भर्खरै

नवीकरणीय ऊर्जा प्रवद्र्धनमा केन्द्रले सहयोग पु¥याउँदै आएको छ : कार्यकारी निर्देशक अधिकारी

  • प्रकाशित मिति : Thu-06-Feb-2020
  • - Admin
title

 
काठमाण्डौ, माघ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुशुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि केन्द्रले आर्थिक तथा प्राविधिक सहयोग पुर्याउदै आएको बताए । कार्यकारी निर्देशक अधिकारीले  आफ्नो कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  उनले नेपाली जनताको पहुँचमा स्वच्छ ऊर्जा पु¥याउनका लागि साना जलविद्युत, सौर्य ऊर्जा, बायोग्यास र सुधारीएको चुलो प्रवद्र्धनका लागि आर्थिक तथा प्राविधिक सहयोग पु¥याउदै आएको बताएका हुन् । 
नविकरणीय ऊर्जा क्षेत्रमा थप योगदान पु¥याउने लक्ष्यका साथ कार्यकालको एक वर्षको अवधिमा केन्द्रको दैनिक कार्य सञ्चालन प्रक्रिया र संस्थागत सुधारलाई सशक्त बनाएको , कर्मचारी नियामावली परीवर्तन गरीएको, ७ वटै प्रदेशमा केन्द्रको ईकाइ स्थापना गरीएको र ऊर्जा दक्षाता कार्यलाई संस्थागत गर्न आवश्यक पहल गरीएको उनले बताए । त्यस्तै नेपाल मिनीग्रीड कार्यक्रम कार्यन्वयन गर्नका लागि नेपाल सरकार र विश्व बैंकबीच ५.६१ मिलियन अमेरीकि डलर बराबरको अनुदान र २ मिलियन अमेरीकि डलर बराबरको ऋण सम्झौता भई कार्यन्वयन भइरहेको उनले बताए । 
जर्मन सहयोग बैंक के. एफ.डब्ल्यु सँग सौर्य खानेपानी तथा सौर्य सिंचाई ग्रिड कनेक्टेड सौर्य प्रणाली तथा सौर्य मिनिग्रड आयोजना कार्यन्वयनका लागि ९ मिलियन युरो बराबरको सम्झौता भएको, ग्रामीण क्षेत्रको लागि नविकरणीय ऊर्जा कार्यक्रमको दोस्रो चरणको कार्यक्रमका लागि जि आई जेड सँग सहमति भएको र हाल प्रदेश नम्बर १ र सुदुर पश्चिममा कार्यन्वयन भईरहेको कार्यकारी निर्देशक अधिकारीले बताए । त्यस्तै केन्द्र हरीत जलवायु कोषमा सुचिकृत भएको बताउदै उनले केन्द्र र हरीत कोष बीच सम्झौता भएको जानकारी दिए । ५० मिलियन डलर सम्मका कार्यक्रम केन्द्रले हरीत जलवायु कोष सँग सिधै सम्पर्क स्थापित गर्न सक्ने बताए । 
नेपाल र बेलायत सरकारको संयुक्त सहयोगमा नवीकरणीय ऊर्जा कार्यक्रम कार्यन्वयनमा रहेको र ४.५ वर्षको अवधिमा बेलायत सरकारले १८ मिलियन पाउण्ड सहयोग गरेको उनले जानकारी दिए । हाल यो कार्यक्रम प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा लागु भएको छ । फोहोबाट ऊर्जा उत्पादनका लागि आबुधावी फण्ड फर डेभलप्मेन्टबाट १० मिलियन डलर बराबरको सहुलियत ऋण प्राप्त भएको पनि उनले जानकारी दिए । 
३९ वटा सौर्य मिनिग्रड आयोजना कार्यन्वयनको चरणमा रहेको  बताउदै निर्देशक अधिकारीले सुस्तामा १०० किलोवाट र थवाङ्गमा १५० किलोवाट पिक क्षमताका आयोजना निर्माणाधिन रहेको जानकारी दिए । तराई २२ जिल्लामा स्वच्छ ऊर्जा कार्यक्रम विस्तार गरीएको र यसै वर्ष १० हजार विद्युतीय चुलो प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 1 hour ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 6 hours ago