अतित बिर्सिएर दिगो समाधानको बाटो

  • प्रकाशित मिति : बुध, असार १, २०७९
  • - रमन सिलवाल/चितवन
title

काडमाडौं असार । नेपाल कृषिप्रधान देश भन्दै र पढ्दै आएका छौ । यदि साँच्चै कृषिप्रधान देश हो भने कृषिबाट उल्लेख्य परिवर्तन गर्न किन सकिरहेका छैनौं । यतिमात्र होईन नेपाल कुनै पनि वस्तुमा आत्मनिर्भर हुन सकिरहेको छैन । हामीलाई चाहिने खाद्यान्न, लत्ताकपडा, हरियो तरकारी, फलफूललगायत विविध सामग्रीमा परनिर्भर रहनुपर्ने बाध्यात्मक अवस्था हाम्रो मुलुकमा छ । यसैले पनि नेपालमा हरेक वर्ष महंगी बढिरहेको छ । हरेक आर्थिक वर्षमा कृषिकै लागि ठूलो रकम बजेट विनियोजन हुन्छ के त्यो रकम नेपालको कृषि क्षेत्रको विकास र सर्वृदन गर्न प्रयाप्त छ ? छ भने हाम्रो उत्पादनमा किन कमी आएको छ । छैन भने सरकारले कृषिप्रधान भन्दै गर्ने तर कृषि क्षेत्रमा प्रयाप्त रकम छुट्याउन सकिदैन् । 
 
कृषिबाट देशको परिवर्तन सम्भव छ तर सरकारका तर्फबाट त्यसको प्रभावकारितामा खासै चासो नदेखाउँदा हामी कृषिप्रधान देश भनेर पनि आत्मनिर्भर बन्न सकिरहेका छैनौं । जब कृषकलाई अत्यन्त आवश्यक पर्ने वस्तु सरकारले उपलब्धता गराउन सक्दैन तब देशमा कृषि क्षेत्रको विकासमा दाग लाग्दछ । यति बेला मानो रोपेर मुरी फलाउने बेलामा रासायनिक मलको अभाव देशभरका किसानले भोग्नुपरेको छ । पहाडी भेगमा मकै लगाउने सिजन छ भने तराईमा धान लगाउने बेला भएको छ । खेतीको मुख्य समयमा रासायनिक मल किसानलाई वितरण गर्न सरकारले समन्वयनकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन् । 
 
यसको मुख्य कारण त नेपालमा नै रासायनिक मल कारखाना नहुनु हो । यसैले हामी रासायनिक मलमा पूर्णरुपमा आत्मनिर्भर हुन नसक्नु यो विडम्बना नै हो । रूस–युक्रेन युद्धका कारण कतिपय देशले रासायनिक मल निर्यात पनि बन्दै गरेका छन् । सरकारका लागि त्यो एक सजिलो बहाना भएको देखाइरहेको छ । मल अभावको हरेक वर्ष दोहोरिने समस्याको दिगो समाधानका लागि नेपालभित्रै कारखाना खोल्नुपर्ने र वर्षेनी विदेशिने अर्बौं रुपैयाँ रोक्नुपर्ने धारणाहरु अहिले विज्ञहरुबाट आइरहेका छन् । विकास योजनालाई भाषणमा मात्र सीमित गर्ने लिप्त वर्तमान राजनैतिक परिवेशबाट मुक्त भएर सरकारले मल कारखाना स्थापनाका विषयमा छलफल र अध्यायन हुनुपर्दथ्यो तर यसको विपरीत राजनैतिक दलका नेताहरुलाई आफ्नो हातमा सत्ता होस भन्ने धारण मात्र राख्ने तर विकास शुन्य हुँदा वर्षेनी समस्या बेर्होनु परेको छ ।
 
नेपाल लामो समय देखि स्वदेशमा नै  कारखाना स्थापना गर्न विभिन्न क्षेत्रबाट विभिन्न अध्ययन र अनुसन्धान भएको पाईन्छ । यसका लागि भन्दै ठूलो रकम खर्च पनि गरिसकेका छन् । तर ती अध्ययन प्रतिवेदन मध्ये केहीले ग्यासबाट कारखाना खोल्दा सस्तो हुने र केहीले विद्युतबाट सस्तो हुने देखाइएको छ । तर ग्यासबाट सस्तो हुन्छ भन्ने विषयमा नेपालका ऊर्जाविज्ञहरुले मान्न तयार छैनन् । किनकी नेपालमा उत्पादित विद्युत आयोजना हुँदा हँुदै पूर्णरुपमा आयातित ग्यासबाट सस्तो हुन्छ भन्ने मूखर्ता हुन्छ भन्ने उनिहरुको बुझाई छ । 
 
प्राकृतिक ग्यासबाट कारखाना स्थापना हुदाँ ग्यास आयतमा नै स्वदेशी अबौँ पुँजी बाहिरीने छ । यतिमात्र होईन आयातमा परनिर्भरता हुँदा भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थमा भोग्नुपरेको पिडा हामीले बिर्सन हुँदैन । आयातमा नै परनिर्भरता भएर कारखाना स्थापना गर्दा भोलीको दिनमा यस्ता समस्या उत्पन्न नहोला भन्न सकिन्छ र ? त्यसैले सरकारले भारतको परनिर्भतामा रहेर मल कारखानामा खोल्ने गल्ती दो¥याउनु हुँदैन । 
 
सरकारले प्राकृतिक ग्यास नभई नेपालले वाटर इलेक्ट्रोलाइसिस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्नु नै पहिलो उत्तम विकल्प हुन्छ । नेपाल जलविद्युत क्षेत्रमा धेरै ठूलो सम्भावना बोकेको देश हो । हाल नेपालको विद्युत उत्पादन क्षमता पनि बढ्दै गइरहेको अवस्थामा बर्खायाममा नेपालमा विद्युत उत्पादन धेरै भएर खपतको बाटो नहुँदा खेर जाने बाध्यकारी अवस्था छ । यसैले सरकारले यो कुरालाई पनि मध्यनजर गरेर वाटर इलेक्ट्रोलाइसिस प्रविधिमा मल कारखाना स्थापना गर्नुपर्छ । यसो भएमा विद्युत खपतमा पनि ठूलो राहत मिल्नेछ । यसैले सरकारले राजनीति भन्दा पनि माथि देशको भविष्यलाई मध्यनजर गरेर विद्युत खपतमा पनि योग्दान हुने र देशको व्यापार घाटामा पनि सघाउ हुने विद्युतको प्रयोग गरेर नै रासायनिक मल कारखाना स्थापना गर्न जरुरी छ । 

प्रतिक्रिया