भर्खरै

“नो हर्न” एक सार्थक प्रयास

  • प्रकाशित मिति : बुध, साउन २५, २०७९
  • - विद्युत संसार
title

काठमाडौं साउन । काठमाडौं उपत्यकामा ध्वनि प्रदुषण नियन्त्रणका लागि २०७४ साल बैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको थियो । अनावश्यक हर्नले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा नै ठूलो असर पु¥याएकै कारण ल्याईएको अभियानले काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनमा नै राम्रो अभियानको गरिमा पाएको छ । 
लामो समय अगाडि देखि सञ्चालनमा आएको अभियानलाई ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा अभियान नो हर्न’ अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिने भएको छ । यो राम्रो प्रयास हो । सो अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत कारण प्रभावकारी बन्न नसकेकाले अब अझै पुनः अभियानलाई प्रभावकारी बनाउँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा नै सघाउन पुग्नेमा विश्वास लिन सकिन्छ । 
 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टासेँर कार्यक्रमको सुरुवात गरेका थिए । नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरूमा सचेतना फैलाउनका लागि आइतबारबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् । हर्नले ध्वनि प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई काठमाडौं महानगरले निरन्तरता दिएको हो । महानगर क्षेत्रभित्र जथाभावी हर्न निषेध, जेब्रा क्रसिङमा हिँडने बानी बसाल्नका लागि अभियान चलाउन थालिएको हो । उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको र ध्वनि प्रदूषण बढ्दै जादाँ फुटपाथमा समेत हिँड्न गाह्रो भएको भन्दै महानगरले अभियान सञ्चालन गर्न लागेको हो ।
 
एम्बुलेन्स, सुरक्षाकर्मी, शव वाहन, दमकल लगायत आकस्मिक सेवाका गाडीमा भने यो नियम लागू हुने छैन । गम्भीर दुर्घटना हुने गरी खतरा भए र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आए हर्न बजाउन छुट हुनेछ । अटेरी गरी जथाभावी हर्न बजाएको पाइए तत्काल ट्राफिक प्रहरीले नियन्त्रण लिएर ५०० रुपैयाँ जरिवाना गर्नेछ । अर्को तर्फ विभिन्न निकायबाट यस्ता अभियानको सुरुवात गरिएता पनि यस्ता अभियानलाई अझै सार्थकता तुल्याउन सवारी चालकहरूको पनि ठूलो भुमिका हुन्छ । चालकहरुले धैयर्ता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago