भर्खरै

सरकारको कदमले सार्थकता उन्मुख

  • प्रकाशित मिति : बुध, पौष ७, २०७८
  • - विद्युत संसार संवाददाता
title

कुनै समय थियो स्वदेशको उत्पादित विद्युतले माग धान्न नसक्दा आम नागरिक घण्टौ लोडसेडिङको मारमा थिए । अहिलेको अवस्था पहिलेको भन्दा ठीक फरक छ । अहिलेको अवस्था बर्खायाममा उत्पादित विद्युत खपत गराउन नेपाल विद्युत प्राधिकरणलाई टाउको दुखाईको विषय बन्दै आएको छ । सरकारले केही मेगावाट विद्युत छिमेकी मुलुकमा निर्यात गरेता पनि हाल भने निर्यातक्रम पनि रोकिएको छ किनकी सुखायाम सुरु भएसँगै नेपालका नदी आधारितमा निर्माण भएका जलविद्युतहरुको उत्पादनमा कमि आउँदै गएको छ । 
 
नेपालमा हाल करिब १५ सय मेगावाट विद्युत उत्पादन भएको छ भने १५७१ मेगावाट सम्म विद्युतको  खपतका लागि माग भइरहेको छ । नेपालमा विद्युत उत्पादनको वृद्धि भएसँगै विद्युत खपतका खाकाहरु पनि सरकार तथा निजी क्षेत्रहरुले धेरै नै बताएका छन् । जस अनुरुप प्राधिकरणको विद्युत खपतमा केही राहत महसुस भएको छ । किनकी गत वर्षको तुलनामा यस वर्ष  बिजुलीको आन्तरिक माग बढेको छ । विद्युतको खपत बढाउनका लागि सरकारले चालेका कदमका कारण जाडो बढेसँगै माग पनि बढेको छ । प्राधिकरणको तथ्याड्ढ अनुसार गएको वर्षको तुलनामा यस वर्षको विद्युतको उच्च माग तीन सय मेगावाटको हाराहारीमा रहेको हो । 
 
आन्तरिक रुपमा नै खपत बढाउन सरकारले चालेको विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति अनुसार बिजुलीको माग बढेको छ । सरकारले विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोग बढाउन आवहान गरेसँगै प्रयोग बढ्नु, ठूला उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउनु लगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको छ । प्राधिकरणमा पुन नियुक्ती भएका कुलमान घिसिंङले नै स्थलगत भ्रमण गर्दै देशका ठूला औद्योगिक क्षेत्रहरुमा आवश्यक विद्युत आपूर्ति गराउँदै हिडेका छन् जसकारण केही मेगावाट विद्युत औद्योगिक क्षेत्रहरुमा पनि खपत बढेको छ । यो प्राधिकरण सँगै नेपाल सरकारको लागि नै उपलब्धीको विषय हो ।
विद्युतीय गाडीको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ । विद्युतको माग अहिलेकै रुपमा वृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने प्राधिकरणको आकलन छ ।
 
सुख्खायाममा नेपालमा उत्पादित विद्युतको तुलनामा माग बढी भएतापनि बर्खायाममा नेपालको विद्युत उत्पादन भन्दा माग कम हुने हुँदा अन्तर्राट्रिय देशमा निर्यात गर्नपनि असहज भएको कारण विद्युत खेरफाल्नु पर्ने बाध्यता प्राधिकरणलाई रहेको छ जसकारण प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्वदेशमा नै विद्युत खपतको योजना बानउनमा व्यस्त रहेका छन् । यो समय सापेक्ष पनि हो तर प्राधिकरणले विद्युत खपतको योजनामा भने ठूलो चुनौती नै रहेको छ । किनकी उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराए मात्र विद्युत खपतको योजनाले सार्थकाता पाउने छ ।
 
 देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखेर अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउनु पर्ने प्राधिकरणको प्रमुख चुनौती रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 18 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 3 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 3 hours ago