भर्खरै

केयुको ‘हाइड्रो हिमालय’ आयोजना, क्षेत्रीय बजारसम्म दक्ष जनशक्ति उत्पादनको लक्ष्य

  • प्रकाशित मिति : शुक्र, पौष १०, २०७७
  • - Admin
title
पुस १० काठमाडौं । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्व विद्यालय (केयु) ले जलविद्युतको व्यावसायिक विकास गर्न ‘हाइड्रो हिमालय’ आयोजना सञ्चालन गर्ने भएको छ । केयुले नर्वेजियन एजेन्सी फर डेभपलमेन्ट कर्पोरेशन (नोराड) को आर्थिक सहयोगमा अनुसन्धानमा आधारित शिक्षा कार्यक्रमका लागि बहुवर्षिय आयोजना सञ्चालन गर्न लागेको हो ।
 
चालू आर्थिक वर्षबाटै आयोजना कार्यान्वयनमा आउन लागेको केयुका प्राध्यापक एवं आयोजनाको संस्थापक सम्पर्क व्यक्ति भोला थापाले बताए । उनका अनुसार ६ वर्षका लागि सञ्चालन हुने आयोजना कार्यान्वयन गर्न ३० करोड ६० लाख रुपैयाँ लागत छुट्याइएको छ । 
 
‘केयुले विगतदेखि नै जलविद्युत क्षेत्रको विकासका लागि विविध कार्यक्रम गर्दै आइरहेको छ,’ उनले भने, ‘यही वर्षबाट अनुसन्धानमा आधारित शिक्षाका लागि हाइड्रो हिमालय आयोजना सुरु हुँदैछ ।’ उनले आयोजना सञ्चालन गर्न नोराडसँग सहकार्य गरिएको बताए ।
 
नोराडले आयोजना कार्यान्वयन गर्न नर्वेजियन विज्ञान तथा प्रविधि विश्व विद्यालय ९एनटिएनआर० को अगुवाई रहने गरी केयुलाई सिफारिस गरेको पनि थापाले बताए । आयोजना कार्यान्वयन गर्न चीनको वुहान विश्व विद्यालय र साउथ इस्टर्न नर्वे विश्व विद्यालयसँग पनि सहकार्य गरिने भएको छ । हिमालयन विश्व विद्यालय कन्र्सोटियम (एचयुसी) लाई क्षेत्रीयरूपमा सहयोग पुर्याउने जिम्मेवारी तोकिएको छ । 
 
जलविद्युत इन्जिनियरिङको क्षेत्रमा केयुमा अनुसन्धानमा आधारित शिक्षाको विकासका लागि आयोजनाले काम गर्नेछ । उनले केयुमा विकसित शैक्षिक एवं अनुसन्धानबाट प्राप्त उपलब्धीलाई नेपाल हुँदै दक्षिण एसियाली बजारसम्म पुर्याउने दाबी गरे । 
 
‘आयोजनाले हिमाली भेगमा जलविद्युतकोे प्रभावकारी उत्पादन, प्रसारण तथा वितरणको क्षेत्रमा एकिकृत अनुसन्धान गर्छ । विभिन्न विश्व विद्यालयसँगको सहकार्यमा हुने अध्ययन अनुसन्धानबाट जलविद्युतको विकासमा सहयोग पुग्ने ज्ञाप, सिप तथा प्रविधिको विकास हुनेछ भन्ने विश्वास लिएको छु’ थापाले भने । 
 
आयोजनाले क्षेत्रीय स्तरमै जलविद्युत उत्पादन गर्दा पानीमा मिसिएर जाने बालुवाले जलविद्युतगृहको उपकरणमा पुर्याउने क्षति न्युनिकरण गर्ने चुनौतीका लागि नयाँ प्रविधिको विकास तथा खेर जाने ऊर्जाको प्रभावकारी उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे अनुसन्धान गर्नेछ ।
 
केयुले साढे २ दशक बढी समयदेखि नर्वे र एनटीएनयुसँग मिलेर जलविद्युत इन्जिनियरिङ शिक्षाको क्षेत्रमा काम गर्दै आएको सहायक प्राध्यापक विराज सिंह थापाले बताए । उनका अनुसार अहिले केयुले गर्दै आएको अनुसन्धानमा आधारित शिक्षको प्रभाव क्षेत्रीय तहसम्म देखिन थालेको छ । 
 
केयुको अनुसन्धानमा आधारित शिक्षा प्रणालीको प्रभाव क्षेत्रीयरूपमै पर्न थालेपछि पछिल्लो पटक दक्षिण कोरिया, भारत र चीनको विश्व विद्यालय पनि संयुक्तरूपमा अनुसन्धान गर्न आफुहरूसँग जोडिएको उनले बताए ।
 
यसअघि गत मंसिर ३० गते  (डिसेम्बर १५) मा केयु र चीनको वुहान विश्व विद्यालयले संयुक्तरूपमा ‘हिमालयन क्षेत्रका लागि जलविद्युत अनुसन्धान केन्द्र (एचआरसीआरआर)’ स्थापना गरेका थिए । हिमाली क्षेत्रमा जलविद्युत विकासलाई व्यवस्थित र उत्पादनमुलक बनाउने उद्देश्यले अनुसन्धान केन्द्र स्थापना गरिएको हो । –ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago