भर्खरै

इन्टरनेट सेवामा प्रतिस्प्रर्धाः उपभोक्ता अन्योलमा,गुणस्तरीयतामा कमी आउने डर

  • प्रकाशित मिति : बुध, पौष ७, २०७८
  • - प्रदिप श्रेष्ठ
title

आजको समय भनेको सूचना प्रविधिको युग हो । पछिल्लो समय सूचना प्रविधिको विकासले नै जनजीवन सहज र सरल बन्दै गएको छ । यसका लागि इन्टरनेट दैनिक रूपमा अपरिहार्य बन्दै गएको अवस्था छ । अझ पछिल्ला वर्षहरु मा कोराना भाइरस महामारीका कारण विद्यार्थी देखि अफिसका कर्मचारीहरु सम्म इन्टरनेटको प्रयोग बढेको छ । 
 
सूचना प्रविधि र दूरसञ्चार सेवालाई अधिकतम उपयोग गरी छिटो र सहज रूपमा काम गर्ने वातावरण बनाएर आम नागरिकको उत्पादकत्व बढाउने सरकारको नीति रहेको छ । विकसित मुलुकमा पनि इन्टरनेट अतिआवश्यक भएकाले गर्दा सर्वसुलभ र कम शुल्कमा गुणस्तरीय इन्टरनेट सेवा प्राप्त गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय अभ्यास हँुदै आएको छ । नेपाली बजारमा करिब डेढ दर्जन इन्टरनेट सेवाप्रदायकको उपस्थिति रहेको छ । सेवाप्रदायकको संख्या बढ्नु र बजारमा प्रतिस्पर्धा बढ्नु, इन्टरनेटमा सबैको पहुँच पुग्नु सकारात्मक रहेको छ ।
 
सेवाप्रदायकले घोषणा गरेको उच्च गतिको इन्टरनेट सेवा नदिएको तर्फ पनि उपभोक्ताले गुनासो गर्दै आइरहेको समयमा केही समय अघिदेखि मात्र चौधरी गु्रपले इन्टरनेट सेवामा प्रवेश गर्दै ९ सय ९९ रुपैयाँमा १ सय २० एमबीपीएस इन्टरनेट उपलब्ध गराइरहेको छ । जसकारण हाल बजारमा प्राइस वार सुरु भएको छ ।  सिजीका इन्टरनेट सेवा सुरु भएसँगै अन्य इन्टरनेट सेवाप्रदायकहरु ले एकपछि अर्को आकर्षक प्याकेजहरु सार्वजनिक गर्न थालेका छन् । वल्र्डलिंकले ७९९ रुपैयाँमा आईपीटिभीसहित सस्तो इन्टरनेट प्याकेज बजारमा ल्यायो । लगत्तै क्लासिक टेकले त्यसलाई काउन्टर दिँदै ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी सार्वजनिक ग¥यो ।
 
त्यस्तै भायनेटले नेपालमै पहिलो पटक १०० एमबीपीएस गतिको इन्टरनेट (तीन वटा भायटिभी सहितको वार्षिक प्याकेज २१ हजार ६०० रुपैयाँमा) अफर सार्वजनिक ग¥यो । क्लासिक टेकले सोही अनुसारको प्याकेज १८०० रुपैयाँमा उपलब्ध घोषणा ग¥यो । अब सेवाप्रदायकहरु सस्तो मूल्यमा कम स्पिडको इन्टरनेटको ठाउँमा कम मूल्यमा बढी स्पिड दिने प्रतिस्पर्धामा देखिएका छन् । मासिक ६०० रुपैयाँमा डिशहोम टिभी प्रयोग गरिरहेका ग्राहकका लागि भन्दै डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क गरेको छ भने मासिक २३३ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट अफर गरिरहेको छ ।
 
यति मात्र होइन, डिशहोम फाइबर नेटले अब २०० एमबीपीएस गतिको इन्टरनेट ल्याउने घोषणा गर्न समेत भ्याइसकेको छ । पछिल्लो समय सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम समेत इन्टरनेट सेवाप्रदायकहरु बीचको प्रतिस्पर्धामा उत्रेको छ । फाइबरमा इन्टरनेटसँगै आईपीटिभी र टेलिफोन सेवा दिइरहेको कम्पनीले सँगसँगै मोबाइल डेटा समेत निःशुल्क दिन थालेको छ ।
 
इन्टरनेटको मूल्य सस्तो हुनु आम उपभोक्ताका लागि फाइदाजनक हो । तर, उच्च गतिको इन्टरनेट सेवाको नाममा विभिन्न उफरहरु ल्याउँदै आम उपभोक्तालाई लोभ्याउनुले कतै सेवाप्रदायक सस्थाहरुले दिने सेवाको गुणस्तरमा त कमी आउने होईन भन्ने प्रश्न उब्जाएको छ ।
कोभिड–१९ का कारणले यसको औचित्य, आवश्यकता, महत्व झनै बढेर गएको छ । इन्टरनेट सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल अभियनलाई साकार पार्नका लागि पनि सहयोग पुग्छ । कोभिड–१९ का कारण सबै गतिविधि इन्टरनेटको माध्यमबाट हुने गरेको छ । सरकारले पनि नागरिक एप अगाडि सारेको छ ।
ई–कमर्सका कुराहरूदेखि लिएर मालपोत, खानेपानी सबै ठाउँमा इन्टरनेटको उपयोगितालाई बढाएर जानेछ । यसैले अहिले नेपालमा इन्टरनेट प्रदायक लाइसेन्सिङ कम्पनीहरूको संख्या १ सय ३० को हाराहारीमा छ । तर, मार्केट सेयर राम्रो भएका सेवाप्रदायक संस्था केही सीमित छन् । यी सीमित संस्थाहरु बाट बजारमा स्वच्छ प्रतिस्पर्धा हुनु आवश्यक छ । प्रतिस्पर्धा भयो भने मूल्य घट्छ, गुणस्तर बढ्छ भनिरहँदा कतै अस्वस्थ प्रतिस्प्रर्धाको मारमा पर्ने त होईन भन्ने संकेत आम उपभोक्ताको छ । 
 
सेवाप्रदायकका बीचमा स्वच्छ प्रतिस्पर्धा हुनसक्यो भने अन्य क्षेत्रलाई पनि यसले सकारात्मक प्रभाव पार्न सक्छ । जसकारण सेवाप्रदायकको संख्या बढ््नु राम्रो हो । तर, मूल्य सस्तो र त्यसै अनुसार इन्टरनेटको गुणस्तर पनि हुनुपर्दछ । यसका लागि समयमा नै स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउनु सरकारको ठूलो भुमिका खेल्नु आवश्यक छ ।

प्रतिक्रिया