हरेक वर्ष जब फेयर आयोजना गर्ने हाम्रो योजना छ ।

  • प्रकाशित मिति : Wed-12-Feb-2020
  • - शिव कारन्जित टिम लिडर, जब प्लेस्मेण्ट एण्ड काउन्सेलिङ्ग
title

 
वि.सं २०५६ साल देखि बालाजु स्कुल अफ इन्जिनियरि· एण्ड टेक्नोलोजी कलेजमा रहँदै आउनुभएका कलेजका जब प्लेस्मेण्ट एण्ड काउन्सेलिङ्ग युनिटका टिम ललिडरसँग नेपालमा प्राविधिक शिक्षा प्रतिको आर्कषण, कलेजले गर्दै आएका कार्य, कलेजले अध्यापन गराउने विषय, कलेजको अवस्था लगायतका विषयमा विद्युत संसारका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः 
 
 
 
बालाजु स्कुल अफ इन्जिनियरि· एण्ड टेक्नोलोजी कलेजको बारेमा बताई दिनुहोस् न । 

बालाजु  स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी कलेज नेपालको अगुवा प्राविधिक कलेज हो । स्वीस सरकारको आर्थिक सहयोगमा मेकानिकल ट्रेडिङ सेन्टरका रुपमा  वि.स २०१८ सालमा यस कलेजको स्थापना भएको हो ।  नेपालमा प्राविधिक शिक्षाको सम्भाव्यता तथा आवश्यकता महशुस गरी स्थापना भएको यस कलेजबाट स्थापनाका समयमा सामान्य मेकानिकल ट्रेडिङ मात्र दिने गरिन्थ्यो । स्यानिटेसन र इलेक्ट्रिकल ३ वर्षे कार्यक्रमहरु पनि थपिदै गयो । स्थापनाको सुरुवातमा  यस कलेजको नाम मेकानिकल ट्रेडिङ सेन्टर ९ःत्ऋ० रहेको थियो । त्यस पश्चात्  बालाजु प्राविधिक प्रशिक्षण केन्द्र नामाकरण भई  वि.स २०५७ साल देखि बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी कलेजको रुपमा यस कलेजको स्थापना भएको हो । 
 
 यस कलेजबाट हाल टि एस.एल.सी तर्फ इलेक्ट्रिकल, मेकानिकल र स्यानिटरी  विषयमा अध्यापन गराउँदै आएका छौ भने डिप्लोमा तर्फ मेकानिकल, इलेक्ट्रिकल, सिभिल, अटोमोवाइल, र अप्थाल्मिक विषयमा साथै २४ महिने इलेक्ट्रिकल, मेकानिकल र अटोमोबाइल विषयमा अध्ययन अध्यापन गराउँदै आएका छौ ।  हाल सम्म यस कलेजले टि एस. एल. सी र डिप्लोमा गरी ४ हजार ३ सय ९५ जनालाई प्रशिक्षण गरी प्राविधिक उत्पादन गरी सकेको छ । त्यस्तै कलेजबाट हाल सम्म १२ हजार भन्दा बढीलाई छोटो अवधिको  तालिम प्रदान गरी रोजगारी तर्फ उन्मुख गराउँदै आएका छौ ।
 
हालसालै मात्र यस कलेजले संचालन गरेको जब फेयर कार्यक्रम कस्तो रह्यो त्यसका बारेमा बताइदिनुहोस् न । 

 नेपालमा नै पहिलो पटक यस कलेजले जब फेयर कार्यक्रम सञ्चालन गरेको हो ।  वि.स २०७३ सालमा कलेजले पहिलो पटक जब फेयर कार्यक्रम सञ्चालन गरेका थियौं ।  विशेष गरी बालाजु कलेजबाट उत्पादित प्रशिक्षार्थीलाई लक्षित गरी हामीले जब फेयर कार्यक्रम सञ्चालन गरेका थियौ । यो वर्ष पनि हामीले कलेजले प्राविधिक एस एल सी र डिप्लोमा इन्जिनियरिङ्गका प्रशिक्षार्थीहरु लाई लक्षित गरी  माघ १४ र १५ गते दुई दिने जब फेयर कार्यक्रम सञ्चालन ग¥यौ । 
प्राविधिक जनशक्ति र उद्योगीहरु रोजगारदाता माझ एक आपसमा चिना परिचय गराउने, आफुले जानेको सीपको सदुपयोग गर्न उद्योगहरुमा अवसर सिर्जना गर्ने मुख्य उद्धेश्यका साथ जब फेयर कार्यक्रम सञ्चालन गरिएको थियो । 
जब फेयरबाट उद्योगी व्यवसायीहरुले एकै छातामुनीबाट आफुलाई आवश्यकता अनुसार मध्यम स्तरको प्राविधिक जनशक्ति रोजेर कार्यमा लगाउने, रोजगारदाताहरुले यसै वर्ष पास गरेका विगतका कार्य अनुभव भएका साथै विभिन्न क्षेत्रमा कार्य गरिरहेका प्रशिक्षार्थीहरुलाई छनोट गर्ने मौका समेत पाएका छन् । रोजगारदाता र प्रशिक्षार्थीहरु एक ठाउँमा रहेर समन्वय गराउन सकेको खण्डमा रोजगारदाता तथा प्रशिक्षार्थी दुवै लाभान्वित हुने हुँदा हामीले यो मेलाको आयोजना गरेका हौ । मेलामा २१ उद्योगीहरुको उपस्थिति रहेको थियो भने मेलालाई  ऋभ्ऋक्ष्, भ्ल्क्क्ग्च्भ्, ल्ख्त्तक्, र विभिन्न बैंकले सहयोग गरेको थियो । यस मेलामा हामीले लिएको लक्ष्य अनुरुप करिब एक हजार भन्दा बढीको उपस्थिति रहेको थियो ।  अब जब फेयर कार्यक्रम हरेक वर्ष आयोजना गर्ने हाम्रो योजना रहेको छ । 
 
 
यस कलेजले कस्ता विषयमा अध्ययन गराउँदै आएको छ ? यसका बारेमा बताईदिनुहोस् न । 

यस कलेजलमा  त्(क्भ्भ्  तर्फ तीन वटा विधामा र  डिप्लोमा तर्फ चार वटा विधामा अध्यापन गराउँदै आएका छौ  । त्(क्भ्भ्   तर्फ मेकानिकल, इलेक्ट्रिकल र स्यानेटेरी इन्जिनियरिङ्ग विषयमा अध्यापन गराउँदै आएको छौ । त्यस्तै डिप्लोमा तर्फ  मेकानिकल, इलेक्ट्रिक, सिभिल, अटोमोवाइल,  र अप्थालिम विषयमा अध्ययन गराउँदै आएका छौ । लामो अवधिको तालिममा हाल सम्म ४ हजार ३ सय ९५ जना उत्र्तिण भईसकेका छन्  । त्यस्तै छोटो अवधिका तालिमहरुमा हामीले डकर्मी, विल्डिङ इलेक्ट्रिसियन, इण्डष्ट्रि इलेक्ट्रिसियन, प्लम्बर, वेल्डर, त्यस्तै हामीले टेलरीङ्ग,  व्युटिसियन जस्ता तालिमहरु पनि हामीले सञ्चालन गर्दै आएका छौ । हामीले करिव १२ हजार भन्दा बढीलाई छोटो अवधिको तालिम प्रदान गरी सकेका छौ । 

यसले कलेजले गत वर्ष देखि औद्योगिक प्रशिक्षण (ऐप्रेन्टिेसीप)  मोडलको तालिम पनि सञ्चालन गर्दै आएको छ,  यो कस्तो प्रकारको तालिम हो ? यसका बारेमा बताई दिनुहोस् न । 
 
हामीले  गत वर्ष देखि औद्योगिक प्रशिक्षण (ऐप्रेन्टिेसीप) मोडलको २४ महिने   तालिम  सञ्चालन गर्दै  आएका छौ । यसमा इलेक्ट्रिकल विषयमा ४० र मेकानिकल विषयमा ४० जना अटोमोबाइल विषयमा २० जना प्रशिक्षार्थी रहेका छन् । यसको मूख्य उद्धेश्य भनेको गर्ने ,सिक्ने र कमाउने नै रहेको छ । यस मोडलको तालिम अन्र्तगत हामीले कलेजमा सैद्धान्तिक अध्ययन ३ महिना गराउँदछौ र २० महिना विभिन्न उद्योगहरुमा गई प्रयोगात्मक तालिम  लिने गरेका छन् । यस्तो तालिममा हामीले कलेजबाट पनि केही रकम विद्यार्थीलाई दिएका हुन्छौ भने अन द जब ट्रेनिङमा 
गएकाहरुका विद्यार्थीहरुलाई काम लगाउने उद्योगले पनि कम्तिमा श्रम ऐनले तोकेको पारिश्रमिकको २५ प्रतिशत रकम दिने गरेका छन् । हामीले ऐप्रेन्टिेसीप मोडलमा यहि वर्ष देखि २४ महिने अटोमोवाइल तालिम पनि सञ्चालन गरेका छौ । २० जना प्रशिक्षार्थी मार्फत अटोमोवाइल तालिम यो वर्ष देखि सुरु गरेका हौ । 
 
ऐप्रेन्टिेसीप मोडल तालिम नेपालका लागि कत्तिको उपयुक्त रहेको छ ?

ऐप्रेन्टिेसीप मोडलको तालिम सबै भन्दा उपयुक्त तालिम हो । उद्योगीहरुले बुझेको खण्डमा ऐप्रेन्टिेसीप मोडलको तालिम निकै नै उपयुक्त छ । त्यस्तै प्रशिक्षार्थीहरुलाई पनि यो मोडलको तालिमले केही आर्थिक सहयोग हुनुका साथै निशुल्क अध्ययन गर्न पाउने हुँदा प्रशिक्षार्थीहरुका लागि पनि यो तालिम उपयुक्त छ । त्यसैले आगामी वर्षहरुमा पनि यस्ता तालिमहरु प्रशिक्षार्थीहरुका लागि थप्दै जाने छौ । 
 
ऐप्रेन्टिेसीप मोडलको तालिम लिनका लागि कस्ता प्रक्रिया पुरा गर्नुपर्दछ ?

ऐप्रेन्टिेसीप मोडलको तालिम लिनका लागि एस.एल.सी  पास भएको हुनु पर्दछ । एस.एल.सी  पास भएका  व्यक्तिले  सिटिईभिटी तथा बालाजुबाट फर्म खुलेको समयमा फर्म भरे पश्चात प्रवेश परीक्षा र अन्र्तवार्ता लिइन्छ , दुवैमा पास भई त्यसबाट छनोट भएका प्रशिक्षार्थीहरुलाई निःशुल्क रुपमा हामीले तालिम दिने गरेका छौ । ऐप्रेन्टिेसीप मोडलको तालिममा दलित, पिछडिएका क्षेत्र, महिला, जनजाति, मधेशी लगायतका कोटाहरु रहेको हुन्छ । 
 
कलेजले सञ्चालन गर्दै आएको छोटो अवधिको तालिम दक्ष जनशक्ति उत्पादनका लागि उपयुक्त छ त ?

विगत लामो समयदेखि छोटो अवधिको तालिम हामीले सञ्चालन गर्दै आएका छौ । काम गर्नका लागि सीप नै नहुनु भन्दा कम्तीमा छोटो अवधिको तालिम लिएर काम गर्नु उपयुक्त हुन्छ भने धारणाले हामीले यस्ता तालिमहरु सञ्चालन गर्ने गरेका छौ । वैदेशिक रोजगारमा जाने तथा स्वदेशमा नै काम गर्नेहरुका लागि यस्ता किसिमको तालिम बढी मात्रामा उपयुक्त हुन्छ । हामीले इलेक्ट्रिकल, प्लम्विङ्ग र मेकानिकल विषयमा तालिम सञ्चालन गर्दै आएका छौ ।
 
प्रशिक्षार्थीहरुको सीप परीक्षण गराउने क्रममा प्रयोग हुने सामग्री समय सापेक्ष नभएको भन्ने सुनिन्छ नि । यसमा तपाई के भन्नु हुन्छ ?

प्रशिक्षार्थीहरुको सीप परीक्षण गराउने क्रममा हामीले बजारमा आएका नयाँ प्रविधियुक्त सामग्रीहरु नै प्रयोग गर्ने गरेका छौ । बजारमा आएका नयाँ मोडलका प्रविधियुक्त सामग्रीहरु  हामीले पाठ्यक्रममा नभएपनि प्रयोग गराउने गरेका छौ । 
 
ऐप्रेन्टिेसीप मोडल तथा छोटो अवधिको तालिम लिदै गरेका प्रशिक्षार्थीहरु अनुशासित भएन भन्ने गुनासा उद्योगीहरुले गर्दै आएको छ, यसमा तपाई के भन्नु हुन्छ ?

ऐप्रेन्टिेसीप मोडलको तालिम लिने तथा छोटो अवधिका तालिम लिने सबै प्रशिक्षार्थीहरु लाई हामीसँग रहँदा हामीले अनुशासित वातावरणमा नै सबैलाई अनुशासित ढंगबाट नै अध्ययन अध्यापन गराउने गरेका छौ । त्यस्तै प्रशिक्षार्थीहरु लाई उद्योगमा काम गर्न जानु पूर्व अनुशासन तथा सेटीका विषयमा ज्ञान दिएर नै पठाउने गरेका छौ । यद्यपि कुनै कुनै प्रशिक्षार्थीहरुले अनुशासनलाई उल्लङ्घन गरेको पाइन्छ, त्यस्ता प्रशिक्षार्थीहरुलाई हामीले सम्झाउने गरेका छौ । त्यस्तै उद्योगीहरु पनि एक प्रकारको प्रशिक्षक नै हो । गत वर्षका तुलनामा यस वर्ष सुधार हुँदै गएकोे हामीले महशुस गरेका छौ । हाम्रा कमी कमजोरीहरु सुधारका लागि हामीले प्रशिक्षार्थीहरुसँग रहेर ओरेन्टेसन पनि दिदै आएका 
छौ ।
 
कलेजलाई अघि बढाउनका लागि आगामी दिनमा कस्ता योजना ल्याउँदै हुनुहुन्छ ? 

९ जना प्रशिक्षार्थीहरुका साथ सुरु भएको यस कलेजले हाल आएर वार्षिक एक हजार भन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ । हाम्रो प्रमुख लक्ष्य भनेको बढी भन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरेर देशको विकासमा सहयोग गर्नु हो । हाम्रो आगामी दिनमा वार्षिक ३ हजार देखि ५ हजार सम्मको संख्यामा प्राविधिकहरु उत्पादन गर्ने लक्ष्य रहेको छ । 
 
अन्त्यमा के भन्न चाहनुहुन्छ ?

प्राविधिक शिक्षा देश विकासको आधार हो । प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पु¥याउन सरकारले पहल गरी हरेक स्थानीय निकायमा एउटा प्राविधिक शिक्षालय खोल्नुपर्दछ । प्राविधिक शिक्षाको महत्वको बारेमा जागरण अभियान सञ्चालन गर्नुपर्छ । र रोजगार मेलामा सहयोग गर्नुुुहुने सबैलाई धन्यवाद दिन चाहान्छु ।

प्रतिक्रिया