भर्खरै

माथिल्लो तामाकोसीको बाँध क्षेत्रका संरचनाको प्राविधिक परीक्षण सुरु

  • प्रकाशित मिति : Mon-16-Mar-2020
  • -
title
काठमाडौं । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनाको परीक्षण सुरु भएको छ । अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले सोमबार बिहानबाट निर्माण सम्पन्न भइसकेका संरचनाको परीक्षण सुरु गरेको हो ।
 
आयोजनाको मुहान, गेट र डिसेन्डर बेसिन ९बालुवा थिग्राउने पोखरी० स्टपलग लगायत संरचनाको परीक्षण गर्न पानी भर्न सुरु गरिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । उनका अनुसार बाँध क्षेत्रका संरचना सञ्चालनमा ल्याउनु अघि परीक्षण गरेर हेर्न लागिएको हो ।
 
‘असारभित्र पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम तयार भइसकेका संरचनाको परीक्षण सुरु गरिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘परीक्षणका क्रममा संरचनाको अवस्था सही भएरनभएको हेरिनेछ ।’ संरचनाको अवस्था परीक्षण गर्न २२ गतेसम्म आयोजनाको जलाशय तथा पोखरीमा पानी भरेर राखिने पनि उनले बताए । बाँध क्षेत्रका संरचनाको परीक्षण पूरा भएपछि अन्य संरचनाको पनि क्रमशः परीक्षण गरेर हेरिने उनले बताए ।
 
परीक्षण अवधिभर तामाकोसी नदीको पानी रोक्ने र छोड्ने प्रक्रिया चलिरहने हुँदा बाँधभन्दा तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आयोजनाले आग्रह गरेको छ । नदीको पानी घटबड भइरहने हुँदा परीक्षण अवधिभर नदीमा माछा पार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, गाईबस्तु लैजाने कार्य नगर्न पनि स्थानीय समक्ष आग्रह गरिएको छ ।
 
देशकै ठूलो आयोजनाको २२ मिटर उचाई तथा ६० मिटर चौडाई भएको बाँध निर्माण गरिएको छ । बाँधमा ८ वटा गेट छन् । जसमा ४ वटाबाट निकास हुने पानी डिसेन्डर बेसिन हुँदै मुख्य सुरुङमार्फत विद्युतगृहमा पुगेर विद्युत उत्पादन हुनेछ ।
 
अहिले मुख्य सुरुङमा अन्तिम चरणको ढलान कार्य हुँदैछ । सबैभन्दा कठिन मानिएको ठोडो सुरुङमा पेनस्टक पाइप जडानको काम पनि धमाधम भइरहेको छ । बिहीबारसम्म आयोजनाको ठाडो सुरुङमा करिब ४ सय मिटर पेनस्टक पाइप जडान कार्य भइसकेको छ । बैशाखभित्र पेनस्टक पाइप जडान कार्य पूरा गरिसक्ने लक्ष्य छ ।
 
आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको ४७ मिटर खण्डमा तार तान्ने काम पूरा भएको छ ।असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः बाँकी युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने आयोजनाले जनाएको छ ।
ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago