भर्खरै

‘संघ व्यवसायीहरुको आफ्नो संयुक्त परिवार हो’

  • प्रकाशित मिति : Wed-03-Mar-2021
  • - सरोज कुमार रेग्मी, अध्यक्ष, काठमाडौं विद्युतीय व्यवसायी संघ
title

निजगढ बारामा जन्मिएका सरोज कुमार रेग्मी विगत १६ वर्ष देखि विद्युतीय व्यवसायमा आवद्ध हुदै आएका छन् । २०६१ साल देखि व्यवसायमा आवद्ध भएका रेग्मी भोटेबहालमा सञ्चालनमा रहेको न्यू आर्शिवाद ट्रेड्सका प्रोपाइटर समेत हुन । 
व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत आफुलाई उभ्याएका रेग्मी व्यवसायीहरुको साझा संस्था काठमाडौं विद्युतीय व्यवसायी संघको विभिन्न कार्यकालमा सदस्य, उपाध्यक्ष हुँदै संघको हालै भएको एघारौं वार्षिक साधारण सभा तथा छौठौं महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्वत चयन हुनुभएका छन् । उनै अध्यक्ष रेग्मीसँग व्यवसाय र संघको अन्तरसम्बन्ध, व्यवसायमा संघको भुमिका र काम-कर्तव्य तथा अबको कार्ययोजनाको विषयमा विद्युत संसारका भीमलाल श्रेष्ठले उनै रेग्मीसँग गरेका कुराकानी संक्षिप्तमा :
 
सरोज कुमार रेग्मी, अध्यक्ष, काठमाडौं विद्युतीय व्यवसायी संघ

संघको परिचय सक्षिप्तमा जानकारी दिनुहोस् न ?
संघ नाफामुलक होईन सेवा मुलक संस्था हो । विद्युतीय व्यवसायमा आवद्ध भएको व्यवसायीहरुमा परेका व्यावसायिक पिर मर्का तथा व्यवसायमा पर्ने समस्याहरु सम्बोधन गर्नु हाम्रो मुख्य उद्देश्य हो । जसले व्यवसायमा परेका समस्याहरुलाई हल गर्न सम्पूर्ण व्यवसायीहरुको एक मजबुद संगठन संघ हो । हालै भएको साधारण सभामा ३८६ सदस्यले मात्र नवीकरण गरेको तथ्यांक देखाउँदछ । संघमा आवद्ध भएका केही न्यून संख्यामा व्यवसाय नै छोडेका पनि छन् । संघ तथ्यांक अनुसार हाल अनुमानित ५२५ सदस्य सक्रिय सदस्य छन् । मेरो दुई वर्षको कार्यकालमा कम्तिमा ६२५ सधारण सदस्य संख्या पु¥याउने लक्ष्य छ ।  
 
नयाँ व्यवसायीहरु संघमा आवद्ध हुन कस्ता प्रक्रिया अवलम्बन गर्नुपर्दछ ? बताईदिनुहोस न ।
हामीले संघमा आवद्ध हुनको लागि केही प्रक्रिया निर्धारण गरेका छौ । जसमा आन्तरिक राजश्व कार्यालयको व्यवसाय प्यान भ्याटको दर्ता भएको प्रमाणपत्रको फोटोकपी, नागरिकताको फोटोकपी सँगै दुई वटा फोटो अनिर्वाय गरेका छौं  भने नयाँ सदस्यको रुपमा प्रथम पटक दर्ता गर्दा रु.२१ सय लाग्दछ भने वार्षिक नवीकरणको लागि रु.१५ सयको  निर्धारण गरेका छौ । 
 
विद्युतीय व्यवसायी र इलेक्ट्रिसियनहरु बीचको सम्बन्ध कस्तो हुनुपर्ला ? 
विद्युतीय व्यवसायी र इलेक्ट्रिसियन भनेको एउटा सिक्काका दईवटा पाटाहरु हुन । कसैले व्यवसाय सञ्चालन गर्दै गर्दा आफुसँग दक्ष इलेक्ट्रिसियन हुन आवश्यक छ । यस्ता विषयमा सरकार र घर तथा भवन निर्माण गर्ने सरोकार निकाय लगायत आम मानिसको दृष्टिकोणमा पनि सकारात्मकता आउन सकेको छैन् जसकारण करोडौको घर बनाउँदा इलेक्ट्रिक क्षेत्रमा चाँही बेवास्था गरेका हामीले धेरै पाउने गरेका छौ । जसले विद्युतीय दुर्घटना निम्त्याइ रहेको हुन्छ । अर्कोतर्फ बजारमा गुणस्तरहिन सामग्रीहरुका कारण पनि समस्या आउने गरेको छ । गुणस्तरहिन सामग्रीबाट व्यवसायी, इलेक्ट्रिसियन र सर्वसाधारण नै सजक हुन आवश्यक छ । 
घर तथा भवनको नक्सा पास गर्ने बेलामा वायरिङ्गको पनि अनिवार्य नक्सा पास आवश्यक गराउने व्यवस्था सरकारले कार्यान्वयन गरेको हुने थियो भने अस्तव्यस्त रुपमा बढेको गुणस्तरहिन सामग्री र अदक्ष इलेक्ट्रिसियनहरुमा कमि आउनुका साथै विद्युतीय घटनामा पनि न्यूनिकरण हुने थियो । जसकारण हाम्रो व्यवसाय र इलेक्ट्रिसियन पेसा पनि प्रभावकारी हुने थियो यस्ता विषयमा संघ तथा महासंघले सरोकारवाला निकायसँग पहल कदमी गर्ने काम अग्रसरता लिएर अगाडी बढाउनु पर्ने आवश्यकता महशुस गरेका छौ । 
 
 
व्यवसायीहरुमा कस्ता समस्या आउने गरेका छन् ?
हाम्रो संघ अन्य जिल्ला संघभन्दा धेरै सदस्य भएको संघ हो । यो हिसावले पनि हाम्रो संघमा व्यवसायीहरुको समस्या धेरै थरिका आउँदछ । समस्याहरु मध्ये धेरै आउने भनेको चेक सम्बन्धीको प्रकरण नै हो जसमा चेकको बाउन्स सम्बन्धी मुद्धा नै हो । यो समस्या आउनुमा अस्वस्थ प्रतिस्पर्धाको कारण हो । उधारो दिएर नाफा बढाउनु भन्दा नाफा कम लिएर नगद गर्ने पद्धतिको विकास गर्नुपर्ने कुराहरु मैले व्यवसायीहरुको बीच  विचार राख्र्दै आएको छु ताकी चेक बाउन्सका घटनामा कमि हुने थियो  ।
 
संघको दूईवर्षे कार्यकालमा आफ्ना कस्ता योजनाहरु बनाउनु भएको छ ? बताईदिनुस् न ।
व्यवसायीमा संघको भुमिका कमजोर भएको अनुभुति भएको छ । जसकारण व्यवसायीमा संघको आवश्यकता र जिम्मेवारीको प्रत्याभुत गराउनु मुख्य काम देख्दछु । व्यवसायीमा समस्याहरु पर्दा गर्वले संघको साहारा खोज्न सक्ने छन् । यसका लागि व्यवसायीहरु माझ आकर्षक कार्यक्रम ल्याउने योजनामा छु । कर÷भ्याट सम्बन्धि तालिम, व्यवसायीलाई व्यावसायिक कसरी बन्ने विषयमा तालिम सँगै निःशुल्क डिस्काउन्ड कार्ड बनाउने मेरो योजना रहेको छ । 
यो सँगै संघ÷ महासंघका पुराना अग्रज व्यक्तित्वहरुको सल्लाह अनुसार कस्ता कार्यक्रमले व्यवसायीमा योगदान पुर्‍याउन सकिन्छ । त्यस्ता विषयमा छलफल गरेर अगाडि बढ्ने मेरो सोचरहेको छ ।  
 
कोभिड र विभिन्न कारणले हामीले एरिया कमिटि बनाउन गोंगबु एरिया बाहेक अन्य ठाउँमा सकेका छैनौ । अबको कार्यकालमा भने गोंगबु एरिया लगायत चाबहिल–जोरपाटी, धुम्बराही–महाराञ्ज, बालाजु –बनस्थाली, स्वयभु–कलंकी, बानेश्वर–कोटेश्वर लगायत एरिया कमिटी बनाउने  योजना छौं । 
 
व्यवसायी बीच आर्कषक कार्यक्रम ल्याउन सकेन र ल्याएका कार्यक्रम पनि सार्थकता हुने सकेन भन्ने आरोप लाग्ने गरेको छ । यस विषयलाई कसरी लिनुहुन्छ ?
यस विषयमा दोहोरो अर्थ देख्दछु । सदस्य व्यवसायीहरुले संघ-महासंघलाई नै दोषी देखाउनु भन्दा संघका सदस्यहरु नै अझ जिम्मेवार हुन आवश्यक देख्दछु । किनकी संघले कार्यक्रम ल्याउने भनेको सदस्य व्यवसायीहरु कै लागि हो तर कार्यक्रमको तयारी पूर्व सदस्य व्यवसायी गैरजिम्मेवार तरिकाले बेवास्था गरिदिने र कार्यक्रमको दिन अस्वभाविक तरिकाले आफ्नो उपस्थिति जनाउने प्रवृतिले संघले आयोजना गरेका कार्यक्रमको व्यवस्थापनमा पनि सहज बन्न सकिरहेको हुदैन । 
 
अन्तिम समयमा गरेका कुनै पनि काम पूर्णरुपमा सफल हुदैन भन्ने हामी सबैलाई ज्ञान भएको कुरा हो । तसर्थ संघले ल्याएका कुनै पनि कार्यक्रममा सदस्य व्यवसायीले निर्णायक तरिकाले आफ्नो भुमिका खेल्नुपर्दछ । जसले कार्यक्रमको प्राविधिक देखि सबै क्षेत्रको व्यवस्थापनमा सहज होस् । सबै सदस्य व्यवसायीहरुले संघलाई गरेको काम तथा सहयोग आफ्नै परिवारलाई गरेको सम्झिदा हुन्छ । हामी व्यवसायीहरु कै लागि खोलिएको संस्थालाई कहाँसम्म पुर्‍याउने भन्ने निर्धारण सदस्य स्वयम्ले गर्ने हो यसैलै संघ हामी र हाम्रो व्यवसायीको लागि हो भन्ने सोच भएँ संघले ल्याएका हरेक कार्यक्रम र कार्ययोजनाहरु पूर्णरुपले सफलता पाउने थिए ।
 
अन्त्यमा विद्युत संसार साप्ताहिक पत्रिका मार्फत आम् विद्युतीय व्यवसायीहरुलाई के भन्न चाहानुहुन्छ ?
हामी एक व्यवसायी हौं हामी जहिले पनि व्यावसायिक अनुसासनको मर्यादा भित्र रहेर आफ्नो व्यवसाय सञ्चालन गर्न गराउन आग्रह गर्दछु । संघ आम् सदस्य व्यवसायीहरुको संयुक्त परिवार हो । यसैले संघलाई आफुले पुर्‍याउनु पर्ने योगदान र संघबाट आफुले पाउनुपर्ने सेवा सुविधाहरुबाट कोही व्यवसायी वन्चित नबनौ र सधै व्यावसायिक मर्यादा भित्र रहेर आफ्नो व्यवसाय गरौं ।
 

प्रतिक्रिया