भर्खरै

अझै सुरु भएन बुढीगंगा जलविद्युत्

  • प्रकाशित मिति : सोम, पौष १९, २०७८
  • - मेनुका ढुंगाना
title

अछाम, पुस । अछाममा निर्माण हुने २० मेगावाटको बूढीगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको डीपीआर तयार भएको एक वर्ष भइसक्दा पनि निर्माण प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
 
आयोजनाको मुल्यांकन गरेर ठेक्का प्रक्रियामा अगाडि बढ्ने बेलामा लगानीकर्ता साउदी अरबले आफू अनुकुल नभएको भन्दै निर्माण प्रक्रियाको प्रस्ताव अस्वीकार गरेको थियो । करिब ८ महिना लगाएर तयार गरेको ठेक्का प्रक्रिया रद्द भएपछि पुनः मूल्यांकनको काम सुरु भएको छ । आयोजनाका साइट इन्चार्ज इन्जिनियर वीरबहादुर बोहराका अनुसार आयोजनाले निर्माण व्यवसायीको योग्यताको लिस्ट तयार गर्दै छ । त्यसपछि निर्माण व्ययसायी छनोट गर्ने र अन्तिममा छनोट भएका व्यवसायीसंँग वित्तीय प्रस्ताव माग गरेपछि मात्रै ठेक्का प्रक्रियामा जानेछ ।
‘खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा आयोजनाको काम सुरु हुने भएकाले आयोजनाका लागि सुरु हुने ठेक्का र अन्य प्रक्रिया साउदी अरबले स्वीकार गरेपछि मात्रै आयोजनाले काम गर्न पाउने बाध्यात्मक अवस्था छ । सम्झौतामा आयोजनाका हरेक क्रियाकलाप सञ्चालन गर्दा साउदीले स्विकारेपछि मात्रै काम सुरु गर्न पाउने सम्झौता गरिएको छ,’ इन्जिनियर बोहराले भने, ‘साउदीले मागेको मापदण्डअनुसार नै अहिले प्रक्रिया अगाडि बढाएका छौं । योभन्दा पछि भने अस्वीकार गर्नुपर्ने अवस्था नआउन सक्छ ।’
 
मूल्यांकनको प्रक्रिया मात्रै सुरु भएकाले ठेक्का प्रक्रियामा गएर आयोजनाको काम गर्न अझै कम्तीमा ९ महिना लाग्ने बोहराले बताए । ‘यही रफ्तारमा काम भयो भने ८÷ ९ महिना समय त्यसै पनि लाग्छ । बीचमा केही बाधाअड्चन आयो भने अझै धेरै समय लाग्ने सम्भावना पनि रहन्छ’ उनले भने । अछाममा निर्माण हुने २० मेगावाट क्षमताको बुढीगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि नेपाल सरकारले साउदी सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
 
आयोजनाको निर्माण विकासका लागि २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब नेपाली रुपैयाँको ऋण सम्झौता भइसकेको छ । २०७२ असार १४ गते सम्झौता भई ०७३ पुसमा डीपीआर तयार पार्ने जिम्मा पाएका अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्राइभेट लिमिटेड र नेपालको कम्पनी उदय कन्सल्टेन्सीले १ वर्षअघि मात्रै डीपीआर तयार पारेको हो । डीपीआर तयार पार्न करिब १९ करोड ९१ लाख ३३ हजार नेपाली रुपैयाँ लागत छ ।
 
सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि २०५२ देखि नै अध्ययन सुरु भएको थियो । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिब ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर छ ।
 
बूढीगंगा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी विद्युत् कैलालीको पहलमानपुरसम्म पु¥याएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । ८.६४ हेक्टर क्षेत्रफल रहेको आयोजनाको मुख्य संरचनामा बाँध, इन्टेक, सेटलिङ, बेसिन, सुरुङ, सर्जट्यांक, विद्यत्गृह, टेलरेस, सब–स्टेसन, प्रसारण लाइन रहनेछन्  । कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 16 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 16 hours ago