भर्खरै

कृषि प्रवद्र्धनमा सौर्य सिँचाइ

  • प्रकाशित मिति : शुक्र, पौष २४, २०७७
  • - उषा मास्के मानन्धर / जीवन वैद्य
title

काठमाडौं २४ पुस । नेपालमा सौर्य ऊर्जाको प्रयोग लामो समयदेखि हुँदै आइरहेको छ । विगतमा ग्रामीण विद्युतीकरणका लागि घरेलु प्रणालीमा मात्र सीमित थियो सौर्य प्रविधि । हाल आएर विद्युतीकरण भई नसकेका ग्रामीण भेगमा सोलार मिनिग्रिडको रूपमा पनि सौर्य ऊर्जा प्रयोग भइरहेको छ । यससँगै पछिल्लो समय सिँचाइ तथा खानेपानीका लागि अत्यावश्यक सौर्य पम्पिङका लागि पनि सौर्य ऊर्जाको उपयोग गर्न थालिएको छ ।
 
विश्वका अन्य देशहरूमा सौर्य सिँचाइ गर्ने क्रम धेरै वर्षअघिदेखि भएको पाइन्छ । नेपालमा पनि सुरुको अवस्थामा खानेपानी प्रयोजनका लागि विभिन्न योजना सञ्चालन भए पनि सिँचाइमा भने पछिल्लो दशकबाट नै विस्तार भएको पाइन्छ । खासगरी पछिल्लो समय सरकारी तथा दातृ निकायबाट कृषिमा सौर्य सिँचाइलाई प्रोत्साहन गर्ने नीति बन्न थालेको छ । यसले सोलार पम्पिङ प्रविधिको प्रयोगमा उल्लेखनीयरूपमा वृद्धि भएको छ ।
 
प्रविधिको विकाससँगै उच्च प्रतिफल आउने बाली लगाएर साना किसानको जीविकोपार्जनमा स्तरोन्नति गर्नु आजको आवश्यकता हो । खाद्यान्न, ऊर्जा, जल र मौसमको अन्तरसम्बन्धबाट दिगो विकासको लक्ष्यलाई आत्मसात् गर्दै सरकारी निकायमार्पmत नीति नियम नै बनाएर सौर्य सिँचाइ प्रविधिलाई प्रोत्साहन गर्ने काम भइरहेको छ । अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था २०१९ का अनुसार आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्म नेपालमा करिब १६ सय सौर्य सिँचाइ प्रणालीहरू जडान भइसकेका छन् । यसमध्ये अधिकांश प्रणाली नेपाल सरकार मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको व्यक्तिगत सौर्य सिँचाइ कार्यक्रमअन्तर्गत जडान भएका हुन् । यी प्रणालीहरू जडान गर्न करिब रु ८० करोड खर्च भइसकेको छ । यी प्रणालीले करिब ५५० हेक्टर कृषियोग्य जमिन सिँचाइ गर्ने क्षमता राख्छन् र यसबाट दैनिक करिब २।५ मेगावाट ऊर्जा उत्पादन हुने गरेको छ ।
 
देशको कुल ३५ लाख हेक्टर सिंचित जमिनमध्ये करिब एक चौथाइमा मात्र सिँचाइ सुविधा भएको अवस्था छ । यस परिपेक्षमा सिञ्चित क्षेत्र वृद्धि गर्नमा सौर्य सिँचाइ प्रणालीको महìवपूर्ण भूमिका रहेको छ । सुरुआतमा डिजेल पम्पको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्न सौर्य सिँचाइ प्रयोगमा ल्याइएको थियो । हाल यसले साना किसानहरूको कृषि उत्पादन वृद्धि गरी आम्दानी बढाएर खाद्य सुरक्षामा टेवा पु¥याउन सघाइरहेको छ । यससँगै गरिबी निवारण तथा इन्धन खपत न्यूनीकरणमा पनि उल्लेख्य सहयोग गरेको छ । संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य हासिलका लागि पनि सौर्य सिँचाइले उत्तिकै योगदान गरिरहेका छन् । यसको साथै यस्ता सिँचाइले जलवायु परिवर्तनको असरलाई कम गर्दै हाल देखिएको कोभिड–१९ जस्ता महामारीको बेलामा पनि खाद्य उत्पादन तथा व्यवस्थापन गर्न महìवपूर्ण सहयोग पु¥याउने देखिन्छ ।
 
सौर्य सिँचाइ प्रविधिको क्षेत्रमा हालसम्म गरिएका प्रयासहरूले प्रविधि तथा बजार भाउमा मात्र नवीनता खोज्ने गरेको देखिन्छ । सौर्य सिँचाइ प्रणालीमार्पmत उत्पादन भएको ऊर्जालाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ भन्नेमा सम्बन्धित निकायहरूको ध्यान अझै पुगेको देखिँदैन । फलस्वरूप यो कार्यका लागि कुनै विशेष अध्ययन, शोध तथा लगानी बिरलै भेटिन्छन् । सौर्य सिँचाइको बहुआयामिक महìव प्रमाणित भइसकेको परिस्थिति छ । यसबेला सिँचाइबाहेक अन्य क्षेत्रमा पनि उपयोग गरी लाभान्वित हुन सकिन्छ भन्ने जानकारी कमैलाई मात्र छ । यस्ता सूचना तथा जानकारी अन्य क्षेत्रका सरोकारवालाहरूलाई पनि दिन सके थप फाइदा जनक हुन्थ्यो ।
 
नवलपुर जिल्लाको देवचुली नगरपालिका–१९ मा हालसालै गरिएको प्रारम्भिक अध्ययनमा सौर्य सिँचाइ प्रणालीबाट आएको परिवर्तन एउटा उदाहरण बन्न सक्छ । यहाँ जडान गरिएको सौर्य सिँचाइले उत्पादन गरेको २२।४ किलोवाट ऊर्जामध्ये करिब ३० प्रतिशतमात्र सिँचाइमा प्रयोग भई बाँकी ऊर्जा त्यसै खेर गइरहेको थियो । यस हिसाबले नेपालभरि आ।व। २०७६÷७७ मा मात्र दुई करोड रूपियाँ बराबरको ऊर्जा खेर गइरहेको अनुमान गर्न सकिन्छ । खेर गइरहेको यस्तो ऊर्जालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी साना किसानको आर्थिक अवस्था उकास्ने कुनै पनि रणनीति हालसम्म संस्थागत तथा सामाजिक तबरबाट अवलम्बन गरिएका छैनन् । सौर्य सिँचाइ प्रणालीले खेर गइरहेका ऊर्जालाई निम्न तीन तरिकाबाट उपयोगमा ल्याउन सकिन्छ ।
फिड–इन ट्रायारिफमार्पmत राष्ट्रिय प्रसारण प्रणालीलाई बिक्री गर्ने : झट्ट हेर्दा यो तरिका आकर्षक सुनिन्छ । तैपनि विद्युत् महसुल हालसम्म निर्धारण हुन नसक्नु, संस्थागत रूपमा नीति नियम निर्देशिका बनिनसक्नु तथा यससँग सम्बन्धित लगानी तथा आम्दानीका विषयहरूमा नीति नियम मौन रहनुले तत्काल यो प्रविधि लागू गर्न चुनौतीपूर्ण नै देखिन्छ ।
 
सिँचाइका लागि पानी बिक्री गर्ने : सौर्य प्रणालीबाट पम्प गरिएको पानी आफूलाई आवश्यक नभएको बेलामा अरू किसानलाई प्रयोगको हिसाबमा बेच्न सकिन्छ । यसो गर्न अन्य किसानको आवश्यकता, इच्छा तथा खरिद गर्ने क्षमता, खेतहरूको दूरीमा भर पर्छ । यससँगै अन्य प्रयोगमा रहेका प्रविधिहरू उदाहरण : (डिजेलबाट चल्ने ट्युवबेल) सँग प्रतिस्पर्धा गर्न‘पर्ने चुनौती पनि देखिन्छ ।
उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने : यस अन्तर्गत खेर गइरहेको ऊर्जा कृषिसँग सम्बन्धित उत्पादनमूलक क्षेत्रहरू जस्तै कुटानी–पिसानी, सोलार ड्रायर, सोलार चिस्यान केन्द्रजस्ता प्रविधिहरूमा प्रयोग गरी ऊर्जाको बृहतम् सदुपयोग गर्न सकिन्छ ।
 
सामाजिक, प्राविधिक तथा नीतिगत नवीनता नखोजिंँदा उपलब्ध ऊर्जाबाट लिन सकिने अधिकतम् फाइदाहरूबाट साना किसानहरू वञ्चित भइरहेका छन् । नेपालका सौर्य ऊर्जाका प्रवद्र्धकहरूले पारम्परिक प्रविधि केन्द्रित कुरालाई मात्र प्राथमिकीकरण गर्नुभन्दा ऊर्जाको सामाजिक महìवमा पनि ध्यान दिनुपर्छ । नेपालको हालसालैको यस तथ्याङ्कले माथि प्रस्तावित ऊर्जा प्रयोगको नयाँ प्रविधिहरूमार्फत साना किसानहरूको जीविकोपार्जनमा आमूल परिवर्तन गर्न सकिने तथ्य देखाएको छ । यसर्थ सौर्य सिँचाइ प्रणालीहरूमा प्रविधि तथा नीति नियम तहबाट नै बृहत्रूपमा उपयोगमा ल्याउनका लागि सम्पूर्ण सरोकारवालाहरूको ध्यान जान जरूरी छ ।
(लेखकद्वय सौर्य सिँचाइ प्रवद्र्धनमा क्रियाशिल हुनुहुन्छ ।)
गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार