भर्खरै

समयमा नै समाधान खोज्ने की ?

  • प्रकाशित मिति : बिही, पौष १५, २०७८
  • - विद्युत संसार संवाददाता
title

प्रायः जाडो मौसममा विद्युत खपत तुलनात्मक रुपमा बढ्ने गर्दछ । बजार क्षेत्रमा मानिसहरु धेरै व्यस्तता हुने भएकै कारण घर होस् या अफिस आफु जाडोबाट जोगिन बजारमा पाईने विभिन्न प्रकारका विद्युतीय सामग्रीहरुको प्रयोगलाई नै प्रथामिकता दिईरहेका हुन्छन् । विशेषगरी जाडो महिनामा प्रयोग गरिने विभिन्न खालका सामग्रीहरु जस्तै पानी तताउने गिजर, रुमलाई न्यानो बनाउनको निम्ति प्रयोग गरिने रुम हिटर, हेलोजिन हिटर जस्ता सामग्रीहरुको प्रयोगले धेरै विद्युत खपत गराउँदछ ।

नेपालमा हाल विद्युत उत्पादन र खपतको खासै अन्तर छैन तर पनि विद्युतको माग बढ्दै जाँदा विद्युत वितरक नेपाल विद्युत प्राधिकरणलाई एउटै विषयले समस्यामा पार्दछ त्यो हो समय समयमा झ्याप झ्याप बत्ती जाने । केही समय यता जाडो मौसम सुरुभएदेखी प्रमुखत राजधानी केन्द्रित क्षेत्रमा समय समयमा बत्ती गएको गुनासो बढ्न थालेको छ । 

देशमा हाल विद्युत उत्पादनको अवस्था राम्रो रहेको छ । भारतबाट गरिदै आएको आयात समेत घटेको छ तर झ्याप झ्याप बत्ती गईरहने समस्या बारम्बार किन बढेको छ ? यसको मूल समस्या नै प्रसारण लाईन र ट्रान्सर्फमरहरुको कमजोरी हो । किनकी धेरै पुराना प्रसारण लाइन र ट्रान्सर्फमरहरुको भार क्षमता भन्दा विद्युतको माग बढ्नु हो । पहिले पहिले आवश्यकता अनुसारको विद्युत उपयोग नहुने र अहिले भने त्यही समयको प्रसारण लाइन तथा ट्रान्सफर्मरको क्षमता भन्दा बढी प्रयोग भएको र यसको अपग्रेड नगरे सम्म यस्ता समस्या वर्षेनी आउने छ । 

यो नेपाल विद्युत प्राधिकरणका लागि टाउको दुखाईको विषयनै बनेको छ । हुन त बजारक्षेत्रको विद्युतको प्रसारण लाइनलाई भुमिगत गर्ने कार्य पनि चलिरहेकै छ तर यसले पूर्णता नपाएसम्म पनि यस्ता समस्या धेरै देखिन्छ । यो सँगै बजार क्षेत्रको बिजुलीका पोलहरुले आफ्नो क्षमता भन्दा बढी भार इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको केबुल तारहरुको छ । यसले पनि आगलागी हुने पोल भाँचिने जस्ता समस्याले पनि यस्ता समस्याहरु आइरहेको पाईन्छ ।

अर्को तर्फ नेपालको उत्पादित विद्युत बर्खायाममा खेर जाने र सुख्खायाममा मागलाई धान्न नसक्ने समस्याले जेलिरहेको प्राधिकरणलाई बेला–बेला हुने विद्युत ट्रिपिंङले पनि केही हदसम्म समस्या निम्त्याएको छ । यसको समाधानमा प्राधिकरणको मुख्य काम भनेकै विद्युत प्रणाली सुधार र पुराना ट्रान्सफर्मर परिवर्तन गर्नु हो ।

माथिल्लो तामाकोसी जलविद्युतले आफ्नो उत्पादन सुरु गरेसँगै नेपालको विद्युत उत्पादनले ठुलै फड्को मारेको छ । जसकारण यस आयोजनाबाट उत्पादित विद्युतले नै नेपालको मागलाई केही हद सम्म थेग्न सकेको छ । बर्खायाममा विद्युत खेरजाने भएकाले प्राधिकरण र नेपाल सरकारसँगै विभिन्न संघ संस्थाहरुले पनि विद्युत खपत बढाउन विभिन्न योजनाहरु अघि सारेकोले विद्युततको खपत पनि अघिल्लो वर्षको तुलनामा धेरै छ ।

यसबाट के बुझिन्छ भने वर्षेनी विद्युतको माग बढ्दै जान्छ जसकारण बेला बखत आउने यस्ता समस्याहरुको समयमा नै न्युनिकरण तर्फ प्राधिकरण नलाग्ने हो भने भोलीको दिनमा ठूलो समस्या निम्त्याउनेछ । यसैले यस्ता समस्यालाई न्यूनिकरण गर्न प्राधिकरण बजारक्षेत्रमा गर्दै आएको विद्युत प्रणाली अपग्रेडलाई दु्रत गतिमा काम अगाडी बढाउने अन्य क्षेत्रको विद्युत प्रणालीलाई पनि प्रणाली सुधार सँगै ट्रान्सफर्मर परिवर्तन र अव्यवस्थित रुपमा भएको केबुल इन्टरनेटहरुका तारहरु समेत व्यवस्थित  गर्ने तर्फ ध्यान केन्द्रित गर्ने की । 

प्रतिक्रिया