भर्खरै

तल्लो अरुण जलविद्युत् परियोजना अघि बढाउन लगानी बोर्डले गर्‍यो एसजेभीएन इन्डियासँग समझदारी

  • प्रकाशित मिति : सोम, असार २८, २०७८
  • - विद्युत संसार
title

काठमाडौं २८ साउन । संखुवासभा र भोजपुर जिल्लाको सीमा भएर बग्ने अरुण नदीमा निर्माण हुने  ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना अघि बढाउन लगानी बोर्ड र एसजेभीएन लिमिटेड इण्डियाविच समझदारी भएको छ ।
तल्लो अरुण जलविद्युत् परियोजनाको अध्ययन सुरु गर्न आइतबार नेपाल सरकार, लगानी बोर्डको कार्यालय र सतलज जलविद्युत निगम लिमिटेड (एसजेभीएन लिमिटेड) बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
 
समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीको तर्फबाट एसजेभीएन लिमिटेड इन्डियाका अध्यक्ष तथा प्रबन्धनिर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका हुन् ।
बोर्डले यो आयोजना २०७५ चैत १५ र १६ गते काठमाडोंमा आयोजित लगानी सम्मेलनमा लगानीका लागि प्रस्तुत गरेको थियो । बोर्डको २०७७ माघ १६ गते बसेको ४६औं बैठकले यो परियोजनालाई निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण ढाँचामा विकास गर्न एसजेभीएन लिमिटेड इन्डियाको प्रस्तावलाई छनौट गर्ने निर्णय गरेको थियो । 
 
पिकिङ रन अफ दि रिभरमा आधारित उक्त परियोजनाको अनुमानित लागत १३०० मिलियन अमेरिकी डलर रहेको बोर्डले जनाएको छ । 
समझदारीपत्रमा उल्लिखित कार्यादेशबमोजिम विकासकर्ता कम्पनीले समझदारीपत्रमा हस्ताक्षर भएको मितिले २ वर्षभित्र विस्तृत परियोजना अध्ययन सम्पन्न गरी लगानी बोर्डमा स्वीकृतिको लागि विस्तृत परियोजना प्रतिवेदन  पेश गर्नुपर्ने बोर्डको भनाइ छ । 
 
हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उपप्रधान तथा अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले यस समझदारीले मुलुकको आर्थिक विकासमा नयाँ आयाम थपिने र  यसले सरकार मुलुकको आर्थिक विकासमा ठूलो योग्दान दिने विश्वस गरे । उनले यस्ता ऊर्जा परियोजनाको विकासले नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सहयोग पुर्याउने पौडेलको भनाइ थियो ।    
उक्त अवसरमा एसजेभीएन लिमिटेड इन्डियाका अध्यक्ष तथा प्रबन्धनिर्देशक नन्दलाल शर्माले तल्लो अरुण जलविद्युत् परियोजना विकास गर्न एसजेभीएन लिमिटेड इन्डियाको प्रस्तावलाई छनौट गरी आफ्नो कम्पनीप्रति विश्वास गरेकोमा नेपाल सरकारलाई धन्यवाद् दिए ।

प्रतिक्रिया