भर्खरै

ऊर्जा मन्त्री भुसालले गरे तनहुँ जलविद्युत आयोजनाको स्थलगत अवलोकन, तोकिएकै समय र लागतमा सम्पन्न गर्न निर्देशन

  • प्रकाशित मिति : सोम, मंसिर १३, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, १३ मंसिर । निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले  स्थलगत निरीक्षण भ्रमण गरेकी छन् । सरकारी तहबाट निर्माण भइरहेको १४० मेगावाट जडित क्षमताको जलाशययुक्त आयोजनाको मन्त्री भुसालले सोमबार स्थलगत निरीक्षण गरेका हुन ।
 
नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङ लगायतका संरचनाको निरीक्षण पश्चात मन्त्री भुसालले आयोजनाको काममा ढिलाई नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए ।
 
 
कुलेखानी जस्तो रणनीतिक महत्व बोकेको जलाशययुक्त तनहुँ आयोजना स्रोत, साधन, स्थानीय समस्या लगायतका कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतमा सम्पन्न गर्नु पर्ने उल्लेख गर्दै उनले निर्माणमा आई पर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रायः आयोजनाहरु नदीको बहावमा आधारित भएकाले वर्खामा खपत गर्न नसकी खेर फाल्नु पर्ने अवस्था  छ जसले गर्दा हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत आयात गर्नु पर्ने भएको भन्दै मन्त्री भुसालले भने यस्तो अवस्थाको अन्त्यका लागि जलाशययुक्त तनहुँ आयोजनाको निर्माण समयमा नै सम्पन्न हुनुपर्ने बताए । 
 
 
आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा. लि.) नेपाल जेभीसँगको ठेक्का सम्झौता १४ भदौ २०७८बाट कार्यान्वयनमा आएको छ । सोङ्ग दा–कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोवाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ ।
 
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पुहँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत गृह खनिरहेको छ । सर्जट्यांकतर्फको पहुँच सुरुङ्ग निर्माण सम्पन्न गरेको छ ।
 
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भई  आठ वटा टावर ठडाइएको छ । आयोजनाको निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago