भर्खरै

लकडाउनको कारण लक्ष्यभन्दा एकतिहाई मात्र विद्युत् उत्पादन

  • प्रकाशित मिति : Fri-10-Apr-2020
  • - भीम गौतम
title

काठमाण्डौ चैत ।  नेपाल सरकारले चालू आर्थिक वर्ष २०७६÷७७ भित्र एक हजार ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेपनि करिब ३५० मेगावाट मात्र उत्पादन हुने देखिएको छ ।
 
लकडाउनको कारणले आयोजना निर्माण प्रभावित हुँदा लक्ष्यभन्दा झण्डै एकतिहाई मात्र विद्युत् उत्पादन हुने देखिएको हो । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित एक हजार मेगावाट विद्युत् केन्द्रीय ग्रीडमा थपिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको लक्ष्य थियो । तर हालसम्म दुई सय मेगावाट बराबर मात्र उत्पादन भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलाशयका साथै नीजि क्षेत्रका गरी करिब दुई सय मेगावाट विद्युत् उत्पादन भएको प्राधिकरणले जनाएको छ । लकडाउन धेरै नलम्बिएमा अब करिब १ सय ५० मेगावाट विद्युत् उत्पादन थप हुन सक्ने देखिएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।
“लकडाउनको कारणले केही आयोजनाहरू प्रभावित हुने देखिएको छ, चालू वर्षमा दुई सय मेगावाट उत्पादन भइसकेको छ भने केही निजी क्षेत्रका आयोजनाहरू उत्पादनको अन्तिम अवस्थामा रहेकोले लकडाउन नलम्बिए अझै १५० मेगावाट जति थपिने अवस्था देखिएको छ,” उनले भने ।
माथिल्लो तामाकोसी र नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १११ मेगावाटको रसुवागढी पनि चालू वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो तर त्यो पनि पूरा नहुने भएको छ । आगामी असारसम्म ४२ मेगावाटको मिस्त्रीखोला, २५ मेगावाटको माथिल्लो दोर्दीखोला, २० मेगावाटको तल्लोमोदी, २५ मेगावाटको सिङटीखोला, ११.८ मेगावाटको नमार्जुन मादी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र २७ मेगावाटको दोर्दीखोला लगायतका आयोजना पनि सम्पन्न हुने लक्ष्य थियो तर लकडाउनको कारणले समस्या देखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष कुमार पाण्डे कोरोना भाईरसको महामारीको कारण आवश्यक सामान र उपकरणहरू आयात गर्न नसक्दा तथा यही कारण सरकारले लकडाउन गरेपछि तोकिएकै समयमा धेरै नीजि क्षेत्रका आयोजना सम्पन्न हुन कठिन रहेको बताउँछन् ।
प्राधिकरणका अनुसार निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी–१, २२ मेगावाटको तल्लो हेवाखोला, ९.९ मेगावाटको इवाखोला, ७ मेगावाटको अपर मार्दीखोला, ८ मेगावाटको माथिल्लो नौगाड, २३.५ मेगावाटको सोलुखोलालगायत आयोजनाहरू निर्माण सम्पन्न भएका छन् ।
चालू आर्थिक वर्षमा सरकारले सार्वजनिक र निजी क्षेत्रबाट १ हजार मेगावाट बिजुली उत्पादन गरी जडित क्षमता २ हजार २०० मेगावाट पुर्याउने लक्ष्य तय गरेको थियो । हाल ११ सय ५० सय मेगावाट बराबरको उत्पादन छ । लकडाउन नलम्बिएमा भने करिब १५ सय मेगावाटको हाराहारीमा मात्र विद्युत् उत्पादन पुग्नेछ । लकडाउनको कारणले १२ सय मेगावाट माग रहेको विद्युत् पिक आवरमा ९ सय ४५ मेगावाट मात्र छ भने दिउँसो ६ सय मेगावाट र रातिको समयमा भने ४ सय मेगावाटमा झरेको छ । 
कारोबार दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 17 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 22 hours ago