भर्खरै

गुणस्तरीय विद्युत पुर्‍याउन प्राधिकरणको ‘आइसोलेसन थ्योरी’, अब एक ठाउँमा बत्ती जाँदा अन्यत्र असर नपर्ने

  • प्रकाशित मिति : Thu-09-Apr-2020
  • - Admin
title

 
 
काठमाडौ । विगतदेखि नै हामी बेला बेलामा झ्याप्प झ्याप्प बत्ती गएर हैरान पर्दै आएका छौं । कहिले बिजुली सर्ट भइ ठूलो क्षेत्रमा घण्टौ लाइन नआउने समस्या अहिलेपनि हट्न सकेको छैन् । सरकारले जति जति बिजुलीको खपत बढाउनमा जोड दिइरहेको छ त्यसअनुसार गुणस्तरीय विद्युत वा भरपर्दो विद्युत आपूर्ति सुनिश्चितता माथि प्रश्न उठ्नु स्वभाविक पनि छ ।
 
 
१८ घण्टा लामो लोडसेडिङ अहिले अन्त्य भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुली बढी खपत गर्न उपभोक्तालाई जोड दिइरहँदा गुणस्तरीय बिजुली पुर्‍याउन भने सकिरहेक‍ो अवस्था छैन् । तर, केही प्रयास र प्रयत्न भने गरिरहेको बताउँछ । 
 
पहिलो, प्राधिकरणले गुणस्तरीय बिजुली दिन अहिले हामी कोरोनाविरुद्द बच्न आइसोलेसनमा बसेजस्तै गरी ‘अइसोलेसनको थ्योरी’ अनुसार काम गरिरहेको छ । अर्थात कुनै एक ठाउँमा प्राविधिक गडबढीले लाइन गयो भने त्यो क्षेत्रमा मात्रै बिजुली जाने वा अन्यत्र कुनै समस्या नहुने गरि वितरण प्रणाली सुधार गरिरहेको प्राधिकरणले जनाएको छ । जस्तै, काठमाडौं उपत्यकाकै कुरा गर्दा कुनै प्राविधिक समस्याले मन्डिकाटारमा बिद्युत सेवा अवरुद्घ हुदाँ बानेश्वर वा महाराजगन्ज क्षेत्रको बिजुली नजाने गरि प्राधिकरणले काम गरेको छ ।
 
जसरी एकजनामा कोरोना संकमण देखिँदा अरुमा सर्ने भएकाले त्यसबाट बच्न छुट्टै ‘आइसोलेसन’मा बस्छौं । त्यसैगरी, कुनै प्राविधिक समस्या आइहालेमा सानो वा सिमित क्षेत्रमा मात्रै असर पुग्नेगरी प्राधिकरणले काम गरिरहेको प्रवक्ता प्रवल अधिकारी बताउँछन् । त्यसका लागि इन्जिनियरहरुलाइ तालिम, उपकरण खरिद र प्रविधि भित्र्याएर गुणस्तरीय विद्युत वितरणमा प्राधिकरण फोकस रहेको उनी बताउँछन् ।
 
दोस्रो, प्राधिकरणको अधिकांश वितरण प्रणाली ओभरहेड प्रकृतिको छ । जसले गर्दा गुणस्तरीय विद्युत र चुहावटमा पनि समस्या भइरहेको छ । यसलाई दृष्टिगत गरि प्राधिकरणले काठमाडौं उपत्यकामा वितरण प्रणाली भूमिगत गर्दैछ । दुई बर्षभित्र उपत्यकाको वितरण प्रणाली नै भूमिगत हुने प्राधिकरणको आँकलन छ । त्यसपछि उपत्यकाबाहिरका मुख्य मुख्य सहरमा पनि यो प्रविधि अवलम्बन गर्दै भरपर्दो र गुणस्तरीय बिजुली वितरण तर्फ काम भईरहेको छ ।
 
तेस्रो, भारतसँग पनि ग्रीड कनेक्टिभिटीका रुपमा छुट्टै रुट बनाइनेछ । नयाँ नयाँ प्रविधिको प्रयोग र इलेक्ट्रोनिक र स्मार्ट मिटरको प्रयोगतर्फ पनि जोड दिइएको छ । त्यतिमात्र होइन्, पुराना टान्सफर्मर फेर्ने, थप्ने, सवस्टेशन निर्माण गर्ने र लाइनको मर्मत र स्तरोन्नति गर्ने काम व्यापक रुपमा गरिरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
 
अहिले १४४ मेगावाटको कालीगण्डकी जलविद्युत आयोजनामा समस्या आयो भने देशभरीकै वितरण प्रणाली असर पुग्छ । त्यसरी हुने प्रणालीको समस्या न्युनिकरणतर्फ प्राधिकरण लागेको उनको भनाइ छ । 
अहिले ग्राहक तथा उपभोक्ता र उद्योग क्षेत्रमा गुणस्तरीय विद्युत आपूर्तिमा समस्या हुँदै आएको छ 
 
बिजुलीमा क्वान्टीटीको युद्ध सकियो स् कुलमान घिसिङ 
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिजुलीमा ुक्वान्टीटीको युद्द सकिएको मान्छन् । ‘विगतमा बिजुली नभएर लोडसेडिङ थियोे, अहिले लोडसेडिङ पनि अन्त्य भएको छ । हामीसँग चाहिएजति बिजुली छ’ उनी थप्छन, ‘अब हामी विद्युतको गुणस्तरीय आपूर्तिमा फोकस हुनुछ । त्यसअनुसार काम भएका छन् । अहिले नेपालभर करिव १२०० मेगावाट विद्युतको माग छ । सो अनुसार विद्युत उत्पादन उपलब्ध छ ।’ यता, झन्डै २८०० मेगावाटका आयोजना निर्माणाधीन छन् ।  
 
सन् २०२३ भित्र हरेक नेपाली जनतालाइ बिजुलीको पहुँचमा पुर्‍याउने सरकारको  दिर्घकालीन लक्ष्य छ । त्यसका लागि पनि विद्युत वितरण र आपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्छ ।
स्रोत ः क्यापिटल नेपाल

प्रतिक्रिया