सातै प्रदेशको विद्युतीकरण अवस्था यस्तो छ

  • प्रकाशित मिति : मंगल, भदौ ४, २०८१
  • - विद्युत संसार डटकम
title

 काठमाडौं  ४ भदौ । यतिखेर देशभर विद्युतीकण ९९ प्रतिशत पुगेको छ । यसमध्ये ९७ प्रतिशत जनसंख्या नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रीड) द्वारा समेटिएका छन् भने २ प्रतिशत जनसंख्या वैकल्पिक ऊर्जा (लघु जलविद्युत् तथा सौर्यंमार्फत) विद्युत्मा पहुँच पु¥याएका छन् ।
नेपाल सरकारले आगामी दुई वर्षभित्र शत प्रतिशत नेपालीका घरमा बिजुली पु¥याउने कार्यक्रमको घोषणा गरेको छ । विद्युत् पुगेका कुल ७५३ स्थानीय निकायमध्ये १८ वटा स्थानीय निकायमा मात्र लघु जलविद्युत् तथा सौर्य ऊर्जाका माध्यमबाट विद्युतीकरण भएका छन् ।
 
प्राधिकरणका अनुसार हालसम्म मधेस प्रदेश मात्र शत प्रतिशत विद्युतीकरण भएको । कोशीमा ९९.३ प्रतिशत, बागमती प्रदेशमा ९९.९७ प्रतिशत, गण्डकीमा ९९.४ प्रतिशत, लुम्बिनीमा ९८.४९ प्रतिशत, कर्णालीमा ७३.३९ प्रतिशत र सुदूर पश्चिममा ८६.५८ प्रतिशत विद्युतीकरण भएको छ ।
 
प्राधिकरणले देशभर ६८ लाख १ हजार ४ सय ३८ घरधुरीमा बिजुली पुर्याएको छ । कोशीमा १२ लाख १३ हजार ६ सय ४२, मधेसमा ११ लाख ८४ हजार एक सय ३४, बागमतीमा १६ लाख ९ हजार ६६, गण्डकीमा ६ लाख ६६ हजार ६ सय ९६, लुम्बिनीमा ११ लाख ७१ हजार ६ सय २४, कर्णालीमा ३ लाख ७२ हजार एक सय २५ र सुदूर पश्चिममा ५ लाख ८४ हजार एक सय ५१ घरधुरीमा विद्युत् पुगेको प्राधिकरणले जनाएको छ ।
 
यी सबै घरधुरीहरुमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । यो कुल विद्युतीकरणको ९७ प्रतिशत हो ।
बिजुली पुगेका यी सातै प्रदेशमा ३३ /११ केभी क्षमताका एक सय ९६ वटा सवस्टेशनहरु विद्यमान छन् भने प्राधिकरणले थप एक सय १३ वटा यही क्षमताका सवस्टेशन निर्माण गरिरहेको छ । 
 
वितरण लाइनतर्फ ३३ केभीका ७ हजार ५ सय ७५ सर्किट किलोमिटर, ११ केभीका ५० हजार ६ सय ७५ सर्किट किमि र एलटी तर्फ १ लाख ५० हजार ४ सय ७७ सर्किट किमि रहेका छन् ।
 
प्राधिकरणले देशभर४५ हजार ५ सय ७४ वटा ट्रान्सफरमरबाट बिजुली आपूर्ति गर्दै आएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै ट्रान्सफरमर बागमती प्रदेशमा रहेको छ— ११ हजार ९ सय ३१ वटा ।
जलसरोकार बाट 

प्रतिक्रिया