भर्खरै

जलविद्युतमा बीस अर्ब तेत्तीस करोड लगानी

  • प्रकाशित मिति : शुक्र, माघ २, २०७७
  • - Admin
title

 
 काठमाडौँ, १ माघ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेटमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले जलविद्युत क्षेत्रमा लगानीलाई व्यापक गराउँदै  लगेको  छ । 
सरकारी‚ वामित्वको यो कम्पनीले पुस मसान्तसम्म ऋण तथा स्वपुँजी गरेर २० अर्ब ३३ करोड रुपियाँ लगानी गरेको छ । जलविद्युत क्षेत्रमा सरकारको लगानीलाई एकीकृत र प्रभावकारी बनाउने र निजी क्षेत्रसँग समेत साझेदारी सिर्जना गर्नेगरी २०६८ मा यो कम्पनी  स्थापना गएिको  थियो । जलविद्युत उत्पादन, प्रसाण र वितरण परियोजनामा सेयर तथा ऋण लगानी गर्ने, विदेशी संस्थाबाट ऋण लिने तथा बोन्ड डिबेन्चरजस्ता  माध्यमबाट जलविद्युत क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्नेगरी  कम्पनी  खोलिएको  थियो । 
 
 कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार  कम्पनीले  गत  आर्थिक  वर्षमा  मात्रै एक अर्ब दुई करोड रुपियाँ नाफा गरेको छ । “सर्वसाधारणसमेतको  २०  प्रतिशत स्वामित्व रहेको एचआईडीसीएल दीर्घकालीन प्रकृतिको   नाफा   सुनिश्चित  गर्ने  दिशामा अग्रसर छ,” कम्पनीको नवौँ वार्षिक साधारण सभाका  क्रममा  उहाँले  भन्नुभयो,  “यो  वर्ष हकप्रद  सेयर  वितरण  गर्ने अन्तिम  तयारीमा छौँ ।” ‚थापना कालदेखि हालसम्म पाँच अर्ब २२ करोड रुपियाँ खुद नाफा गरेको छ । 
 
एचआईडीसीएलले  हालसम्म ४७६ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा  १०  अर्ब  ८८ करोड  ऋण लगानीको  निर्णय  गरिसकेको  छ यसमध्ये करिब  पाँच  अर्ब  निकासा समेत  भइसकेको छ । २० मेगावाटको  बागमती  साना,  २५ मेगावाटको  काबेली  १, २२.१  मेगावाटको तल्लो हेवा   र २३.५ को सोलुखोला जलविद्युत आयोजना सञ्चालनमा आइसकेका छन । सोलु करिडोर प्रसारण लाइन नबनेकाले सोलुखोलाको  विद्युतर  भने  राष्ट्रिय  प्रसारणमा आउन सकेको छै । १८२ मेगावाट क्षमताका  चार  जलविद्युत आयोजना यसै आर्थिक वर्षभित्र सञ्चालनमा आउने कम्पनीले  जनाएको  छ  कम्पनीका अनुसार ती  आयोजनाहरू  ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेका छन । 
 
एचआईडीसीएलको १५६८ मेगावाटका छ जलविद्युत आयोजना र चार कम्पनीमा नौ अर्ब ४५ करोड लगानी छ । कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा १५६ मेगावाटको माडी जलाशययुक्त र ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना विकास गर्न लागेको छ ।  
माडीको  सम्भाव्यता  अध्ययन जारी छ भने तमोरका लागि सम्भाव्यता अध्ययनको अनुमति आएको छैनध्र दुवै आयोजनाका लागि एचआईडीसीएलले पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइनासँग साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत  गरिसकेको छ ।  
 
पोख्रेलका अनुसार  एसियाली  विकास बैङक, विश्व  बैङक,  सार्क  विकास  कोष, एआईआईबी,    जाईकाजस्ता निकायसँग सहकार्यका लागि पहल भइरहेको छ । कम्पनीले  आर्थिक  वर्ष  २०७८÷८९ सम्ममा   २३   आयोजना र कम्पनीमा स्वपुँजी लगानी ११ अर्ब १० करोड पु¥याउने लक्ष्य राखेको छ । त्यस्तै १४ वटा आयोजनामा  १२  अर्ब  ६७  करोड  ऋण लगानी  गर्ने  कार्ययोजना  बनाएको  कम्पनीले जनाएको छ ।
-गोरखापत्र दैनिक

प्रतिक्रिया