भर्खरै

प्रधानमन्त्रीद्धारा भेरी बबई आयोजनाको ब्रेक थ्रु

  • प्रकाशित मिति : Sat-04-Jan-2076
  • - विद्युत संसार साप्ताहिक
title

बैशाख , काठमाण्डौ । भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । भेरी–बबई डाइभर्सनको प्रवेशद्वार भेरीगंगा नगरपालिका ११,चिप्लेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा १२ किलोमिटर लामो सुरुङकोे ‘ब्रेक थ्रु’ गरेका हुन् । आयोजना प्रमुख संजीव बरालका अनुसार आयोजनाबाट बर्दिया र बाँकेको ४५  हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने तथा ४८ मेगावाट विद्युत निकाल्ने तयारी रहेको बताए । सुरुङ खन्नका लागि रू. १० अर्ब ५० करोड बजेट छुट्ट्याइएको थियो यद्यपि सबै बजेट खर्च नभएको आयोजनाको भनाइ छ । उनले भने, ‘हामीले २०७४ कार्तिक २० गतेबाट सुरुङ निर्माणका लागि टीबीएम मेसिन प्रयोग गरेका हौं । सम्झौता अनुसार २०७६ चैत १५ गते सम्म समय थियो ।’  उक्त सुरुङ मार्गबाट प्रतिसेकेन्ड ४० क्यूविक मिटर (क्यूमेक) पानी बबई नदीमा झर्ने छ । विद्युत आयोजनको निर्माण सकिनु अघि केही मात्रामा मात्र पानी बबई नदीमा झारिने आयोजना प्रमुख बरालले बताए ।
 
आयोजना प्रमुख बरालले यो सफलताले सबैलाई उत्साही बनाएको बताए ।  यो सफलताले प्रविधिको प्रयोगको क्षेत्रमा एउटा नयाँ आयाम बनेको समेत उनले बताए । सुरुङ खन्ने काम सकिएसँगै विद्युत आयोजना निर्माणको काम अगाडि बढाइएको र आगामी सातासम्म बोलपत्र आव्हान गरिने लक्ष्य  रहेको आयोजनाले जनाएको छ । सुरुङ चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत सुरुङ निर्माण गरेको हो । प्रविधि प्रयोग गर्न सके काम छिटो हुन्छ भन्ने यसले प्रमाणित गरेको छ । मुलुकमा तोकिएका समय र अनुमानित लागतमा आयोजना निर्माण सम्पन्न भएका उदाहरण ज्यादै कम छन् । यद्यपि यसै बीच ठूला मध्ये एक भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम तोकिएकै बजेटभित्र समय सीमाभन्दा एक वर्ष छिटो सकिएको हो । आयोजनाको १२ दशमलव २ किलोमिटर सुरुङ निर्माण गर्न सरकारले २ वर्ष ६ महिनाकोे समय दिएको थियो । ठेकेदार कम्पनीले १ वर्ष ६ महिनामै यसलाई पूरा गरेको हो । 
 
 
सरकारले रू.१० अर्ब ५६ करोड सुरुङ खन्न छुट्ट्याएको थियो । काम सकिँदा लागत मूल्य बढेको छैन । तर, तोकिएको समय भन्दै पहिले नै निर्माण सम्पन्न गरिएको सुरुङ करिब चार वर्ष उपयोगहीन हुने भएको छ । सरकारी निकायले विकासका आयोजना सञ्चालन गर्दा सही योजना र सरोकारवाला निकायसँग समन्वय गर्न नसक्दा तोकिएको समय भन्दा पहिले नै निर्माण सम्पन्न भएकोले सुरुङ उपयोगहीन हुने छ । हेडवक्र्स सहित अन्य काम सम्पन्न नहुँदासम्म सुरुङ उपयोगहीन अवस्थामा रहने छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको उपस्थित रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 13 hours ago