भर्खरै

महासंघको स्थायित्वका लागि भवन निर्माण महत्वपूर्ण

  • प्रकाशित मिति : शनि, माघ २८, २०७९
  • - सुदर्शन प्रसाद पौड्याल, अध्यक्ष नेपाल विद्युतीय व्यवसायी महासंघ
title

सुर्दशन प्रसाद पौड्याल
अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ

काठमाडौं २८ शनिबार । एकता नै समृद्धिको सर्वोत्कृष्ट माध्यम हो यस भनाईलाई स्थापित गर्न मेरो नेतृत्वको कार्यकालमा सफल भएको छु । तीन वर्ष महासंघ सम्हाल्दै गर्दा संस्था आफैमा एउटा उचाई लिन सफल भएको मैले ठानेको छु । कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रकोपका कारण रोकिएका हाम्रा विभिन्न कार्यक्रम तथा योजनाहरु महामारीको अवस्था सुधार हँुदै गर्दा महासंघले गर्नुपर्ने प्रायः कार्यक्रम तथा योजनाहरु सफलतापूर्वक सम्पन्न गरेका छौ । महामारीको समयमा व्यवसायीमा जनचेतना कार्यक्रम देखि फिन इलेक्ट्रो टेक २०२२, महासंघको आफ्नो भवन निर्माण, व्यवसायीमा तालिम प्रदान, सम्पूर्ण जिल्ला संघहरुलाई जुझारु बनाउन महासंघको भुमिका नै मेरो नेतृत्वको कार्यकालको सफलता हुन् । 
 
महासंघसँग जिल्ला संघको सम्बन्ध

नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा म निर्वाचित हुँदै गर्दा आज भन्दा केही फरक परिस्थिति थियो । त्यतिबेलाको समयमा ३ वटा जिल्ला संघहरुले केही विषयमा विमति राखेर महासंघबाट बाहिर जानुभएको अवस्था थियो । आफुले महासंघको नेतृत्व गर्दै गर्दा आफ्नो पहिलो कर्तव्य महासंघमा केही विमति राखेर बाहिर जानुभएका जिल्ला संघहरुलाई पनि समेटेर अघि बढाउनु पर्छ भन्ने रह्यो र यस सन्दर्भमा पूर्णरुपमा सफलता पनि हासिल भयो ।
 
जिल्ला संघहरुले व्यवसायी केन्द्रित गरेका कार्यक्रमहरुमा पूर्णत महासंघको सहयोग, सहकार्य रहँदै आएको छ । जिल्ला जिल्लाका व्यवसायीहरुलाई कोरोना महामारीमा जनचेतना मुलक तालिम, प्रचार सामग्री वितरण, कर सम्बन्धी तालिम प्रदान देखि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका थियौं । कोभिड महामारीको अवस्थामा पनि सरकारलाई पहल गरेर व्यवसाय आयकर छुटका विषयमा पनि महासंघको महत्वपूर्ण भुमिका रहेको छ ।  
 महामारीको अवस्थामा हामीले साधारण सभा गर्न नसकेता पनि अर्को वर्ष गर्न सफल भएका थियौ । जिल्ला संघहरुले व्यवसायीहरुलाई प्राविधिक तालिम कार्यक्रमको आयोजना गर्दा महासंघको पनि सहकार्यता हँुदै आएको छ ।  
 
भवन निर्माण

मेरो नेतृत्वको कार्यसमितिको अर्को ठूलो सफलता भनेको २०७८ कात्तिक ३ गते देखि महासंघको आफ्नै भवन निर्माण थालनी हो । हाल ७५ प्रतिशत सम्म काम सम्पन्न भएको छ । लामो समय देखि महासंघको आफ्नै भवन निर्माणको थालनी हुनुपर्ने आवाज उठ्दै आएपनि यसले सफलता पाउन सकेको थिएन । हाल भवन निर्माणको थालनी भएर पनि  अन्तिम अवस्थामा सम्म  आइपुग्दा धेरै 
व्यवसायीहरुको साथ र सहयोग मिल्दै आएको छ । 
 
२०४७ सालमा स्थापित भएको महासंघले आज लामो समय पछि आफनै भवन निर्माण गर्नु आफैमा गौरवको विषयमात्र नभएर महासंघको स्थायित्वका लागि पनि महत्वपूर्ण रहेको छ । संस्था स्थानान्तरण भइराख्ने अवस्था हुँदैन जसले गर्दा नेपाल विद्युतीय व्यवसायी महासंघ भन्ने बित्तिकै काठमाडौं भोटेबहाल केन्द्रिय कार्यालय भन्ने बुझिन्छ । आजको अवस्थामा एक करोड भन्दा बढीको प्रतिबद्धता आएकोमा करिब ४३ लाख भन्दा बढी रकम उठिसकेको अवस्था छ । 
 
फिन इलेक्ट्रो टेक २०२२

महासंघले सन् १९९६ देखि हरेक २÷२ वर्षको अन्तरालमा अन्तर्राष्ट्रियस्तरको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत् प्रदर्शनी एवम् गोष्ठी इलेक्ट्रो–टेक सञ्चालन हँुदै आएको छ । सन् २०१८ मा भएको नवौं इलेक्ट्रो–टेक पछि महामारी कै कारण २६ वर्षको अवधिमा ‘फिन इलेक्ट्रो टेक २०२२’ दशौं संस्करणको गएको मंसिर२२ गते देखि २५ मंसिर सम्म सम्पन्न गर्न सफल भएका छौ । यो पटकको इलेक्ट्रो टेक संस्थाको नामसँग जोडिन सफल भएको छ । यसलाई पनि मैले आफ्नो सफलताको रुपमा लिएको छु । उत्पादनकर्ता, व्यवसायी देखि अवलोकनकर्ताहरु सबैलाई फिन इलेक्ट्रो टेक २०२२ ले उत्साह जगाएको महासंघले महशुस गरेको छ । 
 
‘नेपालको समृद्धि ऊर्जा खपत अभिवृद्धि’ को नारा लिएर सुरुभएको ‘फिन इलेक्ट्रो टेक २०२२’ ले मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमहरु बाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सवलीकरण गर्दै लैजान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा अत्याधिक टेवा पु¥याउन सफल भएको महासंघले ठानेको छ । महामारी र अन्य विभिन्न कारणले देशमा आर्थिक मन्दीले ठूलो चुनौतिका बाबजुद पनि फिन इलेक्ट्रो टेक २०२२ उत्साह र उमंगका साथ सम्पन्न हुनु आफैमा एउटा महत्वपूर्ण सफलता हो । 
 
महासंघको गरिमा

नेपाल विद्युतीय व्यवसायी महासंघ आफैमा विद्युतीय व्यवसायीहरुको छाता संगठन हो । महासंघले विद्युतीय व्यवसायीहरुलाई परेको समस्या देखि समाधान खोज्नेसम्मको कार्यमा अभिभावकत्व निर्वाह गर्दै आएको छ भने हाम्रो क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैर सरकारी कार्यक्रममा महासंघको उपस्थितिले पनि महासंघको गरिमा बढाएको छ । ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल गुणस्तर विभाग, वातावरण विभाग, भन्सार विभाग लगायत मन्त्रालय र कार्यालयहरुको बैठकहरुमा हाम्रो उपस्थिति नियमित हँुदै आइरहेको छ । अझ नेपाल गुणस्तर विभागमा इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सामग्रीहरुको कुनैपनि मापदण्ड निर्धारण गर्ने बैठकहरुमा हाम्रो उपस्थिति अनिवार्य रहेको छ । 
 
 ५ औं महाधिवेशन

शान्तिपूर्ण तरिकाले सव्य र भव्य रुपमा साधारण सभा एवम् अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने मेरो इच्छा छ । भुतपूर्र्व अध्यक्षको हैसियतले पनि नयाँ नेतृत्वलाई आफ्नो कार्यकालमा सम्पन्न हुन बाँकी रहेका कामहरु पुरा गर्न पूर्णरुपमा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । 
 
नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालसँग विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले गर्नुभएको कुराकानीमा आधारित 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 23 hours ago