेपाली प्रोड्क्ट प्रति गर्व गर्न लायक होस् भन्ने चाहाना हाम्रो छ र अझ अर्को चाहाना हामीले उत्पादन गरेको प्रोड्क्टहरु नेपालमा मात्र होईन नेपाल बाहिर पनि निर्यात गर्न सकौं भन्नेछ । हामी ढुक्क छौ हाम्रो उत्पादनले नेपाली बजारमा मात्र नभएर विश्व बजारमा नै ख्याति कमाउने छ । किनकी भारत इलेक्टिकल्स् एण्ड इलोक्टोनिक्स प्रोड्क्टहरुको उत्पादनमा धेरै अगाडी हुँदै गर्दा पनि हामीले उत्पादन गरेका प्रोड्क्ट त्यहाँ उत्पादन हुन सकेका छैनन् । 
 
हामीले हाल स्मार्ट स्वीचहरु बजारमा ल्याएका छौ तर भोलीको दिनमा बजार सुहाउँदो र प्रविधिको युगमा अन्य प्रोड्क्टहरु कृषिसँग सम्बन्धित होस् या साधारण जीवनमा आवश्यक पर्ने सामग्रीहरुको निरन्तर रिर्सच गरेर बजारमा ल्याउने छौं । जुन हरेक मानिसमा आवश्यक पर्ने सामग्री जसले देश विकासमा समेत टेवा पु¥याओस् । 
 
 
उत्पादित प्रोड्क्टलाई स्थानीय बजारबाट कस्तो प्रतिर्कया पाउनु भएको छ ? 

हाम्रो उत्पादन केही प्रयोगकर्ताले स्वरुम फिचर हेर्नुभयो । जनु फिचरबाट प्रयोगकर्ता उत्साहित र प्रशंसा गर्नुभएको थियो । हामीले निर्धारण गरेको मूल्यमा केही प्रयोगकर्ता र विद्युतीय सामग्री व्यवसायीसँग छलफल गर्दा केही महँगो भएको प्रतिक्रिया आएतापनि यसको गुणस्तरमा कुनै कमी नरहेको प्रतिक्रिया पाएका छांै  र यस्ता फिचर भएका सामग्रीले समय अुनसार आफ्नो स्थान अवश्य लिनेछ भन्नेमा हामीलाई आश्वासन दिनुभएको छ । 
 
अबको मार्केटिंग लक्ष्य कस्तो छ ? 

हाम्रो कम्पनीबाट नजिक रहेको मार्केट भनेको चितवन र नवलपुर हो यो हिसाबले पनि हामीले पहिलो प्राथमिकतामा सोही बजारलाई मध्यनजर गर्दै आफ्नो उत्पादन बजारीकरण तर्फ लाग्दछौ । हाम्रो प्रोड्क्ट स्मार्ट टेक्नोलोजी फिचर भएको कारणले पनि मानिसहरुमा  यो प्रोडक्ट बारे जानकार हुन केही समय लाग्दछ । त्यसका लागी पनि हामीले इलेक्ट«िसयनहरुलाई तालिम को योजना बनाएका छौ प्रोड्क्ट लन्च गर्नु र सामग्री बजारमा पठाउनु मात्र ठूलो कुरा होईन हामीले बजार अनुगमन गर्दै सुधार्नु पर्ने कुराहरु सुधार गर्दै जाने लक्ष्य लिएका छौ । प्रयोगकर्ताबाट आएका राम्रा विषयलाई अझ सुधार गर्दै अन्य क्षेत्रमा समेत हाम्रो प्रोड्क्ट लाने सोच हाम्रो छ । हाल हामी चितवन नजिकको बजार भनेको वुटवल, काठमाडौं, पोखरा हुन सो क्षेत्रलाई हाल विशेष प्राथमिकताका साथ हेर्ने छौ । नेपाली कम्पनी भएको हिसाबले पनि हाम्रो प्रोड्क्ट बजारीकरण गर्न डिलरहरुको माध्यमबाट नभई ओपन मार्केट गर्ने योजनामा हामी छौ ।
 
स्मार्ट टेक्नोलोजी भएको स्वीच बारेमा उपभोक्तालाई कस्तो जानकारी दिन चाहानुहुन्छ ? 

यो स्मार्ट स्वीच प्रयोग गर्न रिमोटबाट मोबाइल एप्सको प्रयोगबाट स्क्रिन टचबाट आफु जहाँसुकै रहेर पनि आफ्नो घर,अफिसका बत्ति पंखा, फ्रीज जस्तो सुकै इलेक्ट्रोनीक्स चिजहरु पनि बन्द गर्न र खोल्न  सकिन्छ । साथै यसमा उपभोक्ताले चाहेको समयमा आफ्नो स्वीचहरुको अन र अफ समय निर्धारण पनि गर्न मिल्छ । यसमा तीनवटा पार्ट छन् जस्तो इलेक्ट्रिकल्स्, इलेक्ट्रोनिक्स र सफ्टवेयर छन् । सफ्टवेयर पार्टमा समस्या आएमा हामीले सफ्टवायेर परिवर्तन गरिदिने छौ र इलेक्ट्रिकल्स्, इलेक्ट्रोनिक्समा समस्या आएमा दुई वर्ष भित्र रिप्लेस्मेन्ट गरिदिने ग्यारेन्टी हामी दिन्छौ । प्रयोगकर्तालाई यस्ता खालका सुविधा आजभन्दा अगाडी बजारमा आएका कुनै पनि साधारण स्वीचहरुले दिएका छैनन् यसको अर्थ हामी हाम्रो प्रोड्क्टमा विश्वस्त भएर नै हामीले हाम्रो प्रोड्क्ट डिजाईन गर्दा यस स्वीचको लाईफ अनुमानित ३० वर्षको हुने गरी डिजाईन गरिएको छ । हामीले ३० वर्ष कै लागि त ग्यारेन्टी दिदैनांै तर प्रयोगकर्ताको विश्वासको लागि दुई वर्षसम्म चाहि हामीले ग्यारेन्टी नै दिएका छौं ।
 
स्मार्ट स्वीचले कसरी काम गर्छ ?

हामीले प्रोड्क्टको डिजाईन गर्दा  १६ एम्पियर र १० एम्पिएरको गरी दुई किसिमले गरेका छौं । १६ एम्पियर सिंगल पावर सकेट र डबल पावरसकेटमा प्रोड्क्ट ल्याएको छौं । १० एम्पियरमा ज्ञ न्बलन देखी लिएर ड न्बलन सम्म साधारण स्वीचमा रहेको छ । हाम्रो प्रोड्क्टको अर्को फाईदा भनेको आगोलागीको समयमा यो जल्ने र पड्किे हुँदैन् । यो डिभाईस घरको राउटरसँग जोडिएपछि स्मार्ट फोनबाट स्मार्ट तरिकारले प्रयोग गर्न सक्नुहुनेछ । यो प्रोडक्ट बाट जोडिएका उपकरणहरु हाई भोल्टेज तथा चटयाङ बाट समेत सुरक्षित रहन्छ र यस्तो फिचर आज सम्मको विश्व बजारमा कुनै पनी प्रोडक्टमा रहेको पाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago