जनतालाई राहत दिन सरकारको योजना

  • प्रकाशित मिति : बुध, असार १५, २०७९
  • - रमन देवकोटा
title

काठमाडौं असार । देशमा मूल्यवृद्धि अत्याधिक बढिरहेको छ ।  विगतको तुलनामा कोरोना महामारी पश्चात् र रुस–युक्रेन बीचको युद्धका कारण मूल्यवुद्धिले सीमा नाघेको छ । यसको खास कारण भनेको अन्तर्राष्ट्रिय क्षेत्रमा नै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएपछि इन्धनमा पूर्णरुपमा परनिर्भर हुने नेपाल जस्तो अन्य देशहरुलाई बढि प्रभावित पारेको छ । नेपालको सन्दर्भमा पनि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएसँगै भान्सामा प्रयोग हुने तरकारी देखि यातायात भाडा समेतमा वृद्धि भइरहेको छ । नेपालको पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य इन्डियन आयल कर्पोरेसन (आईओसी) मा आधारित हुन्छ ।
 
 अन्तर्राष्ट्रिय बजारमा मूल्यबढे सँगै नेपाल आयल निगमले पनि निरन्तर मूल्यवृद्धि गर्दै अघिल्लो हप्तासम्म मात्र पेट्रोलमा खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलमा खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ पु¥याएको थियो । जसकारण सरकार र आयल निगमले धेरै आलोचना समेत खेप्नु प¥यो । जनताले धान्नै नसक्ने गरी मूल्यवृद्धि सरकारले गराएको भन्दै विभिन्न राजनैतिक दलका भातृसंगठन देखि स्वतन्त्ररुपमा पनि विभिन्न ठाउँमा आन्दोलनका कार्यक्रमहरु सञ्चालन भएका थिए । आन्दोलन गरी सरकारको बढी विरोध भएपछि सरकारले बढाएको सो मुल्यवृद्धि आम जनतालाई नै राहत दिने उद्धेश्यले केही दिनमा नै घटाएको छ । 
 
सरकारले असार १२ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँबाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको छ । 
 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भईरहँदा पनि नेपालमा विभिन्न बहानामा लिदै आएका करले झनै मूल्य बढाएको हुँदा यस्ता कर हटाएर जनतालाई राहत दिनुपर्ने माग समय समयमा उठ्दै आएको थियो । तरपनि सरकारले यस विषयमा कुनै चासो देखाउने गरेको थिएन । अघिल्लो महिना मात्र पूर्वाधार कर मध्ये १० रुपैँया घटाएपनि निरन्तर मूल्यवृद्धि भई नै रहेको थियो । यो साता भने सरकारले केही उदारता देखाउँदै पेट्रोलियम पदार्थमा केही राहत दिने कोशिस गरेको छ । यो सकारात्मक पनि छ । विभिन्न बाहनामा कर लिने तर ति करबाट उठेका रकमको कुनै पनि क्षेत्रमा उपयोग नहुनुले पनि जनतामा निरासा छाएको छ । यो पटक भने सरकारले जनताको हितलाई सर्वोपरी ठानी मूल्य समायोजन गरेको छ । अब पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको समयमा वा बहानमा अन्य वस्तुहरुमा भएको मूल्यवृद्धि पनि घट्नु पर्दछ । 
 
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएकाले अन्य वस्तु तथा सेवाको मूल्य पनि घटाउनुपर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताउँदै आएका छन् । उनले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु तथा सेवाको मूल्य घट्यो कि घटेन भनेर यकिन गर्न सरकारले बजार अनुगमन गर्ने बताएका छन् हो साच्चै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हँुदा बढेका सामग्रीको मूल्य पेट्रोलियम पदार्थमा मूल्य घट्दा अन्य वस्तुको मूल्य पनि घट्नु पर्दछ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि अन्य वस्तु तथा सेवामा पनि मूल्य घट्नु आवश्यक रहेको विभिन्न आवाजहरु पनि उठ्न थालेका छन् । यसका लागि विषयगत मन्त्रालय र नियामक निकायहरू ले आ–आफ्नो क्षेत्रबाट तथा संयुक्त रूपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाउन आवश्यक छ । सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरू, निजी क्षेत्र, नागरिक समाज र मिडियाले सक्रिय र सकारात्मक सहयोग गर्न आवश्यक छ ।

प्रतिक्रिया