‘विद्युतीय बजारमा अर्किड प्रोडक्ट गुणस्तरीयताको पहिचान हो’

  • प्रकाशित मिति : बुध, माघ २१, २०७७
  • - गोविन्द प्रसाद कडेल, कार्यकारी अध्यक्ष, अर्किड ईलेक्ट्रिक प्रा.लि
title

लामो समय विद्युतीय व्यवसायमा आवद्ध गोविन्द प्रसाद कँडेल हाल अर्किड ईलेक्ट्रिक प्रा.लि का कार्यकारी अध्यक्ष हुनुहुन्छ । प्रकाश केबुलमा १२ वर्षको जागिरे जीवन पश्चात् सिद्धार्थ ट्रेड्र लिंकका प्रोपाइटर सँगै नेपाल इलेक्ट्रिकल एशोसिएसनको सदस्यको रुपमा समेत नियुक्ति हुँदै गर्दा उहाँ युनाईटेड वायर एण्ड केवुल इण्डष्ट्रिज प्रा.लि का संस्थापक अध्यक्ष कँडेल तत्कालिन नेपाल इलेक्ट्रिक एशोसिएशनका अध्यक्षको कार्यकालमा १२ जिल्लाको तर्दथ समिति गठन गरी नेपाल विद्युतीय व्यवसायी महासंघ रुपान्तरण गरी महासंघको इतिहासमा स्वर्णिम युगपुरुषको रुपमा  स्थापित हुनु भएको छ । तीन दशक लामो समय विद्युतीय व्यवसायमा आवद्ध हुनुभएका उनै कँडेलसँग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले विद्युतीय व्यवसायको अवस्था, गुणस्तरीयता सँगै, व्यवसायीलाई राज्यका साथै व्यवसायमा स्थापित संघ÷महासंघले खेल्नुपर्ने भुमिकाको विषयमा गर्नुभएको कुराकानी संक्षिप्तमाः
 
विद्युतीय व्यावसायिक क्षेत्रमा कसरी लाग्नु भयो ?
१२ वर्षको प्रकाश केबुल इण्डष्ट्रिजमा कार्यरत हुँदै गर्दा बिजुली व्यवसायी साथीहरुको सामिप्यतामा म आफूले २०५७ सालमा सिद्धार्थ ट्रेड लिंक सुन्धारामा सञ्चालनमा ल्याएँ । 
यससँगै आफु विद्युतीय व्यवसायी क्षेत्रमा मेची महाकाली हिड्दै गर्दा आफ्नो व्यवसायलाई विस्तारित गर्ने क्रममा मेरै नेतृत्वमा चितवन मंगलपुर स्थित युनाईटेड वायर एण्ड केबुल इण्डष्ट्रिज प्रा.लि स्थापना भयो । यस कम्पनीको संस्थापक अध्यक्षतामा काम गर्ने अवसर पाएँ । त्यस समयमा दुईजनाको सहकार्यमा संयुक्त रुपमा २०६९ सालमा अर्किड ईलेक्ट्रिक प्रा.लि को स्थापना हुन पुग्यो । २०७१ बाट मैले एकल रुपमा चलाउन सुरु गरे चार वर्षको अन्तराल पश्चात् एकल भन्दा सामुहिकबाट काम गर्दा अझ राम्रो हुन्छ भन्ने अवधारणका साथ २०७५ सालबाट अर्किड पुन बृहत र सामुहिक बन्न पुग्यो । जसकारण आज विशाल कम्पनी बन्ने पगेको छ । यस कम्पनीमा झापा देखि पश्चिम बर्दिया सम्मका २८ जना व्यवसायीहरु शेयरधनी मार्फत यो कम्पनी सञ्चालनमा ल्याएको छ ।  
 
अर्किड ईलेक्ट्रिक प्रा.लि को कार्यकारी अध्यक्ष हुदै गर्दा आफ्ना उत्पादनहरुलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
पहिले हाम्रो कम्पनीले चाइनाबाट मात्र तयारी सामग्री आयात गर्दै आएको थियो । करिव एक वर्ष अघिदेखि पाट्र्सहरु आयात गरी यहाँ सामानहरु उत्पादन गरेर बिक्रि वितरण गर्दै आएका छौ । 
हाम्रो उत्पादन बजारमा सजिलै पु¥याउने हिसावले हामीले चितवनमा शाखा कार्यालय स्थापना गरेका छौ । यो शाखाले चितवन आसपास लगायत बुटवल, पोखराका बजारसम्म हेर्ने गर्दछ । अधिकाशं बजार काठमाडौंको सितापाइलामा रहेको कार्यालयबाट नै हेर्ने गरेका छौ । 
हाल विद्युतीय सामग्रीहरुमा एलइडी बल्ब, प्यानल लाइट, फ्यान लगायत सामग्री उत्पादन भएका छन् भने भोलिका दिनमा विद्युतीय क्षेत्रको ६० देखि ७० प्रतिशत सम्म सामग्री उत्पादन गर्ने अठोट छ ।
 
अर्किडका सामग्रीको गुणस्तरको विषयमा कसरी लिनु हुन्छ ?
हाल प्रतिस्पर्धाको बजार छ । हाम्रो कम्पनीले पैसासँगको प्रतिस्पर्धा भन्दा पनि गुणस्तरको प्रतिस्पर्धालाई स्थापित गर्ने उद्धेश्य हो ।
हामीले कहिले पनि पैसासँग प्रतिस्पर्धामा लागेनौ, कसरी हुन्छ उपभोक्तालाई गुणस्तरीय सामग्रीहरु दिन सक्छौ भन्ने नै हाम्रो ध्यान केन्द्रित भएको छ । 
हाम्रा उत्पादन कुन स्तरमा छन् भन्ने चेक जाचँ स्वयम् विद्युतीय व्यवसायी र उपभोक्ताहरुले गर्नेछन् । हाम्रो सामग्रीहरुबाट विद्युतीय व्यवसायी देखि उपभोक्ताहरु सम्म सन्तुष्टि भएको हामीले पाएका छौ । हाल विद्युतीय व्यवसायी देखि उपभोक्ताहरुमा पनि  प्रतिस्पर्धाको बजारमा मूल्यमा भन्दा पनि गुणस्तरमा ध्यान जान थालेको छ यो हाम्रो कम्पनीले राम्रो पक्षको रुपमा लिएको छ ।
आज हामीले नामै नसुनेको ठाउँबाट समेत हाम्रा कम्पनीको सामग्रीहरुको माग भएका छन् । यो हाम्रालागि गर्वको विषय हुन यस्ता सफलता पाउन हाम्रा गुणस्तरीय सामग्रीको योगदान छ । यी प्रोडक्टहरुबाट जन उत्तरदायी गराएर हाम्रा व्यवसायी देखि काम गर्ने प्राविधिक सँगै उपभोक्ता पनि हाम्रा अर्किडका सामग्री देखि ढुक्क हुनेछन् । 
हाम्रा उत्पादनले केही अप्रिय दुर्घटना बन्न नपुगोस भन्ने धारणले उत्पादन स्तर देखि जडानका प्राविधिक सम्म चुस्तदुरुस्त बनाउनमा हामीले कुनै कदम बाँकी राखेका छैनौ । भोलिको दिनमा अझ व्यवसायी र उपभोक्ता माझ गुणस्तरलाई बढवा दिने योजनामा हामी छौ ।
 
 नेपाल गुणस्तर विभागले १५ हजार घण्टा भन्दा कम आयु भएका एलइडी बल्ब आयातमा रोक लगाएको छ ? विद्युतीय सामग्रीको गुणस्तरीयतालाई कसरी हेर्नुभएको छ ? बताईदिनुहोस न ।
 म यस निर्णयको सराहाना गर्दछु । नेपालको परिवेशमा ढिलै भएपनि नेपाल गुणस्तर विभागले प्रयास गरिएकोमा हाम्रो कम्पनीको तर्फबाट आभार व्यक्त गर्दछु । नेपालमा विद्युतीय सामग्रीहरुमा पैसाको प्रतिस्पर्धाका कारण नराम्रो असर परेको पाएका छौ । बजारमा गुणस्तरहिन सामग्रीको गुणस्तरीयता चेकजाचँ नहुँदा उपभोक्ताहरु ठगिदै गएका छन् । केही समय अघि गुणस्तर विभागले १५ हजार घण्टा भन्दा कम आयुभएका एलइडी बल्ब आयातमा रोक लगाएको छ तर हामीले १५ हजार घण्टामात्र होईन अर्किटका प्रोडक्टहरु उपभोक्ताहरुले अनुमानित ३० हजार घण्टा सम्म प्रयोग गर्न सक्दछन् । गुणस्तर विभागले राखेका विद्युतीय सामग्रीको गुणस्तर मापदण्डहरुमा हाम्रो प्रोडक्ट अझै उच्च गुणस्तरका छन् । 
हेर्दा उस्तै देखिने तर प्रयोगमा ल्याएपछि मात्र अनुभव गर्न सकिने खालका सामग्रीहरु बजारमा प्रशस्त पाइन्छन् । केही बल्वहरु सुरुको समयमा उज्यालोको मात्रा बढी हुने तर केही समय पश्चात् उज्यालोको मात्रामा कमि आउने समस्या धेरै बल्बहरुमा छन् तर हाम्रो प्रोडक्टहरुमा यस्ता कुनै समस्या देखा पर्दैनन् उपभोक्ताले ढुक्कसँग उपभोग गर्न सक्दछन् । 
अन्तर्राष्ट्रिय ब्राण्डसँग जोडिएर विभिन्न गुणस्तरहिन सामग्री समेत उत्पादन भएका छन् । नेपाली उपभोक्ताको क्रयशक्ति र गुणस्तरको मापदण्डलाई आधार बनाएर हाम्रो सामग्री विद्युतीय बजारमा पुयाएका छौ । 
 
पूर्ण तयारीका सामग्रीहरु विद्युतीय सामग्री आयातमा गर्दा र पाटपूर्जा आयात गरी नेपालमा तयारी बनाउँदा कस्तो अन्तर रहन्छ ?
 उत्पादित कम्पनीले पूर्ण रुपमा तयारी विद्युतीय सामाग्रीहरु आयात  गर्दा कम्पनीमा २–४ जनाले मात्र रोजगार पाउन सक्थ्यो तर यस कम्पनीले आयातित सामग्रीहरुमा प्याकिङ्ग लगायतका विषयहरुमा छुट्टै लागत विदेशमा तिर्नुपर्ने थियो भने नेपालमा ल्याएर तयारी गर्दा त्यस वापतको रकम नेपालमा रोजगारको रुपमा निरन्तर दिन सक्ने हुनाले राज्यलाई फाइदा पुग्दछ । अझ महत्वपूर्ण विषय भनेको तयारी सामग्री ल्याएका थियौ भने देशमा महामारीले विकराल रुप ल्याउँदा समते नेपालमा रोजगारी दिन सक्दैन थियौ । हाल हाम्रो कम्पनीमा प्रशासन देखि उत्पादन क्षेत्र सम्म करिव ३० जनाले रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा प्रेस डिजाइन वाला काटुर्न बनाउने कम्पनीहरुलाई समेत फाइदा सँगै रोजगारी समेतको फाइदा पुगेको छ । 
प्यानल लाइट एलइडी बल्ब लगायतका सामग्रीहरुको पाटपूर्जा आयात गर्दा केही हदसम्म भन्सार शुल्क कम लाग्ने गर्दछ । हामीलाई प्रक्रियागत रुपमा जाँदा तयारी सामग्री आयात गर्दा नै सजिलो हुन्छ तर हाम्रो उद्धेश्य भनेको सम्पूर्ण सामग्री प्रत्यक्ष परिक्षण गरेर उपभोक्ता सम्म पु¥याउन सक्छौ । साथै रोजगारी सँगै औद्योगिकरणको अभियानमा हामी व्यवसायीहरुको सानो प्रयास हो । 
 
अर्किडको भावि योजनाहरु के कस्ता छन् बताइदिनुहोस् न ?
गुणस्तरीयतामा ध्यान दिदंै छोटो समयमा ठूलो परिमाणमा पाट्र्स तथा तयारी सामग्री आयात गर्ने कम्पनी हो ।   
हाल हामीसँग अर्किड र अर्किड गोल्ड दुई किसिमका स्वीचहरु बजारमा छन् । केही समयमा पुन नयाँ स्वीच बजारमा ल्याउने योजनामा छौ । नेपाली विद्युतीय बजारले अर्किडका सम्पूर्ण सामग्रीहरुमा राम्रो चासोका साथ खोजिदिदाँ हाम्रा प्रोडक्टले एउटा पहिचान नै बनाएको छ । जुन अनुरुपमा हामी अघि बढेका छौ भोलीको दिनमा अझ विस्तारित बनेर जाने छौ । यस सिलसिलामा साथ दिने अर्किड इलेक्ट्रिक प्रा.लि.का शेयर सदस्यहरु प्रति आभार प्रकट समेत गर्दछु । 
 
राज्य पक्षको कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
महामारी देशको अर्थतन्त्रमा नै असर पर्न पुग्यो तर हामो कारोवार भने यथावत रह्यो । हाम्रो व्यवसायमा कोरोनाको असर कम मात्रामा परेको छ । यसो भन्दै गर्दा हाम्रा लागि राज्यले गर्नुपर्ने काम धेरै छ । हाम्रा सामग्री राख्नको निम्ति पर्याप्त ठाउँहरुको कमि छन् । उपत्यकामा भएका औद्योगिक क्षेत्रहरु धेरै वर्ष देखि चलिरहेको अवस्थामा खालिठाउँ भेट्ने अवस्था छैन् । सरकारले अन्य ठाउँमा समेत औद्योगिक क्षेत्रहरुको स्थापना गर्न सरकारको चासो राख्न जरुरी ठान्दछु ।  
पछिल्लो समय विद्युतीय क्षेत्रमा बढेको अवस्थ प्रतिशप्रर्धाका कारण गुणस्तरहिन सामग्रीहरुबाट उपभोक्ताहरु ठगिरहेका छन् यस्ता विषयमा पनि नेपाल सरकारको ध्यान जना आवश्यक छ ।
 
विद्युतीय व्यावसायीकरणले राज्यलाई कसरी फाईदा पु¥याउला ?
कुनै पनि देश औद्योगिकरण विना विकास सम्भव छैन् । विद्युतीय क्षेत्र एक संवेदनशिल क्षेत्र हो । कुनै घरमा जडान भएका कुनै पनि विद्युतीय सामग्री सट हुँदा पुरै घर आगलागी हुन सक्ने खतरा हुन जान्छ जसकारण नेपाल सरकारले गहिराईबाट व्यापारिकरण भन्दा पनि उद्योगीकरण कसरी गर्न सकिन्छ भन्ने सोच बनाउनु पर्दछ । यसमा हामी व्यवसायी पनि जिम्मेवार हुन उत्तिकै आवश्यकता देख्दछु ।
हाम्रा विद्युतीय क्षेत्रका आयातकर्ता, उत्पादन कर्ता र व्यवसायीहरुमा पैसासँग प्रतिस्पर्धा होईन गुणस्तरसँग प्रतिस्पर्धा गर्न आग्रह 
गर्दछु ।
 
तपाई महासंघको पूर्व अध्यक्ष एवं सल्लाहकार समेत हुनुहुन्छ । व्यवसायमा लाग्दै गर्दा संघ/महासंघको स्थापना कसरी हुन पुग्यो ?
प्रकाश केबुल इण्डष्ट्रिज र सुन्धारामा सिद्धार्थ ट्रेड लिंक सञ्चालनमा ल्याउँदै गर्दा तत्कालिन नेपाल इलेक्ट्रिकल एशोसिएसनको सदस्यको रुपमा आवद्ध भएँ । २०६१/०६२ सालमा उक्त संस्थाको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएसँगै दुई वर्ष महासचिवको भुमिकामा काम गर्ने अवसर पाएँ । 
अर्को महाधिवेशनले मलाई निर्विरोध अध्यक्ष बन्ने अवसर दियो । यस समयमा काठमाडौंमा मात्र सीमित रहेको इलेक्ट्रिकल व्यवसायीहरुलाई नेपाल भरी विद्युतीय व्यवसायीहरुको पहिचान गराउन जरुरी छ भन्ने धारणाले तत्कालिन मेरो कार्यसमितिको सहयोगमा पूर्वको झापा देखि पश्चिम महेन्द्र नगर सम्म पुगेर इलेक्ट्रिकल एशोसिएसनकै तर्फबाट महासंघ गठन गर्ने उद्धेश्यले मेची महाकाली भ्रमण गरियो । अन्तत मेरो नेतृत्वको कार्यसमितिले महासंघ निर्माणमा सहयोग ग¥यो जसकारण २०६७ सालमा १२ वटा जिल्ला संघहरुको समर्थनमा विद्युतीय व्यवसायी महासंघमा रुपान्तरण बन्न पुग्यो । महासंघ काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएसँगै नेपाल विद्युतीय व्यवसायी महासंघको रुपमा रुपान्तरण भएको हो ।
म आफु तत्कालिन नेपाल इलेक्ट्रिकल एशोसिएसनको अध्यक्ष र महासंघको तर्दथ समितिको हैसियतले प्रथम महाधिवेशनमा व्यवसायी रामबहादुर श्रेष्ठलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिएको थिएँ । महासंघको मुख्य उद्धेश्य भनेको विद्युतीय व्यवसायीमा परेका समस्याहरुको संस्थागत रुपमा समाधान गर्नु नै महासंघको मूलमर्म रहेको  थियो ।
 
अन्तमाः आजको दिनमा विद्युतीय क्षेत्रमा स्थापित संघ÷महासंघको भुमिका बारे केही बताईदिनुस् न ?
गैर नाफामुलक, व्यावसायिक हकहितका लागि गठन भएका संस्थाहरुले आफ्ना व्यवसायीहरुको हक हितमा हुनुपर्दछ भन्ने मैले मान्यता राख्दछु । आज पनि व्यवसायीका अप्ठेरा, बाह्य हस्तक्षेपबाट अन्यायमा परेका पो छन् कि यस्ता समस्यालाई संस्थागत रुपमा वर्तमान कार्यसमिति सदस्यहरुले आफ्नै समस्याको रुपमा लिएर समस्या समाधान खोज्नु पर्दछन् । 
विद्युतीय व्यवसायीहरुका निम्ति इतिहासमा लेखिनु पर्छ भन्ने मान्यता हो । मेरो कार्यकालमा काम गर्न म आफूले धेरै समस्याहरुलाई सुल्झाउँदै आएको छु । म वर्तमान कार्यसमिति सदस्यहरुले पुरानो साखलाई जोगाएर विशुद्ध व्यवसायीको हक हितमा नै लाग्न अनुरोध गर्दछु । संघ/महासंघमा आफ्नो कार्यकाल छोटो हुन्छ यसैले आफ्नो कार्यकालमा के गर्न सकिन्छ जसले भोलिको पुस्ताले सम्झने गरी शिलालेख लेखेर गईदिनुहोस् भन्न चाहान्छु ।
को संस्थापक अध्यक्ष, को महासंघको अध्यक्ष भन्दा पनि कसले के ग¥यो यसले महत्व राख्दछ । मेरो छोटोे कार्यकालमा ४ वटा तदर्थ समितिमा बसेर देशभरका १८ वटा जिल्ला संघ गठन गरे सँगै १४ जिल्लाको हस्ताक्षरमा महासंघ गठन भएको थियो । तर पछिल्लो समय आएका परिभाषा तिर म जान चाहन्न । कतिपय विचाराधिन परिभाषालाई ठोकुवा गरेर भन्न पनि मिल्दैन । व्यवसायीहरुले राज्यको तर्फबाट भन्दा पनि आफंैले आर्थिक पारदर्शिता तर्फ उन्मुख रहनुपर्ने ,हामी व्यवसायी नै एकआपसमा मिलेर अगाडी बढनुपर्ने सुझावका साथ  व्यवसायी एकतानै आजको आवश्यकता हो भन्ने ठान्दछु  ।

प्रतिक्रिया