भर्खरै

गण्डकी प्रदेश जलविद्युत हब बन्दै, एक वर्षमा डेढ सय मेगावाट ग्रिडमा जोडिने

  • प्रकाशित मिति : Wed-12-Feb-2076
  • -
title

 काठमाडौं, गण्डकी प्रदेशमा ३३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । 
 
जलविद्युतको हब बन्दै गएको यस प्रदेशमा स्वदेशी लगानीमा अघि बढाइएका ५ सय ७० मेगावाटका आयोजना निर्माण भइरहेका हुन् । 
 
प्रदेशको कास्की, म्याग्दी, लमजुङ, पर्वत, गोरखा, मनाङलगायत जिल्लामा साना तथा मझौला आयोजना निर्माण भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । उनका अनुसार यस प्रदेशमा निजी प्रवर्द्धकले सरकारसँग अनुमति लिई अघि बढाएका ३२ आयोजना निर्माणाधीन छन् । ४० मेगावाटको राहुघाट नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको छ । अहिले निर्माण भइरहेका आयोजनामध्ये ३ वटाले चालु वर्षभित्रै विद्युत उत्पादन गर्दैछन् । 
२० मेगावाटको तल्लो मोदी, ७ मेगावाटको माथिल्लो मार्दी, ८.८ मेगावाटको रुदी ‘ए’ चालु वर्षभित्रै सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको पनि अधिकारीले बताए । निर्माणाधीन डेढ सय मेगावाटका ११ आयोजना नयाँ आर्थिक वर्षमा सम्पन्न हुने प्राधिकरणले जनाएको छ । २५ मेगावाटको दरभांग म्याग्दी, ११.८ मेगावाटको नामार्दुन मादी, ४२ मेगावाटको मिस्त्री खोला, २७ मेगावाटको दोदीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५ मेगावाटको घलेम्दी, ६.६ मेगावाटको रुदी ‘बी’, १ मेगावाटको इदी खोला, ४.९८ मेगावाटको रिचेतखोला, १ मेगावाटको तल्लो छोटेखोला, र २।४ मेगावाटको माथिल्लो स्याङ्गे आयोजनाबाट अबको १ वर्षभित्र सम्पन्न भइ राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै छन् ।
 
 निर्माणाधीन अन्य आयोजनामा ६.६ मेगावाटको बडीगाड, १५.१ मेगावाटको मध्यमोदी, ३.१ मेगावाटको मध्यमिदिम, , १ मेगावाटको तल्लो मिदिम, २.२ मेगावाटको ताङ्छाहारा, १२ मेगावाटको दोर्दी–१, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ४ मेगावाटको रुप्सेखोला छन् । २० मेगावाटको माथिल्लो म्याग्दी, १४ मेगावाटको घारखोला, ३८ मेगावाटको निलगिरी खोला, ४० मेगावाटको सुपर न्यादी, ६२ मेगावाटको निलगिरि–२, १० मेगावाटको माथिल्लो दरौंदी, ४ मेगावाटको माथिल्लो छ्याङ्दी, ४।५ मेगावाटको विजयपुर–२, ४४ मेगावाटको सुपर मादी र ९.६ मेगावाटको धरमखोला पनि निर्माणाधीन आयोजना हुन् ।
 
 यी आयोजना सम्पन्न हुँदा प्रदेशको विद्युत उत्पादनको जडित क्षमता १ हजार १४ मेगावाट पुग्नेछ । प्रदेशको अहिलेको जडित क्षमता ४ सय ४३ मेगावाट छ । निजी प्रवर्द्धकका २८ आयोजना विद्युत प्राधिकरणसँग पिपिए गरेर निर्माणको चरणमा प्रवेश गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ ।  पिपिए सम्पन्न भएका आयोजनाको जडित क्षमता ६ सय मेगावाट छ । ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 2 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago