सामुदायिक विद्युत उपभोक्ता महासङ्घ २० औं स्थापना दिवस सम्पन्न
- प्रकाशित मिति : शुक्र, साउन ११, २०८१
- - भीमलाल श्रेष्ठ/ विद्युत संसार संवाददाता
काठमाडौं, ११ साउन । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालले आफ्नो २० औं स्थापना दिवस सम्पन्न गरेको छ ।
नेपालमा विद्युतीकरणको लागि समुदायमा क्रियासित सामुदायिक संस्थाहरूको छाता सङ्गठन महासङ्घले ‘उज्यालो नेपाल अभियानसँगै उद्यमशीलता स्वच्छ ऊर्जा आर्थिक रूपान्तरण र आत्मनिर्भरता’ भन्ने मुल नाराका साथ शुक्रबार २० औं स्थापना दिवस मनाएको हो । २०६० सालमा स्थापना भएको महासङ्घले शुक्रबार काठमाडौंको अल्फा हाउस बानेश्वरमा भव्यताका साथ सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्र विकासका लागि निजी क्षेत्रको समस्या समाधान हुनेगरी आफूले काम गर्ने बताउनु भएको छ ।
“ऊर्जा क्षेत्रको विकासमा सरकारले राखेको लक्ष्य प्राप्त गर्नका लागि निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो, “मुलुकको विद्युत् विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।”
उहाँले हाल ९८ प्रतिशत क्षेत्रमा विद्युतीकरण भइसकेकाले दुई वर्ष अगावै लक्ष्य भेट्नेगरी देशभर विद्युतीकरण गरिसक्ने बताउनुभयो ।
ग्रामीण क्षेत्रबाट विद्युत् प्रयोग गरेवापतको ठूलो रकम उठाएर मुलुकलाई योगदान पु¥याएको भन्दै उहाँले सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घलाई धन्यवाद व्यक्त गर्नुभयो ।
द्वन्द्वकालको सयममा धेरै बाधा अप्ठे्यरो समस्याहरू सामना गरेर विद्युत उपभोक्ता समुहद्धारा उपभोक्तालाई गरेको सेवाले राज्यका लागि ठूलो सहयोग पुगेको बताउनुभयो ।
उहाँले महासंघ जस्तो राज्यलाई सहयोग गर्ने संस्थाहरूलाई विद्युतीय ऐनले केही समस्या बनाए त्यसमा परिर्माजन गर्नुपर्ने भए आफूले हेरेर उचित व्यवस्थापनको खोजिगर्ने बताउनुभयो ।
उहाँले हामी सधै एउटै कुरामा रहनु हुदैन समय सर्दै परिर्माजित हुनुपर्दछ भन्दै मन्त्री खड्काले सरकारले अबको दुई वर्षमा पूर्ण विद्युतीकरण गर्ने उद्देश्यलाई पुरा गर्न महासङ्घले राज्यलाई कस्तो सहयोग पु¥याउनु सकिन्छ त्यस विषयको पनि खोजी गर्न आग्रह गर्नुभयो ।
महासङ्घ नयाँ सोच र विचारका साथ परिस्कृत हिसाबले अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री खड्काले सामुदायिक विद्युत् उपभोक्ता समितिलाई अगाडि बढाउन सरकार महासङ्घको साथमा रहेको बताउनुभयो ।
विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय विद्युत् सेवा प्रदान गर्न महासङ्घले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले विद्युत् चुहावटको समस्यालाई रोक्नका लागि महासङ्घले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
उहाँले आयोग र महासङ्घ बिचमा काउन्टिङ रिपोटिङ र इडिटिङका बिचमा एकरूपता ल्याउने विषय सामुदायिक उपभोक्ताको अधिकारसँगै महासङ्घको मुद्दाहरूलाई कसरी सुनिश्चिता गर्न सकिन्छ भन्ने विषयमा महासंघसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सामुदायिक संस्थालाई कसरी बलियो बनाउने भन्ने विषयमा आयोगले नीतिगत रुपमा कसरी अगाडी बढाउन सकिन्छ त्यसमा सकारात्मक रहेको उहाँको भनाई थियो ।
महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले महासङ्घले सरकारलाई १ अर्ब ८० करोड नेपाल सरकारलाई अनुदान दिएको र त्यो पैसा नेपाल विद्युत प्राधिकरणको सम्पतीमा पूँजीकरण गरिएको प्रति आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो ‘विश्वमा सामुदायिक विद्युतीकरण हेर्ने गर्दछ तर नेपालमा जस्तो स्थानीयले राज्यलाई अनुदान दिएरको पाइदैन तर नेपालमा समुदायले यसरी सरकारलाई अनुदान दिएको कुरा प्रति अचम्मित भएको र यसलाई नजरअन्दाज गर्न मिल्दैन यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय चुनौति रहेको छ ।’ प्राधिकरणबाट पनि सामुदायिक संस्थाहरू विरुद्ध विभिन्न निर्णय हुनेगरेको छ यस्ता विषयलाई पनि अबको दिनमा ध्यान दिएर अगाडि बढ्न मन्त्री समक्ष अध्यक्ष ज्ञवालीले आग्रह गर्नुभयो ।
सरकारले उज्यालो नेपालको घोषणा गर्दै गर्दा र पुर्ण विद्युतीकरणको कुरा गर्दै गर्दा यसको सफलताको पछाडि महासङ्घको ठूलो योगदान रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । स्थानीय उद्योग तयार गर्ने र रोजगारी सृजना गर्ने देखि विद्युतीय चुलो राष्ट्रिय अभियान सुरु गरिएका छौ हाल हामीले ५० प्रतिशत अनुदानमा आफ्ना सदस्यहरूलाई विद्युतीय चुलो वितरण गर्दै आएको उहाँको भनाई थियो ।
लामो समय देखि विद्युतीय ऐन परिमार्जन हुन नसकेको अवस्थामा समयसापेक्ष छिटै नयाँ विद्युत ऐन ल्याउनको लागि महासङ्घ लागिपरेको अध्यक्ष ज्ञवालीले बताउनु भयो । अध्यक्ष ज्ञवालीले सामुदायिक संस्थाले सरकारको उज्यालो अभियानलाई योगदान पुर्याउँदै गर्दा अब उद्यमशीलता तर्फ उन्मुख भएको बताउनु भएको छ ।
नेपाल विद्युत प्राधिकरण उपकार्यकारी रामजी भण्डारीले ग्रामीण क्षेत्रमा विद्युत पुर्याउनको लागि सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घले खेलेको भुमिका सर्हानिय रहेको बताउनु भयो ।
उहाँले सामुदायिक संस्थाको स्थापनाले प्राधिकरणलाई पर्ने आर्थिक भारलाई न्यूनिकरण गर्न धेरै हदसम्म सहयोग पुगेको र यस्ता सस्थाले सामुदाय स्तरमा नै पुगेर उपभोक्ताहरुलाई गरेको सहयोग अतुलनिय रहेको बताउनुभयो । यस्ता सस्थाहरुलाई अबका दिनमा अझै बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्युत खपतमा सस्थाले गरेको काम प्रशंसा गर्दै अबको दिनमा अझै लागिरहन उहाँको आग्रह थियो । ..भण्डारीले प्राधिकरण र महासङ्घको सम्बन्ध राम्रो रहेको छ र अवका दिनमा पनि विद्युत सप्लाई र सेवामा सहयोग गर्ने सकिन्छ भन्ने विषयमा दुई संस्थाहरू विच सहकार्य हुने बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नबराज ढकालले सरकारले अबको दुई वर्षमा पूर्णविद्युतीकरण गर्ने लक्ष्य लिएको छ तर विद्युत पुग्नु मात्र विद्युतिकरण नभएर त्यहाँ विद्युतले कति काम गर्न मिल्छ र कति समय सेवा दिइरहेको छ भन्नेकुरामा ध्यानदिन आवश्यक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,“९५ प्रतिशतभन्दा बढी ठाउँमा राष्ट्रिय प्रसारणै पुगिसकेको अवस्थामा करिब ३ प्रतिशतमात्र वैकल्पिक ऊर्जाको योगदान छ ।”
विद्युतीकरणसँगै हामीले गणस्तरिय विद्युतसेवा पुर्याउन हामीले केही स–साना विद्युत आयोजना निर्माण गरेर त्यसको विद्युत राष्ट्रिय प्रणालिमा जोड्न आवश्यक रहेको उहाँको भनाई थियो ।
राज्य र समुदायले लगानी गरेर बनाएको स–साना माईक्रोहाइड्रो निर्माण भएका छन् अब त्यहाँ राष्ट्रिय प्रसारण पुगेपछि त्यहाँको विद्युत राष्ट्रिय प्रसारण जोड्न अभियान कै रुपमा अगाडी बढाउनु पर्ने उहाँको तर्क थियो । विद्युत नियमन आयोगका सदस्य झमक शर्माले विद्युत सेवा अब उद्यमशिलतासँगै उत्पादनसँग जोडिनु पर्ने बताउनुभयो । उहाँले उपभोक्ताको हितसँगै लगानी कर्ता र उद्योगीहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको छ जसले सेवा प्रदायक र सेवा प्रवाह विच समुचित संतुलन हुने उहाँको भनाई थियो ।
महासंघका सस्थापक अध्यक्ष तथा अभियान्ता डिल्ली घिमिरेले नेपालमा करिव ५५ प्रतिशत विद्युतीकरण भएको बखत सुरुगरिएको सामुदायिक विद्युतीकरण आजसम्म करिव पूर्ण विद्युतिकरणको अवस्था सम्म आउँदा अबको दिनमा सामुदायिक संस्थाहरूलाई कता लिएर जाने भन्ने विषयमुल चुनौतिको रुपमा रहेको बताउनु भयो ।
उहाँले विगतमा विकट क्षेत्रमा विद्युत पुर्याएर आज समग्री विद्युतमा १५ प्रतिशत हिस्सा लिएर राज्यलाई योग्दान पुर्याएको संस्थालाई सरकारले नजरअन्दाज गर्न नहुने उहाँको भनाई थियो । राज्य संचालन नै सहभागीता मुलक भन्ने तर व्यवहारमा हेर्दा सहभागीतालाई निरुत्साहन गर्न तर्फ अघि बढेको अवस्थामा सामुदायिक पद्धातीलाई कसरी अगाडि लिएर जाने भन्ने समग्र अवधारणगत छलफल नै हुन नसकेको उहाँको गुनासो रहेको थियो ।
महासंघले २ विधामा सम्मान
कार्यक्रममा सामुदायिक ग्रामीण विद्युत सहकारी सस्था लिमिटेड बागमती नगरपालिका १० शंकरपुर सर्लाहीलाई सम्मान गरिएको थियो भने पत्रकारिता तर्फ ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ऊर्जा क्षेत्रका विज्ञहरु, सरोकार साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
२०६० सालमा स्थापना भएको महासङ्घ नेपालले आफ्नो स्थापनाकाल देखि नै नेपालको ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ ।
हाल सम्म सामुदायिक विद्युतीकरण विस्तारित हुँदै ५५ जिल्लामा ३०२ वटा सामुदायिक संस्थाहरू बन्न पुगेका छन । जसमा ग्राहक संख्या ६ लाख भन्दा माथि छ भने तीन हजार ५सय जनालाई रोजगार प्रदान गरेको छ ।
महासङ्घले नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पु¥याउन नसकेको ठाउँमा सामुदायिक विद्युत संस्थाहरूले ९० प्रतिशत सरकारको र १० प्रतिशत समुदायको गरी ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्देश्य अनुरूप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्न ठूलो योगदान पु¥याउँदै आएको छ ।