भर्खरै

इलेक्ट्रिसियन पेशाका मार्गदर्शकको अलबिदा ! योगदान अविस्मरणीय

  • प्रकाशित मिति : Wed-18-Mar-2020
  • - Admin
title

 
नेपालमा विद्युत उत्पादनको इतिहास लामो रहेको छ । वि.स १९६८ मा बेलायतको सहयोगमा निर्माण भएको फर्पिङ जलविद्युत आयोजना नेपालको नै पहिलो जलविद्युत आयोजना हो । नेपालमा विद्युत उत्पादन सुरु भएपनि विद्युतको पहुँच घर घर सम्म पु¥याउनका लागि प्राविधिकहरुको अभाव रहेको थियो । विद्युतीय सामग्रीको उपयोग, हाउस वायरि लगायतका विषयमा धेरै मानिसलाई ज्ञान नै थिएन । काठमाण्डौ उपत्यकामा समेत इलेक्ट्रिक क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरु थिएनन् । 
 
वि.स २०२५ सालमा वीरगञ्ज उपमहानगरपालिकाका राजेन्द्र तिवारीले भारतमा गई इलेक्ट्रिसियन तालिम लिएर काठमाण्डौ आए पश्चात नै काठमाण्डौ उपत्यकामा इलेक्ट्रिसियन पेशाको सुत्रपात भएको हो । काठमाण्डौ भोटेवहालमा पहिलो पटक बिजुली पसल सञ्चालन गर्ने संगिता इलेक्ट्रिकका भरत प्रसाद शाहको अगुवाईमा नै उनले काम गर्दै आएका थिए । इलेक्ट्रिसियन पेशालाई अहिलेको यो विस्तारित रुपमा पु¥याउनका लागि उनले गरेका योगदानहरु अतुलनिय छन् । इलेक्ट्रिसियनहरुले उनलाई मार्गदर्शकका रुपमा लिने गरेका छन् । उत्पत्यका लगायत विभिन्न स्थानमा इलेक्ट्रिसियनहरुलाई इलेक्ट्रिसियन सीप सिकाई इलेक्ट्रिसियन उत्पादन गर्नमा उनले पु¥याएको योगदान अतुलनिय छ । त्यस्तै इलेक्ट्रिसियनहरु लाई एक गराई, इलेक्ट्रिसियन पेशालाई मर्यादित बनाउने, इलेक्ट्रिसियन पेशालाई सम्मानित पेशा बनाउने उद्धेश्यका साथ नेपाल इलेक्ट्रिसियन संघको स्थापनामा पनि उनले खेलेको भुमिका अविष्मरणीय रहेको छ । 
 
नेपालमा विद्युत उत्पादन क्रमिक रुपमा विस्तार भए सँगै इलेक्ट्रिसियन पेशाले पनि महत्व पाउँदै गएको छ । इलेक्ट्रिसियन पेशामा हाल हजारौँ युवा जनशक्तिहरु लागि रहेका छन् । इलेक्ट्रिसियन पेशा सुरुवात गर्ने तिवारीको २०७६ चैत २ गते भएको असामयिक निधनले इलेक्ट्रिसियन पेशाका एक अग्रज व्यक्तित्व, अभिभावक गुमेको छ । निधनले इलेक्ट्रिसियन पेशामा कार्यरत इलेक्ट्रिसियनहरु स्तब्ध भएका छन् । इलेक्ट्रिसियन पेशाका लागि मात्र नभई उनले सामाजिक हितमा विगत २५ वर्षदेखि बोलबम काँवरिया संघमा समेत सक्रिया भूमिका निर्वाह गर्दै आएका थिए । आफ्नो जीवनकालमा उनले इलेक्ट्रिसियन पेशालाई मर्यादित पेशा बनाउनका लागि दिलोज्यान दिएर कार्यमा इमान्दारीताका साथ लागि परिरहन्थ्यो ।  आज  उनले गरेका योगदानका कार्यहरु अविस्मरणीय भइरहने छन् ।             अलबिदा !

प्रतिक्रिया