भर्खरै

विद्युतीय सामग्रीको गुणस्तरका सम्बन्धमा उपभोक्ता सचेत हुन जरुरी छ

  • प्रकाशित मिति : Wed-01-Jan-2020
  • - नवीन कुमार अग्रवाल अध्यक्ष, मोरङ्ग इलेक्ट्रिक संघ
title

 
विराटनगरमा रहेर विद्युतीय व्यवसाय क्षेत्रमा लामो समय देखि कार्य गर्दै आउनुभएका मोर· इलेक्ट्रिक संघका नवनिर्वाचित अध्यक्ष नवीन कुमार अग्रवालसँग मोर· जिल्लामा विद्युतीय व्यवसायीहरुको अवस्था, व्यवसायीहरुले भोग्दै आएको समस्या, व्यवसायीहरुलाई सरकारले दिएको प्राथमिकता, संघले व्यावसायिक हितका लागि गर्दै आएको कार्य, संघको आगामी कार्ययोजना लगायतका विषयमा विद्युतसंसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

 
 
 मोरङ्ग इलेक्ट्रिक संघले विद्युतीय व्यवसायीहरुको  हितका लागि कस्ता कार्य गर्दै आएको छ ? 

मोरङ्ग इलेक्ट्रिक संघ विद्युतीय व्यवसायीहरुको हक हितका लागि काम गर्दै आएको संघ हो । विशेष गरी पूर्वी नेपालका विद्युतीय व्यवसायीहरुलाई यस संघले समेट्दै आएको छ । छरिएर रहेका विद्युतीय व्यवसायीहरु
लाई एकिकृत गराउने कार्यमा संघ लागि पर्दै आएको छ । कतिपय विद्युतीय व्यवसायीहरु अझै पनि संघमा आवद्ध हुन सकेका छैनन् ,संघमा आवद्ध नभएका व्यवसायीहरुलाई संघमा आवद्ध गराउने र विद्युतीय व्यवसायी क्षेत्रमा आउने समस्याहरुको समाधान गर्दै जाने हाम्रो योजना रहेको छ । त्यस्तै संघ विद्युतीय व्यवसायीहरुको हकहितका लागि मात्र नभई सामाजिक कार्यमा पनि लागि पर्दै आएको छ । विभिन्न सामाजिक सेवामुलक क्षेत्रमा पनि काम गर्दै संघलाई अघि बढाउने योजनामा छौ । 
 
विद्युतीय व्यवसायीहरु संघमा आवद्ध हुनुपर्ने मूख्य कारण के हो ? संघले व्यवसायीहरुको संरक्षण कसरी गर्दै आएको छ ?

मोरङ्ग इलेक्ट्रिक संघ विद्युतीय व्यवसायीहरुको हकहित तथा अधिकारका लागि स्थापना भएको संघ हो । यस संघ व्यवसायीहरुको हितका लागि नै स्थापना भएको हुँदा व्यवसायीहरु यस संघमा आवद्ध हुनु पर्दछ । संघमा सानादेखि ठूला  सबै विद्युतीय व्यवसायीहरु  आवद्ध हुन सक्छन् । विद्युतीय व्यवसायीहरुका समस्या एकै प्रकारको हुने हुँदा ति व्यवसायीहरुको समस्या समाधानका लागि सम्बन्धित निकाय सम्म व्यवसायीहरुको आवाज पु¥याउने कार्य संघले गर्दै  आएको छ । त्यस्तै व्यवसायीहरुलाई  भिसिटिएस,ट्याक्स, भ्याट सम्बन्धि तालिम आवश्यक परेको खण्डमा संघले विभिन्न निकायसँग समन्वय गरी तालिम प्रदान गर्दै आएको छ । 
 
 
संघमा हालसम्म कति व्यवसायीहरु आवद्ध रहेका छन् ? यसका बारेमा बताइदिनुहोस् न ।

विराटनगर औद्योगिक क्षेत्र हो । व्यावसायिक दृष्टिकोणले पनि यो ठाउँ महत्वपूर्ण रहेको छ । हरेक क्षेत्रका व्यवसायीहरु यस ठाउँमा रहेका छन् । विद्युतीय व्यवसायीहरु पनि यस ठाउँमा प्रशस्त रहेका छन् । यद्यपि सबै व्यवसायीहरु संघमा आवद्ध हुन सकेका छैनन् । हाल सम्म  संघमा ८५ जना भन्दा बढी व्यवसायी सदस्यहरु आवद्ध रहेका छन् । हामीले संघमा एशोसिएट सदस्यहरुलाई पनि आवद्ध गराउँदै आएका छौ । हाम्रो संघमा राठी केबुल, महालक्ष्मी केबुल ,एन.जी इलेक्ट्रो पावर र प्राइम केबुल एशोसिएट सदस्यका रुपमा आवद्ध रहेका छन् ।  मोरङ्ग जिल्लाका सबै व्यवसायीहरुलाई आवद्ध गराउने हाम्रो उद्धेश्य रहेको छ । सबै व्यवसायीहरुलाई संघको बारेमा जानकारी नभएको हुँदा संघमा व्यवसायीहरु आवद्ध भएका छैनन् । व्यवसायीहरुलाई संघमा आवद्ध गराउनका लागि संघको महत्व बारे व्यवसायीहरुलाई जानकारी दिने र संघमा धेरै भन्दा धेरै व्यवसायीहरुलाई आवद्ध गराउने योजनामा छौ । 
 
यस संघमा आवद्ध हुन कति शुल्क लाग्छ ? यसको बारेमा बताइदिनुहोस् न ।

यस संघमा आवद्ध हुनका लागि साधारण सदस्यका लागि १५ सय रुपैयाँ, आजीवन सदस्य शुल्क १५ हजार रुपैयाँ र एशोसिएट सदस्य शुल्क १५ हजार रुपैयाँ कायम गर्दै आएका छौ । त्यस्तै नवीकरणका लागि साधारण सदस्यको एक हजार रुपैयाँ र एशोसिएट सदस्यको लागि ५ हजार रुपैयाँ निर्धारण गरेका छौ । 
 
व्यवसायीहरुको व्यावसायिक सुरक्षाका लागि संघले बीमाको योजना ल्याएको छ या छैन ?

विद्युतीय व्यवसायीहरुको सामान चोरी हुुँदा, अचानक आगलागी भई धनजनको क्षति हँुदा व्यवसायीहरुको व्यावसायिक सुरक्षाका लागि संघले बीमाको व्यवस्था गरेको छैन । यद्यपि व्यावसायिक सुरक्षाका लागि बीमा आवश्यक भएकाले यस विषयमा हामी आगामी दिनमा छलफल गर्नेछौ । 
 
विद्युतीय समग्री आयात गर्दा भन्सारमा व्यवसायीहरुले कस्ता समस्या भोग्दै आएका छन् ?

मोरङ्ग भारत सँग सिमाना जोडिएको जिल्ला हो । विशेष गरी विराटनगर बजार क्षेत्र र भारतीय बजार क्षेत्र नजिक छ । सिमाना जोडिएका कारण यहाँका व्यवसायीहरु अझ बढी मारमा परेका छन् । हामीले सामग्री आयात गर्दा भन्सार तिरेर आयात गर्ने गरेका छौ  । भन्सार तिरेर ल्याएका सामग्री बिक्रि गर्दा उपभोक्तालाई महंगो पर्न जान्छ । तसर्थ भारतीय बजार नजिकै भएको हुँदा  हामीले ल्याएका सामग्रीहरु भन्दा भारतीय बजारमा ति सामग्रीहरु सस्तो पर्न जाने हुँदा उपभोक्ताहरु भारतीय बजारमा नै सामग्री खरिद गर्ने गर्दछन् । यस्तो समस्या हामी विद्युतीय व्यवसायीहरु मात्र नभई अन्य व्यवसायीहरुले पनि भोग्दै आएका छन् । त्यस्तै  बैंकबाट ऋण लिदा ब्याजदरमा हुने घटबढका कारण अझै व्यवसायीहरु मारमा पर्ने गरेका छन् ।  
 
तपाई संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ, यस संघलाई अघि बढाउन कस्ता योजनाहरु ल्याउनुभएको छ ?

विद्युतीय व्यवसायीहरुको हकहितका लागि संघ स्थापना भएको हो  । आगामी दिन पनि व्यवसायीहरुलाई परेको कुनै पनि समस्या, उनीहरुको आवश्यकता, मागलाई  सम्बोधन गर्दै अघि बढ्ने योजनामा छौ । त्यस्तै व्यवसायीहरुलाई  महासंघसँग समन्वय गरी आवश्यकता अनुसार तालिम प्रदान गर्ने, व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि गर्न तालिम संचालन गर्ने योजनामा छौ । त्यस्तै सामाजिक कार्यहरु पनि सञ्चालन गर्दै जाने छौ ।   
 
 
नेपाल विद्युतीय व्यवसायी महासंघ र जिल्ला संघ बीच खटपट आएको भन्ने सुनिएको थियो, यसमा तपाई के भन्नुहुन्छ ?

नेपाल विद्युतीय व्यवसायी महासंघ देशभर रहेका जिल्ला संघहरुको छाता संगठन हो । महासंघले व्यावसायिक हितका लागि नै कार्य गर्दै आएको छ । महासंघ परिवार हो भने जिल्ला संघ त्यसको सदस्य हो । कहिले काही परिवारका सदस्य बीच खटपट आउनु स्वभाविक हो । कुनै पनि विषयमा  विचार विमर्श नभई निचोड आउँदैन तसर्थ विचार विमर्श हुनुपर्दछ । यो प्रजातान्त्रिक अभ्यास पनि हो । हामीले यसलाई अन्यथा लिनु उचित हुँदैन ।
 
महासंघले जिल्ला संघका लागि कस्ता कार्य गर्नु आवश्यक छ ?

महासंघ सबै जिल्ला संघको साझा संगठन हो । जिल्ला संघमा आवद्ध व्यवसायीहरुको समस्या, उनिहरुको आवश्यकता लगायतका विषयमा सरकार तथा सम्बन्धित निकाय सम्म  आवाज पु¥याउने काम महासंघले गर्दै आएको छ । आमागी दिनमा पनि व्यवसायीहरुको मागको सम्बोधन गर्दै महासंघ अघि बढ्नु पर्दछ । 
 
विद्युतीय सामग्रीहरुको गुणस्तरका विषयमा के भन्नुहुन्छ ?

बजारमा गुणस्तयुक्त र गुणस्तरहिन दुवै प्रकारका विद्युतीय सामग्रीहरु पाइन्छ । विद्युतीय सामग्रीको गुणस्तरका सम्बन्धमा उपभोक्ता पनि सचेत हुन जरुरी छ । गुणस्तरी सामग्री गुणस्तरहिन सामग्रीको तुलनामा केही महंगो हुने गर्दछ । तसर्थ  उपभोक्ताले सस्तो मूल्यका विद्युतीय सामग्रीलाई भन्दा केही महंगो मूल्यको गुणस्तरयुक्त सामग्री खपत गर्न आग्रह गर्दछु । 
 
विद्युतीय व्यवसायी र इलेक्ट्रिसियन बीच कस्तो सम्बन्ध रहेको छ ?

इलेक्ट्रिसियन र विद्युतीय व्यवसायी बीच निकट सम्बन्ध रहेको छ । व्यवसायीको व्यवसाय प्रर्वद्धनमा इलेक्ट्रिसियनहरुको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ । उपभोक्ता र व्यवसायीहरु बीच इलेक्ट्रिसियनहरुले नै सम्बन्ध स्थापित गराउन सहयोग पु¥याउँदछ । तर इलेक्ट्रिसियनहरुका लागि नेपालमा कुनै पनि शिक्षा प्रणाली नभएको हुँदा छोटो समयको तालिम लिएर इलेक्ट्रिसियनहरुले काम गरिरहेका हुन्छन् । त्यस्तै कतिपय इलेक्ट्रिसियनहरु तालिम नै नलिई काम गर्ने हुँदा दक्ष इलेक्ट्रिसियनहरुको अभाव रहेको छ । इलेक्ट्रिसियनहरुलाई दक्ष बनाउनका लागि शिक्षा दिन जरुरी छ ।
 
नेपाल हाल लोडसेडिङ्ग मुक्त भइसकेको छ, यसले विद्युतीय व्यवसायी क्षेत्रलाई कत्तिको फाईदा पु¥याएको छ ?

नेपालमा लोडसेडिङ्ग अन्त्य भए पश्चात भने विद्युतीय व्यवसायीहरुलाई फाइदा भएको छ । नयाँ नयाँ प्रविधिका विद्युतीय सामग्री भित्रने तथा त्यसको प्रयोगमा उपभोक्ताले रुचि देखाउने हुँदा विद्युतीय व्यवसायीहरुलाई फाइदा पुगेकोे छ । त्यस्तै नेपालमा आगामी  वर्ष देखि जलविद्युत उत्पादन बढ्दै छ, विद्युत खेरजान नदिनका लागि इन्डक्सन चुल्हो प्रयोगमा ल्याउन सकिन्छ । एलपि ग्यास भन्दा इन्डक्सन चुल्होबाट खाना पकाउँदा सस्तो पर्ने हुँदा इन्डक्सन चुल्हो प्रयोगमा ल्याउनु पर्दछ । यसका लागि सरकारले आम जनतामा जनचेतना फैलाउनु आवश्यक छ । इन्डक्सन चुल्होबाट खाना पकाउँदा नेपालकै स्रोत साधनको प्रयोग हुने र भारतसँगको परनिर्भरता पनि घट्ने छ ।
 
अर्थि·मा प्रयोग हुने विद्युतीय सामग्री गुणस्तरयुक्त हुँदैन भन्ने सुनिएको छ यसमा तपाई के भन्नु हुन्छ ?

चट्याङ्गबाट बच्नका लागि कुनै पनि भौतिक संरचना निर्माण गरे पश्चात अर्थिङ्ग गर्नु आवश्यक छ । अर्थिङ्गमा प्रयोग हुने सामग्री गुणस्तरयुक्त छैनन् भन्दा पनि अर्थिङ्ग जडान कसरी गरेको छ त्यसमा पनि भर पर्दछ ।  यसमा व्यवसायीहरु मात्रै दोषी हुँदैनन्, इलेक्ट्रिसियनहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यस्तै् विद्युत प्राधिकरणले पनि अर्थिङ्ग गरेको छ या छैन, कसरी अर्थिङ्ग गरेको छ सो विषयको  निरिक्षण गर्नु पर्दछ । 
 
अन्त्यमा के भन्न चाहनुहुन्छ ?

उपभोक्ताले विद्युतीयसामग्री खरीद गर्दा गुणस्तरयुक्र विद्युतीय सामग्री खरिद गर्न आग्रह गर्दछु । मूल्यलाई मात्र नहेरी सामग्रीको गुणस्तर कस्तो छ, त्यसले कस्तो फाइदा पु¥याउँछ भन्ने विषयमा ध्यान दिनुपर्दछ ।

प्रतिक्रिया