भर्खरै

बदलिएको परिवेश

  • प्रकाशित मिति : बुध, भदौ १५, २०७९
  • - विद्युत संसार
title

काठमाडौं १४ भदौ । जलस्रोतको धनी देशमा केही समयअघिसम्म १८ घण्टा सम्म लोडसेडिङ खेपेका नेपालीलाई आज भोली लोडसेडिङ इतिहास बनेको छ । लोडसेडिङको समय र आजको समय ठिक विपरीत भएको छ । किनकी आज नेपालले दैनिक करोडौंको बिजुली निर्यात गरिरहेको छ । यो हामी लोडसेडिङ व्योहोरेको जनतालाई ठूलो उपलब्धि हो । आजको दिनमा पेट्रोलियम पदार्थबाट चल्ने उद्योगधन्दा विस्तारै बिजुलीको प्रयोग बढ्दैछ भने देश भित्र नै विद्युतको उत्पादनमा वृद्धि भएको र पेट्रोलियम पदार्थका कारण देशले वर्षेनी बढ्दो व्यापार घाटा व्यहोरिरहेको छ । यसकारण सरकारले विद्युतीय सवारी साधनको प्रयोगमा प्राथमिकता दिदैं आएको छ र यसले सफलता पनि पाउँदै छ । 
 
विद्युत माग र आपूर्ति बीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भएको प्राधिकरणलाई  लोडसेडिङ अन्त्य गर्नु मात्र अन्तिम अभिष्ट थिएन । प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु थियो । जीर्ण बनेका अधिकांश आयोजना निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पुगेका छन् । यो पनि प्राधिकरण र प्राधिकरणका निर्देशक कुलमान घिसिङको मात्र सफलता होईन आम नेपालीको सफलता हो । 
 
आजको दिनमा नेपालले विद्युत निर्यात कतिपयले सम्भवनै देखेका थिएनन् तर आज ति असम्भव भनिएका कुरा पनि सम्भवमा परिणत भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्ष २०७९÷०८० भित्र नेपाल भारतसँग बिजुलीको ’नेट एक्सपोर्टर’ हुने दाबी गर्नुभएको छ । प्राधिकरणले पछिल्लो ८५ दिनमा भारतमा बिजुली निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको  छ यसले प्राधिकरणलाई फाइदामा मात्र लगेको छैन् देशको बढ्दो व्यापार घाटालाई समेत न्यूनिकरण गर्न ठूलो योगदान गर्नेमा विश्वस्त हुन सकिन्छ । 
 
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीको मर्मत सम्भार लगायतका काम गर्न विद्युत आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । जसले गर्दा विद्युत प्रति मानिसको विश्वास पनि बढ्दो छ । यसकै कारण अहिले विद्युत् खपत पनि बढेको छ । यसैले सरकारले नेपालमा निर्माणाधिन जलविद्युत आयोजनालाई समयमा नै निर्माण सम्पन्न गर्न ताकेता दिनुपर्दछ र नयाँ आयोजनाहरुको पनि खोजी गर्दै निर्माण गर्नुपर्दछ ताकी नेपालमा विद्युत उत्पादन धेरै हुने र नेपालको विद्युत महसुलमा कम गर्दा विद्युत खपत झनै बढ्नुका साथै विदेश निर्यात गर्न पनि बल पुग्नेछ । यस विषयमा ऊर्जा मन्त्रालय र ऊर्जासँग सम्बधित सम्पूर्ण निकाय जिम्मेवार हुन जुरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 10 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 15 hours ago