भर्खरै

विकासको दृष्टिकोणले अरु वडाको तुलनामा हामी अगाडि छौ ।

  • प्रकाशित मिति : बुध, पौष २२, २०७७
  • - हिरा देवि पोखरेल, सदस्य, ३२ वडा काठमाडौं महानगरपलिका
title

कर्म गर्ने फलको आशा नगर्ने समाजसेवी हिरादेवी पोखरेल आम निर्वाचनबाट स्थानीय निकाय काठमाडौं महानगरपालिक वडा नं. ३२ बाट जननिर्वाचित प्रतिनिधी वडा सदस्य हुनुहुन्छ, उहाँ काठमाडौं महानगरपालिका सामाजिक विभाग सदस्य, काठमाडौं महानगरपालिका अनुगमन समिति सदस्य स“गै दर्जनौ सामाजिक संघसस्थाहरुमा आवद्ध शसक्त जुझारु पोखरेल २६ औं काठमाडौं महानगर दिवसको अवसरमा स्थानिय स्वसासन प्रवर्दन गर्ने कार्यको उच्च मुल्याङ्कन गर्दै श्री जनकमान श्रेष्ठ पुरस्कारबाट सम्मानित हुनुभएको थियो । उनै पोखरेल संग विद्युत संसारका राम प्रसाद पौडेलले गरेका कुराकानी संक्षिप्तमाः
 

वडाका गतिविधिहरु के कसरी चल्दै छन ?

कोरोना महामारीका कारण वडाका गतिविधिहरुमा केही असर गरेका छ । कोभिड कै कारण कर तिर्न केही समय थप भएकोले यतिखेर वडामा जनताको पिक आवर भएको छ । टार्गेट अनुसार विकास निर्माणमा समेत धक्का पुग्यो समग्रमा कोभिडले वडाका गतिविधिलाई धेरै नै असहज गरेको हामीले पाएका छौ । 
 

   कोभिड पछिको अवसर र चुनौतीलाई कसरी लिनुहुन्छ ?

अरु वडाको तुलनामा कोरोना भाइसरले हाम्रो वडामा अझ धेरै प्रवाहित पारेको थियो । त्यस अनुरुप काठमाडौं महानगरपालिकाको मापदण्ड भित्र रहेर विवाद रहित हामीले भोका जनतालाई घरसम्ममै राहत पु¥याउने कार्यक्रम अघिसार्ने आवश्यकता रह्यो । धेरै संख्यामा संक्रमित थपिदा यसको व्यवस्थापन गर्न हाम्रो लागि धेरै चुनौती थियो ।
महामारीका कारण हामी वडाका जनताहरुको दैलोमा पुग्ने अवसर मिल्यो । जनताको बीचमा हामी जसरी पुग्यौ जनताको पिर मर्का सुन्ने मौका मिल्यो यसले जनतामा जनताप्रति पनि हाम्रो बारेमा सोच्ने रहेछन् भन्ने सन्देश गएको छ यसलाई मैले अवसरको रुपमा लिएको छु ।
 

  महामारीका बीचमा राहत वितरणको क्रममा राजनीतिक गन्ध आयो भन्ने पनि सुनियो यो तपाईको वडामा के–कस्ता प्रतिक्रिया आए ?

हामीले वितरण गरेको राहतमा कुनै जातिय रङ्गभेद हेरेनौ । विशेषगरी हामीले जहाँ राहत वितरण ग¥यौ त्यहाँको स्थानीय व्यक्तिहरुलाई समेट्ने कोसिस ग¥यौ । जब हामी निर्वाचित भएसँगै सबै हाम्रा वडा बासी सबै हाम्रा जनता हुन भन्ने हाम्रो मान्यता हो । जसअनुरुप राहत कार्यक्रम सबैको लागि समान थियो । 
हाम्रो राहत निम्न वर्गीय जनता लक्षित थियो । तर स्वास्थ्य सेवाको विषयमा हामीले कुनै वर्ग लक्षित नगरी उपचार र बिरामीलाई अस्पताल पु¥याउने काम हाम्रो प्रथामिकतामा थिए । 
हाम्रो सेवामा वडा बासी मात्र नभई बाहिर जिल्लाबाट आएर ज्याला मजदुर गरेर बसोबास गर्ने जनताहरुलाई पनि केही प्रक्रिया पु¥याएर राहतका कार्यक्रम संचालन गरेको थियौ । 
 
 
 
  हजुरको वडामा विकास निर्माणका कार्यक्रमहरु के कसरी अघि बढेको छन् ?
हाम्रो पाँच वर्षे समय अवधि अब लामो छैन यो अवस्थामा विकासका कार्यक्रम गर्ने भनेको यहि आर्थिक वर्षमा हो । कोभिडले समस्या निम्त्याउँदैन थियो भने धेरै नै प्रगति हुने थिए यद्यपि कोभिडलाई मध्यनजर गर्दै विकासका काम अगाडि बढाएका छौ । खाली ठाउँमा पार्क बनाउने र जीर्ण रहेका मठमन्दिरहरु निर्माण सँगै सुविधा जनक जेष्ठ नागरिक मिलन केन्द्रको निर्माणको क्रममा छौ । तिनकुनेको बुद्धपार्क बनाउनेमा हाम्रो जोडदार माग छ ।  आउँदो आर्थिक वर्षसम्म प्रायः विकास निर्माणका काम अन्तिम चरणमा पुग्ने हाम्रो आशा छ । हामीले प्रतिबद्धता गरेको विकास निर्माण कामहरु आजसम्मको प्रगति हेर्दा ८० प्रतिशत काम गरेका छौ २० प्रतिशत पनि छिटै सकिने छ । महानगर भित्र अरु वडाको तुलनामा हाम्रो वडा विकासको हिसावले अगाडि छौ । 
 
   यस वडामा फुटपाथ प्रमुख समस्याको रुपमा छ यसको व्यवस्थापनमा कस्तो निति बनाउँदै हुनुहुन्छ ?
फुटपाथ जनता हिड्नको निम्ति बनाईएको हो फुटपाथ गर्नको निम्ति हो यो समस्या जनप्रतिनिधिको अधिनमा मात्र छैन यसको समाधान गर्न महानगरपालिकाबाट नै प्रयास हुँदै आएका छन् । नगरप्रहरीको आवश्यकता नै यस समस्याको समाधानको लागि हो । हामी जनप्रतिनिधिको चासो नगएको पनि होईन तर एक हटाए दुई आउनेले झन् समस्या थपिदियो । हामीले “हाम्रो कोटेश्वर राम्रो कोटेश्वर” भन्ने नाराका साथ एक समितिबाट यस्ता समस्या हट्ने अवस्थामा पुगेको थियो तर पछिल्लो समय सिडियोको बैठकले गाडा तथा फुटपाथ पसललाई खुल्ला गरिएको निर्णय भयो यसपश्चात् अझ फैलिन पुग्यो । यो समस्यालाई दिगो र नितिगत निर्णयको आवश्यकता छ ।
 
  पक्की सडक विभिन्न योजनाका नाममा भत्काइरहेका हुन्छन् यस समस्याको हल कसरी गर्न सकिन्छ ?
यस कुरामा पनि सहमत हो किनकी मेलम्ची आयोजनाबाट हामी स्वयम् पिडित छौ । मेलम्चीले खनेको बाटो महानगरले बनाउँदैन हामी निर्वाचित हुनु अघि खनेको बाटोमा पाइप बिछ्याउने काम सके पनि बाटो पिच गरेर सकेको छैन । यस विषयमा हाम्रो वडाबाट धेरै पहल गरेका छौ तर पनि काम सम्पन्न गरेको छैन् ।
 
   विभिन्न उद्धेश्यले करको दायरा बढायो भन्ने आरोप महानगरलाई लाग्ने गरेको छ यसलाई कसरी लिनु हुन्छ ?
यसमा म सहमत छैन । यस्तो भएको जस्तो मलाई लाग्दैन ।
 
   शिक्षा र स्वास्थ्यको क्षेत्र सुधारका योजना कस्ता छन् ?
हाम्रो वडा र शिक्षा स्वास्थ्य क्षेत्र भनेको हाम्रो लागि नङ् र मासुको सम्बन्ध जस्तो रहेको छ । वडाको सबै जसो विद्यालयमा धेरै विषयमा सुधार भएको छन् । हाल विद्यालयहरु हाम्रो कोडिनेसनमा मात्र विद्यालयहरुले विभिन्न कार्यक्रम संचालन हुने गर्दछ । स्वास्थ्यको क्षेत्रमा भने हामीले नेपाल सरकारले भन्दा पनि धेरै काम गरेको महसुस गरेका छौ किनकी हामीले कोभिडको समयमा जनताको घर–घरमा नै गएर पिसिआर गर्ने र बिरामीसँग निरन्तर सम्पर्कमा रहँदै बिरामीलाई सहजिकरणको कार्यक्रम ल्याएका थियौ । आज सम्म पनि यो कार्य निरन्तर चलिरहेको छ । हाल महानगरकै पहलमा मोवाइल टोली खटिएका छन् उनिहरुले जहाँ बिरामी तथा अशक्त बिरामी छन् उनिहरुलाई सहजिकरण गर्ने गरेको छौ । महामारी मात्र होईन अन्य रोगहरुको लागि पनि हामी संवेदनशिल छौ ।
 
    अन्त्यमा के भन्न चाहनु हुन्छ ?
मेरो वडा वासीहरुमा एउटै अनुरोध छ यो महामारीमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुहोला । 
आफ्नो स्वास्थ्यको ख्याल राखेर मात्र आफ्नो दैनिकी गर्नुहोला । केही समस्या भएमा हामी जनप्रतिनिधिहरु सँग प्रत्यक्ष रुपमा सहकार्य गर्न सक्नुहुने छ ।

प्रतिक्रिया