भर्खरै

वर्षायाममा ६ सय मेगावाट विद्युत् खेर जाने

  • प्रकाशित मिति : शनि, बैशाख २०, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
 
विद्युत संसार, बैशाख,काठमाण्डौं ।कोरोना महामारीपछिको प्रभाव रहिरहे आगामी वर्षायाममा कुल उत्पादनको आधा अर्थात ६ सय मेगावाट विद्युत् खेर जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको प्रक्षेपणअनुसार आगामी असारसम्ममा उद्योगधन्दा पूर्ण रूपमा सञ्चालनमा नआए १२ सय मेगावाटको कुल उत्पादनमध्ये ६ सय मेगावाट खेर जाने छ ।
                                                         
“अहिले पिक आवरमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् माग भए पनि दिउँसो ६ सयदेखि ६५० मेगावाट र बिहान ४५० मेगावाट उत्पादन मात्र खपत छ, उत्पादन बढ्दै छ,” एशोसियसन अफ चार्टर्ड एकाउण्टेन्ट्स अफ नेपाल (आईक्यान) ले कोरोना महामारीले जलविद्युत् क्षेत्रमा पारेको प्रभावबारे बुधबार भएको अन्तक्रियामा उनले भने, “आगामी असारमा उत्पादन १२ सय मेगावाट पुग्छ तर महामारीको प्रभाव रहिरहेर उद्योगधन्दा सञ्चालन हुन नसके ६ सय मेगावाटमात्र खपत हुने अवस्था छ र बाँकी ६ सय मेगावाट खेर जान्छ ।” उनका अनुसार, आगामी असारसम्म निजी क्षेत्रको उत्पादन ७ सय मेगावाट पुग्ने र त्यसपछि यथास्थिति रहे निजी क्षेत्रको पनि खेर जाने अवस्था आउनेछ ।
 
छिमेकी राष्ट्र भारतमा समेत ३० प्रतिशत माग घटेको बताउँदै माघ घटेकोले विद्युत् खेर जाने अवस्था आएको र यसले विद्युत् प्राधिकरणको नाफा समेत अनुमान गरेभन्दा कम हुने बताए । “विद्युत् खपत बढाउनु सबैभन्दा ठूलो चुनौतीपूर्ण छ, चालू वर्षमा १४ अर्ब नाफामा लैजाने योजना थियो, घाटामा जाने अवस्था नभएपछि नाफा धेरै घट्ने र लक्ष्यअनुसार विद्युत् चुहावट पनि घटाउन सकिने अवस्था छैन,” उनी भन्छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विद्युत् नियमन आयोगका सदस्य डा. रामप्रसाद धितालले नेपालमा लकडाउनअघि विद्युत्को माग १२ सय मेगावाट रहेकोमा अहिले नौ सय मेगावाटमा झरेको अर्थात माग झण्डै ६ गिगावाट वाटरले घटेको बताउँदै यसले विद्युत् प्राधिकरण समेत आर्थिक रूपमा दबाबमा परेको जानकारी दिए । “महामारीको कारणले मात्र चालू वर्षमा ५० आयोजनाबाट एक हजार मेगावाट उत्पादनको लक्ष्य राखेकोमा ३० बाट ३५५ मेगावाट मात्र उत्पादन हुने देखिएको छ ,” उनी भन्छन्, “महामारीपछिको जलविद्युत्मा देखिएको संकट समाधान गर्न विज्ञहरू समेत रहेको ऊर्जामन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन र यस क्षेत्रमा स्टुमुलस प्याकेज ल्याउनु आवश्यक छ ।” उनले महामारीको कारणले ६ देखि एक वर्षसम्मको उत्पादन मिति थप गर्नुपर्ने अवस्था आएको बताउँदै उत्पादन पनि पछि सर्ने अवस्था आएको बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० महासचिव आशिष गर्गले महामारीपछिको लक डाउनले निर्माणाधीन तीन हजार मेगावाटमा निजी क्षेत्रले लगानी गरिरहेको ६ खर्ब जोखिममा परेको तथा निर्माण हुन लागेका तीन हजार मेगावाटका आयोजनाहरूमा समेत असर परेको बताए । “महामारीको कारणले विद्युत्को लागत १० देखि २० प्रतिशत बढ्ने भएकोले वर्तमान विद्युत् खरिद सम्झौता ९पीपीए० ले धान्न नसक्ने भएकोले विद्युत् महशुल वृद्धि दर बढाउनुपर्ने र राहतका प्याकेज ल्याउनुपर्छ,” उनी भन्छन् । जलविद्युत्का लगानीकर्ता टेकनाथ आचार्यले लगानीकर्तालाई निरुत्साहित नहुने गरी सरकारले राहत ल्याउनुपर्ने बताए । जलविद्युत् लगानी तथा विकास कम्पनीका उपमहाप्रबन्धक मुक्तिनाथ न्यौपानेले ऋण लगानीकर्ताले पाउने मुनाफालाई महामारीले प्रभाव पारेकोले लगानीको लागि वातावरण निर्माण गर्नुपर्ने बताए । 
कारोबार दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago