महामारीमा विद्यालय सञ्चालन र जोखिम

  • प्रकाशित मिति : बुध, भदौ ३०, २०७८
  • - विद्युत संसार
title

काठमाडौं भदौं । कोरोना महामारीका कारण विगत दुई वर्ष देखि शैक्षिक क्षेत्र ठूलो मारमा परेको छ । कोभिड–१९ सड्ढट व्यवस्थापन केन्द्र सीसीएमसीले समय अनुकुल विभिन्न लकडाउनको अवधारणा ल्याएको छ । हाल नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट पश्चात् केही अवस्था सुधार भएको छ । स्वास्थ्य विज्ञहरुले पून तेस्रो लहर आउने बताईरहँदा केही दिन अघि भइरहेको स्मार्ट लकडाउन पनि सरकारले हटाएको छ । केही स्वास्थ्य मापदण्ड पुरा गरेर सबै प्रकारका काम कार्य सञ्चालन गर्ने सरकारले अनुमति दिएको छ । 
 
महामारी शहरी क्षेत्र अझ काठमाडौं उपत्यकामा बढि जोखिम भइरहेको समयमा सरकारले विद्यालय सञ्चालमा स्थानीय सरकारलाई जिम्मा दिएको छ । यो सँगै केही स्थानमा हाल स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेको छ । जसले महामारीको जोखिम बढेको गुनासो हुन थालेको छ । लामो समयको बन्दका कारणले बालबालिकाहरुको पढाईमा धेरै असर पु¥याएको छ । त्यसैले सरकारले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरु सञ्चालन गर्ने सकिने तथा अन्य वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलाप अगाडि बढाउने भनेको थियो । तर वैकल्पिक माध्यमबाट प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको अभिभावकहरुले गुनासो गर्दै आएका छन् ।
 
देशभर एकै प्रकृतिको संक्रमणको अवस्था छैन । संक्रमण नभएको ठाउँमा पनि अब वैकल्पिक विधिबाट मात्रै पठनपाठन गर्नुपर्छ भन्ने छैन, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा पठनपाठन गर्न सकिन्छ । विद्यार्थीको स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिनुपर्छ । संक्रमणको अवस्था फरक भएको हुनाले परिस्थितिलाई हेरेर फरक–फरक निर्णय गर्नुपर्छ । संक्रमणको दर हेरेर सञ्चालन गर्न सक्ने ठाउँमा सञ्चालन गर्न सकिने र जहाँ सकिँदैन ती ठाउँहरुमा केही समय कुरेर वैकल्पिक विधिबाट प्रभावकारी रुपमा पठनपाठनलाई निरन्तरता दिनुपर्छ । पठनपाठनको सबैभन्दा प्रभावकारी विधि भौतिक उपस्थिति नै भएकाले जोखिम कम भएका ठाउँमा विस्तारै विद्यालय खुलाउन सकिन्छ ।
 
सरकारले देशभर अनलाइन कक्षाको हल्ला चले पनि यसको प्रभाव न्यून छ । सबै विद्यालयहरुले स्वास्थ्य मापदण्डमा अनुसार ‘सबै विद्यार्थीहरु मास्क लगाउने, स्यानिटाइजर लगाउँने र साबुनपानीले हात धुने जस्ता स्वास्थ्य मापदण्ड अपनाएर केही क्षेत्रमा विद्यालय सञ्चालनमा आएतापनि महामारीको जोखिम भने उस्तै रहेको छ । किनकी दिनहँु संक्रमण देखिएको छ । यसैले जोखिम भएको क्षेत्रमा अझै विद्यालय सञ्चालन गर्न हतार गर्नु हँुदैन् । विज्ञहरुले तेस्रो लहरको चेतावनी दिदै आएको समयमा महामारीको वेवास्था गर्दा भोलि ठूलो समस्या नआउला भन्न सकिदैन । यसतर्फ सरकार, विद्यालय व्यवस्थापन समिति र स्वयम विद्यार्थीका अभिभावक जिम्मेवार हुन आवश्यक छ ।

प्रतिक्रिया