भर्खरै

सौर्य ऊर्जाको प्रवर्द्धन गर्न सोलार नेपाल पहलको आरम्भ

  • प्रकाशित मिति : शुक्र, साउन ८, २०७८
  • - रासस
title
काठमाडौँ ८ साउन  । काठमाडौँ विश्वविद्यालयको नवीकरणीय र दिगो ऊर्जा ल्याबोरोटरी (आरइएसएल) द्वारा  सोलार नेपाल पहलको आरम्भ गरेको छ । 
 
भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको यस पहलको उद्देश्य ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहकार्यमा सौर्य ऊर्जाको प्रवद्र्धन गराई नेपालको अर्थतन्त्रलाई न्यून कार्बन हरित अर्थतन्त्र बनाउने रहेको छ । 
 
आरइएसएलका प्रमुख सहप्राध्यापक डा सुनिलप्रसाद लोहनीले नेपालको ऊर्जा क्षेत्रमा दिगो ऊर्जा मिश्रणको आवश्यकतामा जोड दिँदै नेपालले विद्युत् उत्पादनका लागि जलस्रोतको विकल्प सौर्य ऊर्जा हुनसक्ने बताए । नेपालमा जलविद्युत् र सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको र यी दुवै प्रतिस्पर्धी नभई पूरक प्रविधि भएकाले ठाउँ र अवस्थाअनुसार उपयोग गर्नेतर्फ सरकार, निजी लगानीकर्ताले ध्यान दिनुपर्ने उनको सुझाव छ । 
सो अवसरमा स्वतन्त्र विद्युत् उत्पादक सङ्घ (इपान) नेपालका कार्यकारी सदस्य कुवेरमणि नेपालले नेपालमा ऊर्जा क्षेत्रमा नीतिगत अस्पष्टता रहेको र सौर्य ऊर्जाका उपकरणको परीक्षण गर्ने पूर्वाधार नभएको बताए । नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले सम्बन्धित एजेन्सीले प्रविधि विकासमा जोड दिएमा ऊर्जा मिश्रणमा कम्तीमा २० प्रतिशत सौर्य ऊर्जाको लक्ष्य प्राप्त गर्न सकिने बताउँदै सोलार नेपालमा आबद्ध हुने प्रतिबद्धता जनाए । 
 
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले आपत्कालीन अवस्थामा ऊर्जा उत्पादनका लागि सौर्य ऊर्जा एक मात्र भरपर्दो विकल्पसमेत रहेकाले यसलाई मुख्य ऊर्जा स्रोतको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इञ्जिनीयरिङका डिन प्रा डा मनिष पोखरेल, नेपाल विज्ञान तथा प्रविधि एकेडेमी (नाष्ट) का वरिष्ठ वैज्ञानिक डा सुरेशकुमार ढुङ्गेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकाल, प्राडा रमेशकुमार मास्के र प्रा डा अमृतमान नकर्मीले पनि सोलार नेपाल पहलको आवश्यकता र यसले सम्पादन गर्ने कार्यका बारेमा विभिन्न सुझाव दिएका थिए । 
 
सोलार नेपाल पहलमार्फत नेपालको वर्तमान ऊर्जा र आर्थिक मिश्रणमा सौर्य ऊर्जा र यसको प्रणालीलाई एकीकृत गर्ने लक्ष्य राखिएको सो अवसरमा जानकारी दिइयो । वेबिनारमा विभिन्न क्षेत्रका १३० भन्दा धेरै सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago