राजनैतिक नेतृत्व र देशको विकास
- प्रकाशित मिति : बुध, बैशाख १३, २०८०
- - मदन चौलागाई
काठमाडौं, १३ बैशाख । अहिले हाम्रो देशमा भईरहेको राजनैतिक गतिविधिहरुले सबैलाई निराश बनाएको छ । त्यस माथि पनि अस्थिर सरकार र त्यसले देशको विकासमा पार्न सक्ने असर वास्तवमै चिन्ताजनक छ । राजनैतिक अस्थिरता देश विकासको ठुलो बाधक बन्दै आएको छ । राजनैतिक अस्थिरताका कारण विकासका धेरै योजनाहरु ठप्प भएका अनेकौं उदाहरण छन् । दुर्भाग्यवस नेपाल यस्ता समस्याहरुबाट कयौं पटक गुज्रिसकेको छ ।
सत्ता आफ्नो पक्षमा नै पर्न अनेक उपायहरु अपनाउन तयार हुन्छन् । यहि कारण मंसिर र बैशाख १० गते भएको उपनिर्वाचको मत परिणमले नयाँ र युवा राजनीतिज्ञलाई साथ दिएको पाइन्छ । राजनीतिलाई त्यसरी गिजोल्नु देश र जनताको लागि हितकर र शोभनीय हँुदैन । यो कुरा ठूला र पुराना भन्ने राजनैतिक दलहरुले बुझन जरुरी भइसकेको छ। आमनागरिकको चाहन देशलाई निकास मात्रै होइन, विकासको बाटो समेत प्रशस्त बनाउनु हो । नागरिकको सहभागिताले लेखिएको संविधानसमेत कार्यान्वयनमा आएको छ । त्यसकारण अहिले बनेको सरकारमा सरकारको संस्कार चाहिँ धेरै फेरिनु आवश्यक छ ।
कुनैपनि देशको विकास प्रत्यक्ष रुपमा राजनितिसँग जोडिएको हुन्छ । राजनीति भनेको यहाँ दलको राजनीतिलाई मात्र भन्न खोजिएको हैन । यसले समग्र विकासको लागि बन्ने नीति तथा नियमलाई जनाउँछ । तर हाम्रो देशको सन्दर्भमा भन्ने हो भने विकासको लागि दलिय राजनीतिको अस्थिरताले गम्भीर परिणाम निम्त्याउन सक्छ । विभिन्न योजनाहरु बीचमै अलपत्र पर्ने सम्भावना बढ्छ र विकासको नाममा भएका ढिला सुस्तिहरुले निरन्तरता पाउँछन । फलस्वरुप न त विकास हुन्छ न त सम्वृद्धि नै । यसको आधारभूत आवश्यकता चाहिँ सरकारको सबल संस्कारमा भर पर्छ ।
अब सरकारलाई राजनीतिक कुरामा अल्मलिनु हुँदैन् । देशको अग्रगामी र नागरिक अपेक्षित विकासका खास सवालहरूमा ठोस पहल गर्नुपर्दछ ।
अपेक्षित संस्कारलाई सार्थक बनाउन कर्मचारीतन्त्रमा व्यापक सुदृढीकरण आवश्यक छ । सरकारका सबै कार्यक्रमलाई नागरिकसम्म पु¥याउने माध्यम कर्मचारीतन्त्र नै हो । नागरिकले सरकार कामकाजी भए÷नभएको कुरा सरकारका सदस्यलाई भेटेर निर्धारण गर्ने होइन । सरकारी वा सार्वजनिक सेवासुविधा लिने क्रममा कर्मचारीले प्रवाह गर्ने सेवाको चुस्तता अनि गुणस्तरका आधारमा नागरिकको सरकारप्रतिको विचार निर्माण हुन्छ ।
सरकारी सेवा चुस्तदुरुस्त भएमा सरकारमाथिको आधा आरोप र विकर्षण समाप्त हुन्छ । विकासका प्रस्ट योजना दिएर नागरिकसँग पनि सहयोग माग्नुपर्छ । वास्तवमा सरकारले आमनागरिकको हितमा काम गर्न लागेमा नागरिकबाट श्रम वा पुँजी वा दुवैको प्रशस्त सहयोग आउँछ ।
हरेक क्षेत्रको विकासको तत्कालीन र दीर्घकालीन मोडल बन्नुपर्छ । नियुक्तिमा क्षमतावानहरू लाई अगाडि ल्याउँदा अनुपम कार्यसम्पादन साथै सरकारमाथि नागरिक भरोशासमेत बढोत्तरी हुन्छ । समाजका हरेक क्षेत्रमा तत्कालीन सुधार अनि दीर्घकालीन विकासका योजना आउनुपर्छ । बेरोजगारी, गरिबी, अन्याय, अत्याचार, दण्डहीनता, भ्रष्टाचार, मूल्यवृद्धि नियन्त्रणमा सरकार अब्बल बन्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र आवास कम्तीमा सरकारको दायित्व बन्ने गरी कार्यक्रम दिनुपर्छ । अभ्यास गर्ने हो भने थुप्रै परिवर्तन गर्न सकिन्छ । हरेक आयोजना सम्पन्न नै नहोला तर यथोचित प्रगति र विकास देखिनुपर्छ ।
पढेका र दक्ष भनिएको जनशक्ति सम्पन्न देशलाई अनि शारीरिक श्रम गर्ने जति खाडी मुलुकलाई पठाएर समृद्धिको आशा गर्नु गलत हुन्छ ।
राजनैतिक अस्थिरता दिगो विकासको वाधक हो । विकास मात्र हाईन हामिले दिगो विकासको वारेमा सोच्नु पर्छ । क्षणिक विकासलाई विकास भन्न मिल्दैन । वातावरण र प्राकृतिक स्रोतहरुको संरक्षण गर्दै सामाजिक तथा आर्थिक समतालाई मध्यनजर गरी विकासका योजनाहरु सफल बनाउनु नै दिगो विकासको उदाहरण हो ।
योजना वनाउंदाको स्थिति र कार्यान्वयन गर्दाको स्थिति बीच तालमेल भएन भने त्यो योजना सफल हुन सक्दैन । यस्को जल्दोबल्दो उदाहरण भनेको मेलम्ची खानेपानि योजनालाई लिन सकिन्छ । देश भरी यस्ता थुप्रै योजनाहरु छन् जुन राजनैतिक अस्थिरताले गर्दा अलपत्र परेका छन । देश विकासमा राजनैतिक स्थिरताको भुमिका सवै भन्दा ठुलो समस्या हो । हाम्रो देश पनि एउटा अनुशासित विकासोन्मुख राष्ट्र बन्न सक्छ । यसको लागि कुरा भन्दा पनि काम को खांँचो छ । पक्कै पनि नेपाल विकासको वृहत सम्भावना भएको देश हो । त्यसैले धेरै चिन्ता भन्दा पनि चिन्तन गर्नु पर्छ । कृषि, पर्यटन र अन्य क्षेत्रको विकास मार्फत राजनितिलाई पुर्णता दिन युवाहरुमा एकता जरुरी छ । विगत देखि धमिलिएको नेपाली राजनिती भित्रको दुर्गन्धलाई सदाको लागि फ्याँक्न एकपटक सक्षम युवा नेतृत्व राजनितिमा आउन जरुरी छ ।