भर्खरै

घट्यो विद्युत् उत्पादन, आयात सुरु

  • प्रकाशित मिति : मंगल, मंसिर २१, २०७८
  • - विद्युत संसार
title

काठमाडौँ, २१ मङ्सिर । स्वदेशी विद्युत् उत्पादन घट्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न सुरु गरेको छ ।
नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन घटेपछि प्राधिकरणले आइतबारदेखि विद्युत् आयात सुरु गरेको हो ।
 
प्राधिकरणका प्रवक्ता तथा उपकार्यकारी निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार अहिले आयात गरिएको विद्युत् विगतमा भारतको बिहार राज्यलाई दिइएको सापटी बिजुलीबाट ल्याउन थालिएको हो ।
आइतबार २०२ मेगावाट/घण्टा मात्र आयात गर्नुपरेको हो तर यही समयमा एक हजार ६० मेगावाट/घण्टा निर्यात पनि भएको छ ।
 
प्राधिकरणले गत साउन भदौ र असोजमा बिहारले मागअनुरूपको बिजुली सापटीस्वरूप दिएको थियो तर सापटीको बिजुली आयात गरेर मात्र पुग्ने अवस्था नरहने प्राधिकरणको प्रक्षेपण छ ।
यो वर्ष उद्योगमा १०० मेगावाटभन्दा धेरै विद्युत् आपूर्ति थपिएको छ । ती उद्योगको ऊर्जा डिमान्डको प्रकृति कस्तो रहला भन्नेमा प्राधिकरणले यकिन गर्नसकेको छैन । भट्राईले भने, “विगतका वर्षमा कोरोना महामारीका कारण बन्द भएका तथा नयाँ जडान भएका उद्योगले दैनिक कति र कुन समयमा डिमान्ड गर्लान्, त्यो यकिन छैन । अहिलेको अवस्था हेर्दा माग त रामै्र हुन्छ भन्ने अपेक्षा छ । ”
 
महामारी कम भएको अवस्थाअनुसार व्यापारिक तथा होटल क्षेत्रमा पनि माग गत वर्षभन्दा धेरै हुने अनुमान प्राधिकरणको छ । “तर यसको पनि ठ्याक्कै यस्तो होला भन्ने छैन । कति सुचारु होलान् वा महामारीको अवस्था के रहने भन्ने पनि यकिन छैन । यसर्थ त्यो बेलाको परिस्थिति हेरेर विद्युत् आपूर्तिको चुस्त व्यवस्थापन गर्न प्राधिकरण तयार छ, सक्षम हुन्छ,” भट्राईले भने ।
 
स्वदेशी विद्युत् उत्पादन घट्न थालेपछि प्राधिकरणले बिजुली व्यवस्थापनको रणनीति पनि परिवर्तन गरिरहेको छ । भारतबाट आयात सुरु गरे पनि कुलेखानी जलविद्युत् आयोजनाको किफायती प्रयोगलाई अझै निरन्तर गरिरहेको छ ।
भारतबाट किन्न महँगो पर्ने समयमा कुलेखानी चलाउने, सस्तो पर्ने समयमा बिहारको बिजुली किन्ने योजना प्राधिकरणको छ । प्राधिकरणले दिउँसोको समयमा बिजुली आयात गर्ने रणनीति बनाएको छ । कुलेखानीसहित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई पनि त्यही रणनीतिक हिसाबले चलाएर सस्तोको बिजुली मात्र किन्ने योजना प्राधिकरण हो ।
 
आइतबारको विवरणअनुसार प्राधिकरणका आफ्ना आयोजनाबाट नौ हजार ८७२ मेगावाट/घण्टा विद्युत् आपूर्ति भएको छ । त्यस्तै सहायक कम्पनीमार्पmत छ हजार २२९ मेगावाट÷घण्टा आपूर्ति भइरहेको छ । निजी प्रवद्र्धकका आयोजनाबाट १० हजार ४९३ मेगावाट÷घण्टा विद्युत् आपूर्ति भएको छ ।
जलप्रवाह घट्दै जाँदा स्वदेशी उत्पादन घट्ने र आयात गर्ने क्रम भने बढ्नेछ । जलप्रवाहमा आधारित आयोजनाले हिउँदमा आफ्नो पूर्ण क्षमतामा औसत ३५ प्रतिशत मात्र विद्युत् आपूर्ति गर्छन् । गोरखापत्र अनलाईनबाट

प्रतिक्रिया