भर्खरै

कोरोनाको दोस्रो लहर, सरकार र नागरिक आफै जिम्मेवार

  • प्रकाशित मिति : बुध, बैशाख १, २०७८
  • - Admin
title

छिमेकी राष्ट्र भारतका केही प्रदेशमा कोभिड–१९ संक्रमण पुनः तीव्ररूपमा बढिरहेको सन्दर्भ र नेपालमा पनि केही दिनयता दैनिक नयाँ संक्रमित बढेको तथ्यले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउने निश्चित छ । नेपालले अहिलेसम्म सीमा नाकामा खासै कडाइ गरेको छैन । त्यसैले यहाँ पनि अब क्रमशः संक्रमण बढ्छ  । नेपाल–भारत सीमा क्षेत्रमा १४ वटा हेल्थ डेस्क राख्दैमा ढुक्क हुने अवस्था छैन । १४ वटा नाकाका हेल्थ डेस्कले मात्रै संक्रमण फैलनबाट रोक्न सक्दैन । स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा माथिको जमघटलाई बन्देज लागाएको छ भने विद्यालय पनि अनलाइन कक्षामा सञ्चालन गर्नुपर्ने प्रावधान ल्याएको छ । 
 
कोरोना भाइरसको दोस्रो लहर आउँदै गर्दा यसलाई नियन्त्रण गर्न नेपालको स्वास्थ्य सेवा, क्षमता र मनोवल पहिलेको भन्दा सुदृढ बनाउन कोरोना विरुद्धको खोपले केही थप सहयोग पु¥याएको छ । यसो भन्दै गर्दा राज्यले कोरोना भाइरस संक्रमणको पहिचान, उपचार र नियन्त्रणमा अघिल्लो वर्षजस्तो भद्रगोल गर्नुहुँदैन । नागरिकले पनि स्वास्थ्य सुरक्षाको नियम उल्लंघन गर्नुहुँदैन । अहिलेको आवश्यकता भनेको हिजो अपनाइएका र अपनाउन छुटेका प्रभावकारी उपायहरू लाई सरकार र आम नागरिकले अविलम्ब गर्नु हो ।
 
विश्वका धेरै देशमा कोरोना भाइरस संक्रमणको दोस्रो, तेस्रो लहर आइरहेको छ । अझ नेपालको सन्दर्भमा छिमेकी मुलुक भारतमा प्रतिदिन कोरोना भाइरसका स्रक्रमित बढ्दै जादाँ विगतमा झैँ सरकार र नागरिकले गैरजिम्मेवारपनलाई दोहो¥याउनु हुँदैन । नागरिकले मास्कको प्रयोग, सामाजिक दूरी, धेरै भिडभाड नगर्ने, साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग आदि कुरामा ध्यान नदिँदा संक्रमण बढ्ने खतरा देखिन्छ ।
सरकारले अब कोरोना संक्रमण रोक्न असाध्यै गम्भीरताका साथका सबैखालका अभ्यासहरू गर्नुपर्छ । यसको अर्थ व्यापार व्यवसायहरूलाई बन्द गरेर भएन । व्यवसायहरू पनि सुरक्षित किसिमबाट गर्नुप¥यो । बजार जाँदापनि कोरोनाभाइरस बाट सावधानी अपानौं । अब सरकारले कन्ट्याक्ट ट्रेसिङ सक्रिय बनाउनुपर्छ । परीक्षणको दायरा बढाउनुपर्छ । सीमा नाकामा एकदमै कडाई गर्दै व्यवस्थित गर्नुपर्छ । पहिला क्वारेन्टिनको व्यवस्थापन भद्रगोल हुँदा आम नागरिकले दुःख पाए । अब हामीमाझ विगतबाट पाठ सिकेर अगाडि बढ्नका लागि थुप्रै उपायहरू छन् ।
वर्तमान समयमा कोरोना भाइरस संक्रमणका बारेमा विगतको तुलनामा धेरै कुरा प्रष्ट भएको छ । सरकारले प्रतिवद्धता गरेअनुसार काम गरेमा धेरै कुराहरू उपलब्ध छ । सरकारसँग आर्थिक स्रोत अभाव छैन । आफ्नो प्रतिवद्धता अनुसार व्यवहारिकरुपमा आत्मविश्वासका साथ अगाडि बढेको खण्डमा सरकारले कोरोना महामारीबाट सबैलाई बचाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago