भर्खरै

नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारको सर्भे ६५ प्रतिशत सकियो

  • प्रकाशित मिति : Mon-05-Jan-2071
  • - प्रदिप श्रेष्ठ
title

बैशाख, काठमाडौं । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि  गरिएको सर्वेक्षण  ६५ प्रतिशत क्षेत्रमा सकिएको छ । 
 
काठमाण्डौं उपत्यका र पोखराबाट नेपालमा पहिलो पटक २०७२ पुस १७ गते बाट शुरुवात गरेको सेवा हाल सम्म देशभर सञ्चालन गनका लागि गरिएको सर्वेक्षण ६५ प्रतिशत सम्पन्न भएको हो ।
 
 नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार देशभर सातैवटै प्रदेशमा सेवा विस्तार गर्नका लागि  २०७५ माघ २० गते भएको तीन वटा कम्पनीसँग सम्झौता भएको बताए । प्रवक्ता वैद्यले भने फोरजी÷एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्कको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् ।  हाल देशभर फोरजी सेवा विस्तारका लागि सर्वेक्षणको काम तीव्र पारेको छ ।  कोर नेटवर्कका लागि उपकरणको आयात पनि सुरु भईसकेको  छ ।
 
बिहिबार नेपाल टेलिकममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता वैद्यले टेलिकमले नेपालभर ६५ लाख क्षमता भएको फोरजी÷एलटीई सेवा विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ¥यान नेटवर्क तयार गरेको बताउँदै यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने बताए ।फोरजी सेवा देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुने टेलिकमले जनाएको छ । यसबाट देशभर तीव्र गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि स्मार्ट सेल विथ वाइफाइ विस्तार गर्न सकिनेछ ।
त्यस्तै, टेलिकमले मोवाइल सेवा विस्तारका लागि यहि चैत्र मसान्त सम्ममा ४०७ वटा बीटीएस थप गरिएको साथै ४०० वटा थ्रीजी बीटीएसहरुको स्तरोन्नति गरिएको सम्मेलनमा जनाएको छ ।
 
१ करोड लाइन मोवाइल आयोजना अन्र्तगत ग्राहकहरुको माग एवम् प्राविधिक अध्ययन अनुसार आवश्यक देखिएको क्षेत्रमा मोवाइल टावर थप गर्ने कार्य भईरहेको छ । ४०७ बीटीएसको काम पुरा भएको र ४०० वटा थ्रीजी बीटीएसको काम ९५ प्रतिशत सम्पन्न भएको जनाउँदै चालु आ.व मा नै यो काम पनि पुरा हुने प्रवक्ता वैद्यले बताए ।     
त्यस्तै कार्यक्रममा नेपाल टेलिकमका प्रबन्धक निर्देशक डिल्लीराम अधिकारीले  ‘हामीले फोरजी विस्तार गरेपछि २०२५ सम्म अधिकतम् लाभ लिन सक्नुपर्ने बताए ।  निर्देशक अधिकारीले भने,’त्यसपछि अर्को १० वर्ष फाइभजी र फोरजीको सेवा समानान्तर रुपमा जान्छ ।’ हाल विस्तार हुने फोरजीको पूर्वाधार पछि फाइभजीमा जाने समयमा पनि उपयोग हुने बताउँदै ‘फोरजीका लागि तयार गरिने टावर र पावर स्टिम फाइभजीको लागि पनि हुन्छ,’ । उनले भने ’यो सेवा विस्तार भएपछि कम्पनीलाई पनि लाभ हुन्छ भने ग्राहकले पनि थप स्तरीय सेवा पाउँछन् ।’
उनले फोरजी सेवा विस्तारमा एक वर्ष ढिलाई भएपनि फोरजी प्रविधिका ‘लेटेस्ट र न्यू भर्सन’का उपकरण नै जोडिने दावी गरे । उनले बजारमा उपलब्ध सबैभन्दा नयाँ प्रविधिकै प्रयोग गरेर फोरजी सेवा विस्तार हुने उनको भनाइ छ । टेकिलमले फोरजीसँगै टुजी र थ्रीजी विस्तारलाई पनि सँगसँगै लैजाने भएको छ । यस्तै विभिन्न क्षेत्रमा बीटीएस टावर स्थापनाका लागि पनि टेलिकमले काम गरिररहेको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 14 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 19 hours ago