‘आगामी २ वर्ष भित्रमा गोरखा जिल्ला काठे पोलमुक्त हुनेछ’

  • प्रकाशित मिति : बुध, फागुन १२, २०७७
  • - नेत्रमणी न्यौपाने प्रमुख, गोरखा वितरण केन्द्र (ने.वि.प्रा.)
title

पालुङ्टार नगरपालिका गोरखामा जन्मिएका नेत्रमणी न्यौपाने वि.स.२०५४ सालमा अमरज्योति जनता माध्यमिक विद्यालयबाट एस.एल.सी उत्तिर्ण गर्दै २०५५ देखि ०५८ सम्म पश्चिमाञ्चल इन्जिनियरि· संस्थान लामा चौरमा डिप्लोमा इन्जिनियरि· गर्दै प्राविधिक क्षेत्रमा केही समय नीजि आफिसमा काम गरेका न्यौपाने वि.स. २०६१ बाट गण्डक जलविद्युत आयोजना नवलपरासीमा सुपरभाइजरको रुपमा नेपाल विद्युत प्राधिकरणमा आवद्ध भए ।
२०७० सालमा नेपाल इन्जिनियरिङ कलेज चागुनारायण भक्तपुरबाट इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक विषयमा स्नातक उत्रिण भएसगै आफ्नो कार्यकाल सुरु गरेका उनि विभिन्न वितरण केन्द्र र आयोजनामा समेत काम गर्दै वि.स. २०७७ पुस ९ गते देखि गोरखा वितरण केन्द्र प्रमुखको भुमिका निर्वाह गर्दै आउनुभएको छ । उनै न्यौपानेस“ग गोरखा वितरण केन्द्रको विद्युतीकरणको अवस्था, भौगोलिक विकटताका कारण विद्युतीकरणमा भएको पर्न गएको समस्या, विद्युत चुहावट लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गर्नुभएको कुराकानी संक्षिप्तमा : 
 
नेत्रमणी न्यौपाने प्रमुख, गोरखा वितरण केन्द्र (ने.वि.प्रा.)

गोरखा वितरण केन्द्रको विद्युत वितरण अवस्था कस्तो छ ? बताईदिनुहोस् न ।
गोरखा जिल्लाभरिमा गोरखा वितरण केन्द्र र आरुघाट वितरण केन्द्र गरी दुई वटा वितरण केन्द्रहरु छन् । हाम्रो गोरखा वितरण केन्द्रको कार्यक्षेत्र भनेको दुई वटा नगरपालिका र चार वटा गाउँपालिकामा पूर्ण विद्युत वितरण छ भने यसमध्ये दुई वटा गाउँपालिकामा भने तीव्र गतिमा विद्युतीकरणको काम भइरहेको छ । यो भनेको हाम्रो कार्यक्षेत्रमा जनसंख्याको आधारमा लगभग ८० प्रतिशतमा विद्युतीकरण भएको र २० प्रतिशतमा विद्युतीकरण हुन बाँकी रहेको हाम्रो तथ्याङ्कले देखाउँदछ । 
 
गोरखा जिल्लाभरीमा हाम्रो वितरण केन्द्रको कम्पाउण्डमा भएको सब–स्टेशन र पालुङ्टारमा भएको सब–स्टेशन गरी दुई वटा सब–स्टेशन रहेका छन् । यसको क्षमता भनेको ६/८ MVA रहेको छ । हाल ३/४.५  MVAक्षमताको घ्याम्पेसाल सब–स्टेशन निर्माणाधिन अवस्थामा छ भने चिप्लेटी जौबारीमा सब–स्टेशनको लागि प्रस्तावित रुपमा छ ।
महसुल केन्द्रको रुपमा गोरखा वितरण केन्द्र, मजुवा उप–वितरण केन्द्र र पालुङ्टार नोलाइट गरी तीन केन्द्रबाट महसुल संकलन गर्ने काम गर्दछौ । यी तीन ठाउँ बाहेक अन्य १३ ठाउँमा फ्युज सेवाको रुपमा कर्मचारी व्यवस्थपान गरेर विद्युत प्रणालीलाई व्यवस्थित रुपमा सेवा प्रदान गर्दै आएका छौ । 
गोरखा वितरण केन्द्र अन्तर्गत महेन्द्र ज्योति फिडर, खोप्लाङ फिडर र नयाँबजार फिडर गरी तीन वटा फिडरहरु सञ्चालनमा छन् । पालुङ्टार नोलाईट अन्तर्गत राधाकृष्ण फिडर सञ्चालनमा रहेका छन् । हाम्रो वितरण केन्द्र अन्तर्गत ०७७ पुस मसान्तसम्मको तथ्याङ्क अनुसार ग्राहकको सङख्या ४३ हजार ८ सय ८ जना रहेका छन् ।  यसभित्र सामुदायिक संस्था भने ७ वटा रहेका छन् । 
 
यस वितरण केन्द्रमा कर्मचारी व्यवस्थापनको अवस्था कस्तो छ ?
हाम्रो कार्यालयमा केन्द्रीय दरबन्दी स्वीकृति ८७ जना हो । कार्यरतको हिसाबले स्थायीरुपमा भएका कर्मचारी ४२ जना, ज्यालाद्धारी ३१ जना र सेवा करार गरेर १२ जना रहेका छन् ।  यो दरबन्दी धेरै पहिलेको हो यो समयमा गोरखामा थोरै ठाउँमा मात्र विद्युतीकरण भएको थियो तर आज धेरै ठाउँमा तीव्र गतिमा विद्युतीकरण अगाडि बढेको अवस्था छ । दुर्गम ठाउँका फ्युज सेवाहरुमा पनि दुई जना सम्म कर्मचारी खटाएका छौं । उनिहरुले त्यस क्षेत्रमा भैपरी आउने समस्याहरु समाधान गर्ने काम गर्दछन् । अब हुने विद्युतीकरणका क्षेत्रहरुमा हामीले कर्मचारी पु¥याउन सक्ने अवस्था छैन् । हामीलाई दरबन्दी सरह कर्मचारी आवश्यकता रहेको छ ।
 
यस केन्द्रको विद्युत आपूर्ति र वितरणको अवस्था कस्तो छ ? बताईदिनुस् न ।
आँबुखैरेनी सब–स्टेशन हुँदै ३३ के.भी लाईन गोरखा सब–स्टेशन सम्म आएको छ । त्यस्तै अर्को डुम्रे हुँदै पालुङटार सबस्टेशन सम्म विद्युत आएको छ भने त्यो भन्दा बाहेक तनहँु वितरण केन्द्र अन्तर्गतको आँबुखैरेनी सबस्टेशन र गोरखा सबस्टेशन, धादिङ र चितवनबाट पनि विद्युत आपूर्ति गरेर ग्राहकहरुलाई वितरण गरिरहेको अवस्था छ । हामीले यस सब–स्टेशनबाट यो आर्थिक वर्षको सुरुदेखि प्ुस मसान्तसम्ममा १ करोड १८ लाख ९९ हजार ८ सय ६५ युनिट विद्युत ग्राहकहरुलाई बिक्रि गरेका छौं ।  पछिल्लो समय गोरखा जिल्लामा मिटर वाइपास गर्ने तथा घुमाउने, हुकिङ गरी विद्युत चोरी गर्ने क्रम बढिरहेको छ । त्यसैले चुहावटलाई निरुत्साहित गर्न अभियान कै रुपमा कार्यक्रम सञ्चालन गरी स्थलगत निरिक्षणको क्रममा पुस महिनाको दुई हप्तामा १५ जना ग्राहकलाई कारर्वाही गरेका छौं । ती ग्राहकहरुबाट १ लाख ३२ हजार ९ सय ४६ रुपैंया जरिवानावापत असुल गरिएको छ । 
 
प्राधिकरणकले मिटर चाहि दिने तर मिटर शिल्ड गर्न नजानुले पनि विद्युत चुहावट बढिरहेको भन्ने सुनिन्छ नि यसमा के भन्नुहुन्छ ?
मिटर शिल्ड लगाउने कर्मचारी सीमित मात्रामा रहेकोले कतिपय ठाउँका ग्राहकका घरमा मिटर जडान भएपनि मिटर शिल्ड नभएको हुन सक्छ । सबै प्राविधिक कर्मचारीसँग शिल्ड नहुने र मिटर रिडिङ गर्ने व्यक्तिले यो काम गर्न नमिल्ने भएकोले पनि विद्युतको चुहावट भएको छ । हामीले ग्राहकका घरमा मिटर शिल्ड नै गर्न नगएको भन्ने चै हैन । मिटर शिल्ड गर्ने काम भईरहेको छ तर जति परिमाणमा लगाउने हो त्यति परिमाणमा भने गर्न सकिरहेको अवस्था छैन । किनकी हामीलाई कर्मचारी अभाव छ ।  त्यस्तै पहिलो प्राथमिकतामा ग्राहकको घरमा बत्ती बाल्नुपर्ने र दोस्रो प्राथमिकतामा शिल्ड लगाउनुपर्ने भएकोले पनि मिटर शिल्ड नभएको हुनसक्दछ ।
 
 
 गोरखाका कतिपय नगरपालिका तथा गाउपालिकाहरु काठे पोलमुक्त भए, के यो जिल्लाभर सम्भव होला ?
गोरखा जिल्लाभर काठेपोलमुक्त गर्न सम्भव छ, किनकी स्थानीय र प्रदेश दुवै सरकारले यो विषयलाई चासोको रुपमा लिएर काम गरिरहेको छ । दुवै तहका सरकारले काठेपोल मुक्त गर्न बजेट छुट्याएर काम गरेको छ । मेरो विचारमा आगामी २ वर्ष भित्रमा गोरखा जिल्ला काठेपोलमुक्त हुनेछ । हाम्रो यस केन्द्रमा ५ वर्षभन्दा पहिले देखि पिएससी, स्टील तथा फलामका पोलहरुमात्र ल्याउने गरेकोले अहिले काठका पोलहरु पूर्णरुपमा विस्थापन भईसकेको अवस्था छ । यो काठेपोलमुक्त गर्ने कुरामा अन्य प्रदेश भन्दा गण्डकी प्रदेश अगाडि देखिन्छ । 
 
विद्युतीकरणमा एबीसी केबुलहरु कत्तिको प्रयोग भइरहेको छ ? यस बारेमा बताईदिन्ुसहोस् न । 
एबीसी केबुल सुरक्षाको हिसाबले एकदमै राम्रो हो । अहिले जतिपनि हुकिङ राखेर चुहावट भइराखेको हुन्छ त्यसलाई नियन्त्रण गर्ने एउटा साधन पनि हो एबीसी केबुल । गोरखामा हाम्रो केन्द्रबाट अन्तर्गत डाइरेक्ट सञ्चालन भएका आयोजनाहरु (पिएमडी) मा सबै एबीसी केबुलको नै प्रयोग भइरहेको छ । अहिले यो काम पालुङटारमा सञ्चालन भइरहेको छ । हाम्रो कार्यालयले पनि केन्द्रबाट जति यो केबुल प्राप्त हुन्छ त्यसको आधारमा यो केबुलको प्रयोग गरी विद्युतीकरण गरिरहेका छौं । र प्रदेश सरकारबाट पनि जतिपनि काम भएको ती सबै ठाउँमा एबीसी केबुल नै प्रयोग गरिएको छ । त्यसैले सबैकुरा लागतमा भरपर्ने भएकोले सम्भव भएसम्म यहि केबुल नै प्रयोगमा ल्याउने गरेका छौं । यो केबुलको प्रयोगले चुहावट नियन्त्रणमा ठूलो सहयोग पुग्दछ । 
 
यस केन्द्रले कति क्षमताका विद्युतीय मिटरहरु प्रयोग गर्न सिफारिस गर्दै आउनु भएको छ ?
हाम्रो यस केन्द्रबाट गुणस्तरीय विद्युतीय मिटरहरु मात्र प्रयोग गर्न सिफारिस गर्ने गरेका छौं । सामान्य घरका लागि ६ एम्पियर, १६ एम्पियर, ३२ एम्पियर र ४० एम्पियर लगायत विभिन्न रेटिङका मिटरहरु प्रयोग गर्न सिफारिस हुने गरेको छ । तर प्राधिकरणले हाल वितरण गरिरहेको मिटर भने स्मार्ट मिटर हो । स्मार्ट मिटर गोरखा केन्द्रबाट पनि वितरण गरिरहेका छौं । अहिले जतिपनि नयाँ ग्राहकहरु छन् ती सबैलाई स्मार्ट मिटर वितरण गरिएको छ । यसमा ब्ःच् प्रविधि जडान गरी कार्यालयबाट नै रिडिङ गर्न सकिन्छ । घरघरमा गएर रिडिङ गर्ने झनझटबाट मुक्त हुन स्मार्ट मिटर प्रयोगमा ल्याएका छौं । प्रोटेक्सनको हिसाबले भविष्यमा आउने मिटरमा एमसीबी सुरक्षको रुपमा प्रयोगमा ल्याउन सकिन्छ । 
 
अहिले टिओडि मिटर कत्तिको वितरण भइरहेको छ ? बताईदिनुहोस् न । 
हामीले टिओडि मिटर खानेपानी, लिफ्ट सिँचाइ, होटल तथा ठूला उद्योगहरु सञ्चालनका लागि माग भईरहेको छ । यो मिटर पनि स्मार्ट कै रुपमा रिमोटबाट नै रिडिङ हुने हिसाबले माग अनुसार वितरण गरेका छौं । २०० के भी भन्दा माथिको माग भएमा एचटी र २०० के.भी भन्दा कम क्षमताको माग भएमा एलटी टिओडि मिटर दिएका छौं । हालसम्म यस केन्द्रबाट ४२ थान टिओडि मिटर प्रयोगमा आइसकेका छन् । 
 
गोरखा वितरण केन्द्र प्रविधिमा कत्तिको सक्षम छ त ? 
पछिल्लो समय आएका प्रविधिहरुको प्रयोग यस केन्द्रले पनि गरेको छ । सबै ब्रान्चमा अनलाइनबाट भुक्तानी गर्ने अवधारणा ल्याइसकेपछि यस केन्द्रले पनि अनलाइन विलिङ सिस्टममा प्रवेश गरिसकेका छौं  । हरेक कार्यक्रममा हामीले ग्राहकहरुलाई पर्चा पम्पप्लेट मार्फत पनि अनलाइन भुक्तानी सम्बन्धि जानकारी गराउँदै आइरहेको छ । त्यस्तै केन्द्रको सूचना प्रवाह गर्नुपर्ने सन्दर्भमा हामीले यस केन्द्रको आधिकारिक फेसबुक पेजमार्फत सूचनाहरु प्रवाह गर्ने गरेका छौं ।  हामीले स्मार्ट प्रविधि (AMR प्रविधि) सञ्चालनमा ल्याउन नेपाल टेलिकमको पहुँच कहाँसम्म पुगेको छ भन्ने कुरामा निर्भर हुन्छ । त्यसैले AMR प्रविधिको लागि पहिलो चरणमा थ्री फेज लाइन विद्युतीकरण भएको ठाउँमा गर्ने र त्यसपश्चात सिंगल फेजको लागि गर्दै जाने हाम्रो योजना छ । त्यसैले निकट भविक्ष्यमा गोरखाको सबै स्थानमा स्मार्ट प्रविधिको पहुँच पु¥याउन सकिन्छ कि भन्ने आशा गरेका छौ । 
 
सेफ्टी फस्टको दृष्टिकोणले प्राविधिक क्षेत्रका कर्मचारीहरुको बिमा गर्ने प्रचलन छ,  गोरखामा चाहि के छ ? यसबारेमा बताईदिनुहोस् न । 
हामी स्थायी, करार र ज्यालादारी कर्मचारीहरु गरी तीन प्रकारका कर्मचारीहरु छौ । स्थायी कर्मचारीको सन्र्दभमा पहिले नै बिमा समितिले बिमा गरिसकेको अवस्था छ भने ज्यालादारी कर्मचारीको लागि नेपाल विद्युत प्राधिकरण व्यवस्थापन समितिले अवश्यकता अनुसार दुर्घटना बिमा गरेको हुन्छ । त्यस्तै करारका कर्मचारीको भने जुन सप्लार्य हो उनीहरुले नै सामुहिक रुपमा बिमा गरिराखेको हुन्छ ।
 
तपाईको विचारमा विद्युत प्राधिकरण केन्द्रले तत्काल के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?
यस सन्र्दभमा विद्युत प्राधिकरण केन्द्रले ओएनएम सर्भे गरेर कर्मचारी थप गरिदिए हुने थियो भन्ने मलाई लाग्छ । किनकी थोरै विद्युतीकरण भएको अवस्थामा जतिपनि कर्मचारी स्वीकृति पाएका थियौ अहिले विस्तृत रुपमा विद्युतीकरण हुँदाको समयमा पनि त्यति नै छौ । त्यसैले सेवालाई अझै चुस्तदुरुस्त बनाएर लैजान विद्युतीकरण भए अनुरुप नै थप कर्मचारी आवश्यक पर्न जान्छ त्यसैले मूख्य केन्द्रले  ओएनएम सर्भे गरेर कर्मचारी व्यवस्थापन गर्न आवश्यक छ । भौगोलिक विकटताका कारण पनि धेरै समस्या आउने गर्छ । केन्द्रले वेल म्यानेज गर्न सके गोरखा जिल्लाभर पूर्ण विद्युतीकरणमा समस्या आउने छैन् । 
 
 
यस केन्द्रले प्रयोग गर्ने ट्रान्सफर्मरहरु फरक– फरक कम्पनीको प्रयोग भएको पाइन्छ, यो विषयमा प्राधिकरण नै कमिसनतन्त्रमा लाग्यो भन्ने आरोपहरु पनि छन् नि ?
प्राधिकरण कमिशनतन्त्रमा लाग्यो भन्ने आरोप झुटो हो । हाम्रो केन्द्रमा जतिपनि सामग्री आउने गर्छ त्यसमध्ये केही बाहेक ग्लोबल टेण्डरबाट नै आउने गर्छ । केन्द्रले टेण्डर आह्वान गर्दा विश्वभरका कम्पनीले टेण्डर हाल्न सकिन्छ । त्यसैले हामीले हेर्दा सेकेण्डरी पार्ट अरु भएपनि पहिलो पार्ट लागत लाई हेर्ने भएकोले जुन कम्पनीको लागत थोरै र गुणस्तरीय हुन्छ त्यहि नै खरिद गर्ने हो । त्यसैले पनि ट्रान्सफर्मरहरु फरक फरक कम्पनीको प्रयोग हुने गर्दछ । त्यस्तै नेपालमा नै उत्पादन हुने ट्रान्सफर्मरहरुमा अन्य मुलुकको भन्दा १० प्रतिशत महँगो भएपनि स्वदेशी ट्रान्सफर्मर नै प्रयोग ल्याउनुपर्ने मापदण्ड केन्द्रले निर्धारण गरेको छ । 
 
गोरखामा पनि नीजि क्षेत्रबाट विद्युत उत्पादन के कति भएको छ ? बताईदिनुहोस न ।
गोरखा जिल्लामा पनि नीजि क्षेत्रबाट कालिका हाइड्रोपावरले विद्युत उत्पादन गरेको छ । उक्त हाइड्रोपावरले दरौंदी खोलाबाट विद्युत उत्पादन गरेको विद्युत यहि केन्द्रमा ल्याएर जोडिएको छ भने अन्य स–साना लघु जलविद्युत आयोजनाहरुले पनि विद्युत उत्पादन गरेको छ । 
 
अन्त्यमा विद्युत उपभोक्ताहरुलाई के भन्नु हुन्छ ?
हामी तपाईहरुको लागि गुणस्तरीय सेवा दिनका लागि बसेका छौ । गुणस्तरीय प्रविधियुक्त सामग्रीहरुको प्रयोग गरी विद्युत खपत बढाउनुस र सप्लाईको रियावलिटि दिन हामी तयार छौं । साथै तपाईको गाउँठाउँमा कहिकतै विद्युत चुहावट भइरहेको छ भने हामीलाई जानकारी दिनुहोस किनकी चुहावटले ठूलो दुर्घटना निम्त्याउन सक्छ त्यसैले विद्युत चुहावट नगरौं । विद्युत सम्बन्धि कुनै पनि समस्या छ भने कार्यालयमा गुनासो राख्नुहोस भन्न चाहन्छु । 

प्रतिक्रिया