भर्खरै

अव्यवस्थित शहरी विकास

  • प्रकाशित मिति : बुध, माघ १४, २०७७
  • - विद्युत संसार
title

काठमाडौंं १४ माघ । घना बस्ती र सवारी साधनको चापले काठमाडौंं  लगायत देशका धेरैजसो शहर अव्यवस्थित बन्दै गएको छ । विकासका क्रान्तिको उद्धेश्य बोकेका राजनैतिक दलहरु पनि आफु सत्तामा पुगेपछि एकाएक विकास भएको र आफुले गर्नुपर्ने काम नै देख्दैनन् । 
 
हाल काठमाडौ उपत्यकाको हालत त्यस्तै छ । पाँच वर्ष स्थायी सरकार पाएको काठमाडौले तीन वर्ष बितिसक्दा पनि खोई कहाँ गयो मनोरेल, कहाँ गयो शहरी सौन्दर्य । यतिबेला विकासको नेतृत्वमा रहेका व्यक्ति नै राजनैतिक खिचा तानीमा रुमल्लिरहेका छन् । आखिर जनताले देख्ने आर्थिक क्रान्ति कहिले त ? यो आजको मुल विषय बनेको छ । कछुवाको गतिमा केही पूर्वाधार विकास भएको छ । 
शहरी क्षेत्रमा पछिल्ला दिनमा पूर्वाधार विकासको क्षेत्रमा सडक, पानी, बिजुली र दूरसञ्चारलाई बढी केन्द्रमा राखिएको छ । सबै सहरानीय कार्यक्रम हुन । तर यी सबै कार्यक्रम हेर्ने निकायबीच तादम्य नदेखिनु विडम्बना बनेको छ । सडक कालोपत्रे भएको अर्को दिन विद्युतको भूमिगत तार बिच्छ्याउने काम हुन्छ र तार बिच्छ्याएको दोस्रो दिन शहरी विकासले फेरि सोही बाटो खन्ने गरेको देखिएकै छ । 
उपत्यकामा खानेपानीको पाइपलाइनको कामले भत्काइएका केही सडक आयोजनाहरु अझै मर्मत हुन सकेको छैन् । 
 
अर्को तर्फ काठमाडौं क्षेत्रको मुख्य सडकहरुमा बिजुलीको तार भुमिगत गर्ने काम चलिरहेको छ । अर्बौ लगानीमा निर्माण भईरहेको सो योजनामा नवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भुमिगत लाईन नै खतरनाक भएको अवैज्ञानिक भनाइले कामका गति अझकेही सुस्त हुने हो कि भन्ने आम जनताको आशंका छ ।  
 
पूर्वाधारको विकास आजको सर्वोपरी आवश्यकता हो । पूर्वाधारले देश जनतालाई सुख सुविधा दिनुको साथै आर्थिक वृद्धिमा पनि योगदान पु¥याउँछ ।
यसैले तालमेल विहीनताको अवस्थालाई रोक्न नीतिगत रूपमै विकास र पूर्वाधारसँग सम्बन्धित निकायहरु  बीच आपसमा सहकार्य गर्न जरुरी छ । यसबाहेक पूर्वाधारको विकास गर्दा वातावरणीय क्षयीकरण रोक्ने कार्यलाई पनि बडो ध्यान दिनुपर्ने आजको आवश्यकता देखिन्छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago