भर्खरै

७५ प्रतिशत सकियो मध्य भोटेकोसी आयोजनाको काम, आगामी वर्षको पुस मसान्तभित्र सक्ने लक्ष्य

  • प्रकाशित मिति : आइत, कार्तिक १४, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाण्डौ, कात्तिक ।  सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत सकिएको छ । 
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भएको उक्त आयोजनामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरूसहितको टोलीले हिजो शनिवार निर्माण स्थलको निरीक्षण गरी २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको जानकारी लिएको हो । 
  आयोजनाको समग्र निर्माण हालसम्म ७५ प्रतिशत मात्रै सकिएको छ । यो आयोजना दुई वर्ष पहिल्यै सकिनुपर्ने थियो । पछिल्लो समयसीमा अनुसार आयोजना अब २०७९ पुसभित्र सक्ने लक्ष्य राखी अगाडि बढाइएको छ । तर हाल थप गरिएको समयमा समेत सकिने वा नसकिने भन्नेमा अहिल्यै पूर्वानुमान गर्न सकिदैन । 
२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, नेपाल-भारत सीमा नाकाबन्दी, कोरोना महामारी र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । 
आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ भने विद्युत् गृह भवन निर्माण आगामी पुस मसान्तभित्र र ७ दशमलव २ किलोमिटर सुरुङमध्ये खन्न बाँकी चार सय १५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । 
निरिक्षणमा गएका टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ । 
कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर झन्डै-झन्डै बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरूको निर्माण प्रगति उत्साहजनक देखिएको बताए । उनले देशभरका नेपाली नागरिकले महँगो ब्याजदरमा ऋण काडेर भए पनि शेयर खरिद गरी आयोजनामा लगानी गरेकाले निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढिरहने र लगानीकर्ताले उचित प्रतिफल नपाउने जनाउँदै निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गरेर आयोजनालाई आगामी पुसभित्र जसरी पनि सम्पन्न गर्नुपर्ने निर्देशन दिए । 
यस्तै प्राधिकरणका उपकार्यकारी निर्देशक एवम् कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नुपर्ने बताए । 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्य सम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने देखिएको बताए । ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरणहरू बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । 
 
आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरू आयोजना स्थलमा ल्याइसकेको छ । गएको वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरूमा क्षति पुर्‍याएको थियो । 
 
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक .१५ अर्ब तीन करोड दुई लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । 
 
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूरु मध्येमा नेपाल विद्युत् प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको एक, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको एक, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालिको एक र सिन्धु भोटेकोसी हाइड्रोपावर लिमिटेडको एक प्रतिशत सेयर रहेको छ । 
४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव ५, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको ३ दशमलव ५, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकका स्थानीयवासीको १० र सर्वसाधारणको १५ प्रतिशत) रहेका छन् ।  
 
आयोजनाबाट बर्सेनि ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रति युनिट क्रमशः आठ रुपैयाँ ४० पैसा र चार रुपैयाँ ८० पैसामा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ । राससको सहयोगमा तयार पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago