विद्युतीय निर्माण व्यवसायमा सकस
- प्रकाशित मिति : बुध, साउन ११, २०७९
- - लाधुराम (एलआर) तामाङ अध्यक्ष, नेपाल विद्युत निर्माण व्यवसायी संघ
भोजपुर जिल्लामा जन्मनुभएका लाधुराम तामाङ विद्युत विज्ञको रुपमा चिरपरिचत नाम हो । लामो समय देखि विद्युतीय क्षेत्रमा योगदान पुर्याउदै आउनु भएका तामाङ हाल हयोन्जन इलेक्ट्रिकल ईन्जिनियरीङ फ्याव्रिकेटर प्रा.लिको प्रवन्ध निर्देशक, बालाजु औद्योगिक क्षेत्र बालाजु अध्यक्ष, नेपाल ईलेक्ट्रिकल प्यानल म्यानुफ्कचरर्स एसोसियसन (नेपामा)मा अध्यक्ष पदमा रहेर विद्युतीय क्षेत्रमा विभिन्न खालका सुधार र कार्यक्रमहरु ल्याउनु भएको छ ।
उनै तामाङ हाल नेपाल विद्युत निर्माण व्यवसायी संघ (नेका) को अध्यक्ष पद पनि सम्हाल्दै आउनु भएको छ । विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले उनै विद्युत ईन्जिनियर तामाङस“ग नेपाल विद्युत निर्माण व्यवसायी संघ (नेका)को काम कार्य र योजनाहरुको विषयमा गर्नुभएको कुराकानीको सम्पादित अंशः
लाधुराम (एलआर) तामाङ अध्यक्ष, नेपाल विद्युत निर्माण व्यवसायी संघ
नेपाल इलेक्ट्रिकल कन्ट्याक्टर एशोसियसन कस्तो संस्था हो यो विषयमा केही बताइदिनुस् न ?
यस संघको स्थापनाको मुल उद्धेश्य भनेको नेपालमा रहेको विद्युतिय निर्माण व्यवसायीहरुलाई गोलबन्द गर्दै देशको सर्वाङ्र्गिन विकासको लागी उनीहरुको योग्दानलाई कदर, व्यवस्थित, मर्यादित तथा पेशागत हक हितको लागी नै हो । हाल विद्युत निर्माण व्यवसायी ऐन बनि नसकेको परिप्रेक्षमा र सिभिल निर्माण ऐनले समेत यस व्यवसायलाई समेट्न नसकेको कारण व्यवसायले फड्को मार्न सकेको देखिन्न ।
निर्माण व्यवसायीहरुलाई पहिलो शर्त भनेको कम्पनी दर्ता भौतिक निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हुनु हो । विद्युत निर्माण व्यवसायीहरु भने आफ्नो कम्पनीको दर्ता भौतिक निर्माण तथा यातायात मन्त्रालयमा नभई घरेलु विभाग, उद्योग विभागमा दर्ता हुने गर्दछ । विद्युत प्राधिकरणले कामको अनुभवको आधारमा विद्युतीय निर्माण व्यवसायीहरु लाई आफ्नो टेण्डर प्रक्रियबाट छनोट गर्ने गरेको दशकौं भई सकेको भएता पनि वास्तवमा अन्य सिभिल निर्माण व्यवसायी सो सरह विद्युत निर्माण व्यवसायीहरु त्यहि ऐनको कारण खुलेर आउन सकेको छैन् ।
सिभिल निर्माण व्यवसायी ऐन २०१२ साल मा ल्याइएको देखिन्छ । त्यस समयमा अहिलेको ‘जस्तो जहाँ घर त्यहाँ उर्जा’ भने जसरी विद्युतका कार्यहरु सिभिल निर्माणको तुलनामा न्यून नै हुने गथ्र्यो । तर आज हरेक निर्माण कार्यमा ऊर्जाका संरचनाहरु विद्युतीय निर्माणहरुले एउटा महत्वपूर्ण स्थान ओगट्ने गरेको पाइन्छ । जस्को नियमन गर्न अति जरुरी भइरहेको छ । जस्का लागी सिभिल निर्माण ऐन समेत व्यापक सुधारको खाँचो छ । विद्युत निर्माण व्यवसायीको छुटै ऐन ल्याउन जरुरी भइसकेको छ । सिभिल निर्माण एनेमा विद्युत निर्माण सम्वन्धी कुनै प्रसंग नहुनु, विद्युत निर्माण व्यवसायलाई चाहिने योग्यता, पूर्वाधार नरहनुले यो यकिन गर्दछ कि यो ऐनले वास्तबमा अन्य निर्माण व्यवसायलाई समेट्न सक्दैन । तथापी विद्युतीय निर्माण व्यवसायीमा भने धेरै जनशक्ति देश भित्र उत्पादन भइरहेका अवस्था रहेको छ ।
जुन उद्धेश्यले यो संस्था स्थापना भएको थियो ति उद्धेश्य प्राप्ति भएका छन् त ?
यो संघको उद्धेश्यहरु धेरै रहे पनि मुख्य दुई उद्धेश्य भन्नु पर्दा विद्युतीय निर्माण व्यवसायीलाई सुद्धढ गर्न यस सम्वन्धीत ऐन ल्याउन सरकारसँग माग गर्ने, नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यलाई अरु थप बढाउदै लैजाने, विद्युतीय निर्माण र व्यवसायीहरुको हक हितका लागि कार्यरत रहने नै प्रमुख उद्धेश्य हुन । यहि उद्धेश्य प्राप्तीको लागी नेपाल सरकार सकरात्मक रहेको छ । विद्युत प्राधिकरणबाट पनि विद्युत निर्माण व्यवसायीहरुलाई सहयोग रहदैँ आएको छ । विद्युत सम्बन्धि भवन निर्माण आचार संहिता, स्पेशिफिकेशन,कोड अफ कण्डकटहरु आज सम्म पनि पूर्नस्थापना नभई रहेको परिपेक्षमा सम्वन्धित व्यवसायीलाई जानकारी एवं चुस्त राख्न यस संघले ठूलो भूमिका खेल्दै आएको छ ।
कस्ता व्यक्ति वा व्यवसायीहरुले यस संस्थामा सदस्यता लिन पाउँदछन् ? बताईदिनुहोस् न ।
यस क्षेत्रमा कार्यरत कुनै पनि व्यक्ति वा कम्पनीले आफ्नो कम्पनी दर्ता गर्दा विद्युतीय निर्माण व्यवसायीको रुपमा कम्पनीलाई दर्ता गराउनु पर्नेछ । यस्तो शर्त पालना गर्ने व्यक्ति या संस्थाहरुले यस संघको सदस्यता लिन लिन सक्ने छन् ।
हजुरको कार्यकालमा कस्ता कार्यक्रमहरु सञ्चालन गर्नुभयो ?
विद्युतीय व्यवसायी ऐनको अभावमा २० औ बर्ष देखि यहि क्षेत्रमा कार्यरत व्यवसायीहरु आफुलाई सच्चा निर्माण व्यवसायी हौ भन्न सक्ने अवस्था आज पनि छैन् । विद्यमान ऐनकै कारण विद्युतको टेण्डर, विद्युतमा नै २० बर्ष देखि कार्य गर्ने कम्पनीले टेण्डर हाल्न सक्दैनथे । यस संघको पहलमा आज नेपाल विद्युत प्राधिकरणको टेण्डरमा रित पुगेका, अनुभव पुगेका र प्राधिकरणको नियमानुसार सबै विद्युत निर्माण व्यवसायीहरुले ठेक्का लिन सक्ने स्थिती बनेको छ । यो पनि ठूलो उपलब्धी हो र यसबाट प्राधिकरण पनि लाभान्वित भएको छ । समयमा विद्युतीय सेवाको ग्यारेन्टी नेपाली विद्युतीय निर्माण कम्पनीहरु उपलब्ध गराईरहेकोमा प्राधिकरणको कार्यकुशलतामा अझ थप सहयोग पुगेको छ ।
यस दौरानमा केही विशेष कार्यहरु पनि ल्याईएको थियो । विद्युतीय सुरक्षा र निर्माण कार्य जस्ता कुराहरुमा सजगताका कार्यक्रमहरु विद्युतीय ग्राफिकल सिम्बोलहरुको निर्माण विद्युतका ईन्जिनियरीङ डाईजेष्ट, विद्युत निर्माण संबन्धी जनचेतना मुलक कार्यक्रमहरु र साथ साथै नेपाल गुणस्तरका विद्युत सम्बन्धी सभा सोमिनारमा सहभागीता नै प्रमुख हुन ।
गुणस्तरियता बारे संघले खेलेका भूमिका कस्तो रह्यो ?
विद्युतीय सामानको पैठारी गर्दा कस्तो प्रकारको कार्यनीति अन्तर्गत गरिनु पथ्र्यो भन्ने कुरा कतै देखिन्न । विद्युत प्राधिकरणको आफ्नै कार्यनीति भएकोले उच्च भोल्टेजको उपकरण बारेमा प्रशस्त गृहकार्य भएको छ । तर ग्राहकले उपयोग गर्ने विद्युतीय सामानमा कुनै कार्यनीति बनेको छैन् । १५, २० वर्ष अगाडी ल्याइएको विद्युतीय विल्डीङ कोडहरु जस्ताको त्यस्तै छ । त्यो कार्यदलको एक सदस्य म पनि थिएँ । आज हरेक घर ऊर्जा घर बन्ने क्रममा भएकोले पनि अबका दिनमा यस क्षेत्रका विज्ञहरुको सुझाबलाई अंगीकार गर्दे र अन्र्तराष्ट्रिय विद्युत मापदण्डको अनुसार पैठारी कार्यनीति र नेपालमा उत्पादन हुनेका लागि छुट्टै कार्यनीति बनाईनु अत्यन्त आवश्यक भइसकेकोछ ।
ग्राफिकल सिम्बोलमा एक रुपता अहिले सम्म हुन नसक्नुको कारण के होला ? बताईदिनुहोस् न ।
विद्युत निर्माणमा ग्राफिकल सिम्बोल बुझ्नु जरुरी छ । नेपालमा हजारौ मेगावाट विद्युतको संभावना भएको देशमा विद्युतको सिम्बोलहरुको एक रुपता ल्याउने अझै प्रयास देखिन्न । कोभिड हुनुभन्दा अगाडी यस्ता सिम्बोलहरु यस संघको पहलमा नेपाल गुणस्तरलाई बुझाएका थियौँ । तर त्यसबारे कुनै जवाफ अहिले सम्म आएको छैन । त्यसको कुनै सुनुवाई छैन । तर पनि नेपालमा ग्राफिकल सिम्बोलको एक रुपताको लागि यस संघबाट प्रयास जारी रहेको छ ।
निर्माण क्षेत्रमा सेफ्टीको प्रयोगमा ध्यान अझै पुग्न सकेको छैन् । कारण के होला ?
नेपाल यस्तो देश हो जहाँ विद्युत दुर्घटनाबाट मृत्युवरण गरेकाहरुको रेकर्ड समेत राख्ने व्यवस्था अहिले सम्म भएको छैन । वितग लामो समय देखि विद्युत प्राधिकरण र सोसाइटि अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपालको संयुक्त पहलमा विद्युतीय सुरक्षा दिवस मनाइदै आएको पाईन्छ । तर जहाँ यस्ते कार्यक्रमहरु गरिनुपर्ने हो त्यहाँ यो कार्यक्रम पुग्न सकेको छैन । यसै क्षेत्रमा कार्यरत उच्च पदस्थ व्यक्तिहरुको पनि सो विद्युत सुरक्ष दिवसमा सहभागिता रहेपनि यस क्षेत्रमा उहाँहरुको कुनै चासो देखिन्न । ग्राहक सङख्या ४० लाखको हारहारीमा पुग्दा समेत विद्युत इन्स्पेक्टर नत मन्त्रालयमा, नत विद्युत प्राधिकरणमा नै भेटिन्छ । दरबन्दी समेत छैन । विद्युत विकास विभागमा दरबन्दी रहे पनि यस क्षेत्रमा विद्युत सुरक्षाको मामलामा कुनै सरोकार देखिन्न जस्का कारण दैनिक जसो विद्युत आयोजना, जलविद्युत आयोजनामा विद्युतबाट क्षति पुग्ने गरेको पाइन्छ ।
नेपाल विद्युत प्राधिकरणबाट पनि जति विद्युत सुरक्षामा ध्यान पु¥याउनु पर्ने हो त्यति ध्यान पुग्न सकेको देखिन्न । देशमा रहेका विभिन्न विद्युतकर्मि संघहरु, जस्तो सोसाइटी अफ ईलेक्ट्रीकल ईन्जिनियर्स, सोसाईटि अफ मेकानिकल ईन्जिनियर्स, नेपाल ईलेक्ट्रिकल कन्ट्याक्टर एसोसियसन, नेपाल विद्युत म्यानुफ्क्र्चरस एसोसियसन, फेडेरेसन अफ ईलेक्ट्रिीकल इन्टरप्रेन्यूयर्स, नेपाल ईन्जिनियर्स एसोसियासन जस्ता संघ सस्थाहरु को सहभागीतामा विद्युत सुरक्षाका रणनीति बारे छलफल बहस चलाई हालको विद्युत सुरक्षाको स्थिति र भविष्यमा गरिनुपर्ने कार्यको समिक्षा गर्दै र वृहत्तर सल्लाह सुझाब लिई त्यस्का विभिन्न आयाममा छलफल तथा कार्यान्वयन तर्फ लाग्नुको विकल्प देखिदैन् ।
अन्तमा के भन्न चाहानु हुन्छ ?
अन्तमा यस संघको भावी योजना भनेको वृहत्तर रुपमा यो पेशाको सम्वर्धन संरक्षण गर्न, छुटै विद्युत निर्माण व्यवसायी ऐनको पहल रहेको छ भने विद्युतजन्य सुरक्षाको विषयमा जनचेतना जगाई गुणस्तरीय निर्माणमा ध्यान पु¥याउनु आजको आवश्यकता रहेको छ ।