भर्खरै

सिइडिबीले लगानी गरेका ४७ मेगावाटका ३ विद्युत आयोजना प्रणाली आउँदै, अबको ७ महिनाभित्रै प्रणालीमा जोडिने

  • प्रकाशित मिति : बिही, मंसिर ९, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको लगानी गरेका ३ जलविद्युत आयोजना  निर्माणको अन्तिम चरणमा पुगेका छन् । कम्पनीले लगानी गरेका ४७ मेगावाटका जलविद्युत आयोजना विद्युत उत्पादन गर्ने चरणमा पुग्न लागेका हुन् ।
 
अबको ७ महिनाभित्रमा ३ वटै जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी निर्माण भइरहेका छन् । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रो पावर कम्पनीले लमजुङमा निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत आयोजना चाँडै प्रणालीमा आउँदैछ ।
 
यो आयोजनाको संरचना निर्माणको सबै काम सम्पन्न भइसकेकाले आगामी पुसदेखि विद्युत उत्पादन सुरु गर्ने पछिल्लो तालिका छ । कूल ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा सिइडिबीले २.७८ प्रतिशत लगानी गरेको छ ।
 
आयोजनाबाट उत्पादित विद्युत मस्र्याङ्दी कोरिडोरमा जोडिँदैछ । यो आयोजना सञ्चालनमा आएपछि वार्षिक १७१.९९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यस्तै, निर्माणाधीन १२ मेगावाटको दोर्दी-१ र ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना पनि अन्तिम चरणमा पुगिसकेका छन् ।
 
यी दुवै आयोजनाबाट चालू आर्थिक वर्षभित्र विद्युत उत्पादन सुरु गरिसक्ने लक्ष्य छ । दोर्दी जलविद्युत कम्पनीमार्फत अघि बढेको दोर्दी-१ आयोजनाको करिब ९४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । 
 
यो आयोजनाबाट गत साउनदेखि विद्युत उत्पादन तालिका थियो, तर, कोरोना (कोभिड-१९) महामारीका कारण निर्माण लम्बिँदा विद्युत उत्पादन सुरु हुने अवधि पनि लम्बिएको हो । यो वर्ष बर्खामा आएको बाढीले संरचनामा क्षति पुर्याउँदा समेत आयोजनाको निर्माण लम्बिन पुगेको हो । अब चालू आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने जानकारी कम्पनीले दिएको छ ।
 
आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।  सबस्टेसनसम्मको आवश्यक ३.५ किलोमिटर लामो प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरिरहेको छ । आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब  २९ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।
 
रुकुमगाडको पनि ८० प्रतिशत बढी निर्माण सम्पन्न भइसकेको छ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले रुकुमपूर्वमा निर्माण गरिरहेको आयोजनाको २० प्रतिशत काम पूरा गरी आगामी चैत्रभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।
 
यो आयोजना पूरा भएपछि उत्पादित विद्युत २१ किलोमिटर दुरीमा रहेको मुसीकोट सबस्टेसनमा जोडिनेछ । कम्पनीले २०७५ सालदेखि आयोजनाको निर्माण सुरु गरेको थियो । यसअघि आयोजनाबाट गत पुसदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, कोरोना (कोभिड-१९) महामारीका कारण निर्माण प्रभावित हुँदा उत्पादन धकेलिएको हो ।
 
आयोजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७० प्रतिशत लगानी ३ वटा बाणिज्य बैंकले गरेका छन् । आयोजनामा प्राइमको अगुवाईमा सेन्चुरी र कुमारी बैंकले ऋण लगानी गरेका छन् ।
 
यो आयोजना पूरा भई सञ्चालनमा आएपछि वार्षिक २८.५७९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । बर्खामा २३.४९५ गिगावाट घन्टा र हिउँदमा ५.०८४ गिगावाट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । 
 
यस्तै, सिइडिबीले लगानी गरी युनिभर्सल पावर कम्पनीले प्रवद्र्धन गरेको ११ मेगावाटको तल्लो खारे खोला भर्खरै सञ्चालनमा आएको छ । यो आयोजना अहिले परीक्षण उत्पादनको चरणमा छ । आयोजनाले उत्पादन गरेको विद्युत १३२ केभी सिंगटी सबस्टेसनमा जोडिएको छ । परीक्षणको चरण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ ।
 
सिइडिबीको लगानी रहेको ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना चाँडै निर्माणमा जाँदैछ । यो आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ । संखुवासभाको कसुवा खोलामा पहिचान भएको आयोजना चालू आर्थिक वर्षभित्र निर्माणमा लैजाने तयारी छ ।
 
कम्पनीले यसअघि लगानी गरिसकेका  १८३ किलोवाटको स्याङ्गे, ४ मेगावाटको खुदी र ४.४ मेगावाटको राधी जलविद्युत आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा छन् ।  ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago