भर्खरै

२ महिनाभित्र होङ्शी सिमेन्टलाई विद्युत दिने

  • प्रकाशित मिति : सोम, असोज ४, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, असोज । चिनियाँ लगानीमा सञ्चालन गरिएकको होङ्शी सिमेन्टलाई नेपाल विद्युत प्राधिकरणले दुई देखि तीन महिनाभित्र विद्युत आपूर्ति दिन सकिने जनाएको छ । 
५ वर्ष पहिले देखि उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति दिन लागिएको प्राधिकरणले जनाएको छ ।
 
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी विद्युत दिने तयारी भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगका पदाधिकारीहरुसँग छलफल गरी दुई देखि तीन महिनाभित्र विद्युत आपूर्ति दिन सकिने भएकाले सोही अनुसार आवश्यक तयारी गर्न आग्रह गरेका छन् । 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पु¥याउने  घोषणा अनुसार यो लाइन बनिरहेको हो । उद्योगमा हालसम्म विद्युत पु¥याउन नसक्दा सिमेन्ट उद्योगले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ ।
 
उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङशीलाई मात्रै करिब ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण  बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन । चिनियाँ र केही हिस्सा नेपाली लगानीमा स्थापना भएको उद्योगले २०७५ असारदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । 
कम्पनीले अहिले सिमेन्ट उत्पादनको क्रममा उद्योगको भट्टीमा जम्मा हुने तापको उपयोग गरी १२ मेगावाट विद्युत् उत्पादन गरी उपयोग गरिरहेको छ । दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने कम्पनीमा बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको जमानतमा नेपालका ७ बैंकले ७ वर्षका लागि १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ऋण लगानीको अगुवाई भने एनएमबी बैंकले गरेको छ । कम्पनीमा ६० प्रतिशत चिनियाँ, ३० प्रतिशत नेपाल र १० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । कम्पनीमा एनएमबी सहित नेपाल इन्भेष्टमेन्ट, प्रभू, एभरेष्ट र नेपाल एसबिआई बैंकले क्रमशः ६ अर्ब ७५ करोड, ४ अर्ब, ३ अर्ब, १ अर्ब २५ करोड र १ अर्ब रुपैयाँ लगानी भएको छ । लगानी बोर्डले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न सहजीकरण गरेको हो ।
 
लगानी बोर्ड र चिनियाँ कम्पनीबीच २०७४ भदौ १८ गते परियोजना लगानी सम्झौता (पिआइए) भएको थियो । ३६ करोड ९१ लाख अमेरिकी डलर लागतमा निर्माण भएको यो देशकै ठूलो सिमेन्ट उद्योग हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago