भर्खरै

मल कारखानाका लागि सुलभदरमा विद्युत् दिन हामी तयार छौं : मन्त्री भुसाल

  • प्रकाशित मिति : आइत, चैत २७, २०७८
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौं, चैत । पछिल्लो केही समय यतादेखि देशभित्र विद्युत उत्पादन बढीरहेको छ । विद्युत उत्पादन बढेसँगै विद्युत खपतका लागि विभिन्न किसिमका चर्चा–परिचर्चा, बहस, अन्तरक्रिया तथा योजनाहरु तयार गर्दै आइरहेको पाइन्छ । स्वदेशमा उत्पादित विद्युत स्वदेशमा नै कसरी खपत गर्ने भन्ने विषयमा यहि शुक्रबार सोसाइटी अफ इलेक्ट्रिकल ईन्जिनियर्स (सीन) र नेपाल विद्युत् प्राधिकरणले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले इलेक्ट्रोलाईसिस प्रविधिबाट स्वदेशमै रासायनिक मल कारखाना खोल्न आवश्यक विद्युत् सस्तो सुलभदर विद्युत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
 
 
कार्यक्रममा बोल्दै उर्जामन्त्री भुसालले ‘विद्युत् प्रति युनिट ३ रुपैंयाका दरले दिँदा ग्यासको प्रयोगबाट भन्दा सस्तो पर्न जाने जनाउँदै उनले विद्युतको मूल्य जति राख्दा मल कारखाना चलाउन सम्भव हुन्छ त्यही मूल्यमा नै विद्युत उपलब्ध गराउने प्रतिबद्धता गरेकी हुन् । उनले इँटा भट्टाहरूमा पनि कोइला विस्थापित गरेर विद्युत प्रयोग गर्नुपर्ने र आधुनिक इँटा निर्माण गर्ने प्रणालीमा ल्याउनुपर्ने बताउँदै यसमा सरकारको तर्फबाट आवश्यक पर्ने सबै सहयोग जुट्ने बताइन् । 
मन्त्री परिषद्को बिहीबारको बैठकले राष्ट्रिय गौरवको आयोजनामा सुचीकृत १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरी सकेकोले पनि मल कारखानालाई सस्तोमा विद्युत् उपलब्ध गराउन कुनै समस्या नपर्ने उनको धारणा छ ।  विकासको निम्ति विद्युत् आफैँमा कच्चा पदार्थ भएको जिकिर गर्दै उनले विद्युतको खपत सबैभन्दा बढी देशभित्रै गर्नुपर्ने र यसका लागि रासायनिक मल कारखाना उपयुक्त विकल्प भएको बताइन् ।
 
 
यस्तै कार्यक्रममा सिनका अध्यक्ष ई. दिल्ली रत्न शाक्यले लगानी बोर्डको चैत १७ गते बसेको ५० औँ बैठकले विज्ञहरूसँग छलफल नै नगरी नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाका लागि विशेष सम्भावना अध्ययन गर्न जर्मनीको एउटा कम्पनीलाई अनुमति दिने निर्णय गरेकोमा आपत्ति जनाए । शाक्यले भने ‘यदि विज्ञहरूको रायसल्लाह नलिकनै कसैलाई अध्ययन गर्न दिनु थियो भने ४९ औँ बैठकमा नै निर्णय किन नगरेको ? उनको प्रश्न छ । 
 
 
नेपालमा चरम लोडसेडिङको रहेको अवस्थामा भारतीय कम्पनीले नेपालमा इलेक्ट्रोलाईसिस प्रविधिबाट मल कारखाना सम्भव नभएको भन्दै ग्यासको प्रयोग गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरेको थियो । उहाँले विद्युत् उत्पादन बढी भएर खपतका लागि चिन्ता गर्नुपर्ने बेलामा आयातित ग्यासबाट नभई विद्युतकै प्रयोगबाट रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा प्रा.डा जगन्नाथ श्रेष्ठले तत्काल रसायनिक मल कारखाना खोल्दा सयौं मेगावाट विद्युत खपत हुन सक्ने बताउँदै उनले इलेक्ट्रोलाइसिस प्रविधिबाट रसायनिक मल उत्पादन गर्ने सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दैअब तत्काल स्वदेश विद्युत खपतका लागि मल कारखाना खोल्नुपर्ने बताए । 
 
 
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपाल समाचारपत्रका पत्रकार सरस्वती कर्माचार्यलाई विद्युतको खपत बढाउन र इलेक्ट्रोलाईसिस प्रविधिबाट रासायनिक मल कारखाना स्थापनाका लागि सीनको प्रयासमा पु¥याएको सहयोगको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago