‘सरकारी कार्यक्रमले एउटा विकट ठाउँको भौतिक विकासमा नै परिवर्तन ल्याउँदछ भन्ने उदाहरण कालिगण्डकी बहुप्राविधिक शिक्षालयलाई लिन सकिन्छ’

  • प्रकाशित मिति : बुध, पौष ८, २०७७
  • - गोविन्द पौडेल, प्रमुख, कालिगण्डकी बहुप्राविधिक शिक्षालय, घिरिङ्ग तनहुँ
title

बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजि कलेजबाट आफ्नो पठाई सुरु गर्नुभएका उहाँ कामको शिलशिलामा ललितपुर महानगपालिका, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्र्तगत भेरी प्राविधिक शिक्षालय नेपालगञ्ज, राष्ट्रिय सीप परीक्षण समिति (सीटीईभीटी) लगायत संस्थामा आफ्नो दुई दशक लामो प्राविधिक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका गोविन्द पौडेल विगत तीन वर्ष देखि कालिगण्डकी बहुप्राविधिक शिक्षालय तनहँुमा शिक्षालय प्रमुखमा कार्यरत हुनुहुन्छ । उनै शिक्षालय प्रमुख पौडेलसँग विद्युत संसारका सम्पादक भीमलाल श्रेष्ठले गरेका कुराकानीको अशं. 
 
-गोविन्द पौडेल, प्रमुख, कालिगण्डकी बहुप्राविधिक शिक्षालय, घिरिङ्ग तनहुँ

नेपालमा प्र्राविधिक शिक्षाको स्थापना र उद्धेश्यको बारेमा छोटकरीमा परिचय बताईदिनु होस् न ?
प्राविधिक शिक्षा भन्नाले गरिखाने सीपयुक्त शिक्षा भन्ने बुझिन्छ आफैले काम गरेर आफ्नो रोजिरोटीको लागि अग्रसर गराउँदछ जसले राज्यको आयआर्जन तथा अर्थोपार्जनको मेरुदण्डको विशेष भुमिका निर्वाह गरेको हुन्छ । विगत लामो समयदेखि साधारण शिक्षाबाट बढ्दै गरेको विकासक्रम अनुसार आवश्यक उपयुक्त जनशक्ति उत्पादन गर्न नसकेको र बेरोजगार सिर्जना गरेको साथसाथै अन्र्तराष्ट्रिय शिक्षासँग प्रतिस्पर्धा गर्ने क्षमता नभएकाले प्राविधिक शिक्षालाई बढी प्राथमिकता दिइएको पाईन्छ । 
राज्यमा प्राविधिक शिक्षाको आवश्यकता किन प¥यो भन्ने कुरा महत्वपूर्ण हुन्छ जहाँकी एउटा व्यक्तिले गरेको कामको मुल्याङकन कसरी हुन्छ भन्ने विषयमा चासो दिए सँगै २००७ सालदेखि टेक्सटायल सम्बन्धी सीपको प्रशिक्षण गर्न शुरु भएको पाईन्छ । पछि २०११ सालमा सिभिल इन्जिनियरीङमा २ वर्षे ओभरसियर कार्यक्रम शुरु भए यता विभिन्न तहका व्यक्तिलाई तालिम दिने उद्धेश्यका साथ २०१६ सालमा इन्जिनियरीङ अध्ययन संस्थानको रुपमा सानो ठिमी स्थित भक्तपुर क्याम्पसमा साधारण र प्राविधिक धारका  शिक्षा मात्र नभएर पछि व्यावसायिक सीप र साधारण शिक्षाको अध्ययन सुरु भएको पाइन्छ, त्यसैक्रममा बालाजु यन्त्रशाला परिसरमा औद्योगिक क्षेत्रको स्तरोउन्नति गर्नको लागि दक्ष जनशक्ति उत्पादन गर्न विसं २०१८ सालमा मेकानिकल टे«निङ्ग सेन्टर हालको बालाजु स्कूल अफ इन्जिनियरीङ एण्ड टेक्नोलोजी स्थापना गरी उद्योगलाई आवश्यक पर्ने जनशक्ति तयार गरिएको पाइन्छ । पछि प्राविधिक शिक्षाको विस्तार क्रमशः यसको अझ विस्तारित हुने क्रममा २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धति योजना नेपाल सरकारले नेपालको शैक्षिक विकासको लागि उक्त योजना तयार भएको पाइन्छ । जसले प्रत्येक सरकारी विद्यालयमा व्यावसायिक शिक्षा सुरु गर्न माध्यमिक विद्यालयमा दुई धारको प्राविधिक शिक्षा र साधारण शिक्षा सुरु भएको पाईन्छ । 
यद्यपी स्थानीय स्तरबाट केही कठिनाईहरु आएसँगै यो धेरैे समय सम्म टिक्न सकेन यो सँगै पुन २०३७ सालमा प्राविधिक शिक्षा निर्देशनालयको स्थपाना भयो । जसले प्राविधिक शिक्षालाई अलगै धारको शिक्षामा संचालन गर्नुपर्दछ भन्ने सोचबाट २०३८ को राष्ट्रिय सवाङ्र्गि्रण पद्धति योजना २०३८, राष्ट्रिय शिक्षा पद्धतिले प्राविधिक शिक्षालाई साधारण धार र प्राविधिक धार भनेर छुट्टाईएको  पाइन्छ, जसको फलस्वरुप नेपाल सरकार शिक्षा मन्त्रालय अन्तगर्त एउटा छुट्टै प्राविधिक शिक्षा गठन गरी उक्त कमिटिले प्राविधिक शिक्षालाई पुस्तान्तरण गर्दै व्यावसायिक शिक्षाका रुपमा अगाडी बढाउन तथा निम्न तथा मध्यम स्तरीय जनशक्ति उत्पादन गर्नको लागि एकेडेमिक रुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) २०४५ सालमा स्थापना भएसँगै प्राविधिक शिक्षाको पूर्णता भएको पाईन्छ । सो समय संगै प्राविधिक शिक्षाको विस्तार भएको थियो जस्तैः स्वास्थ्य, कृषि र इन्जिनियरिङ्ग  विषयमा २९ महिने कार्यक्रम (प्राविधिक एस एल सी) संचालन भएको थियो । साथै यसको विस्तारको क्रममा २०५७ बाट डिप्लोमा कार्यक्रम शुरु भएबाट व्यापक रुपमा फष्टाउँदै गएको पाइन्छ । 
 
कालिगण्डकी बहुप्राविधिक शिक्षालयका स्थापना कसरी हुन पुग्यो ?
गण्डकी प्रदेशको तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिकाको पुट्टारमा स्थापित शिक्षालयमा वन विज्ञानको अध्यायन हुने भनेर २०७३÷०७४ सालमा पूर्वाधारको सम्भाव्यता अध्यायन गरी परिषद्बाट पूर्णरुपमा प्रक्रिया गरी २०७५ साल भाद्र २१ गतेकोे मन्त्रि परिषद्को बैठकले कालिगण्डकी बहुप्राविधिक शिक्षालयलाई विधिवत रुपमा सरकारी जग्गा ३० वर्षका लागि लीजमा उपलब्ध गराउने र सोही स्थानमा शिक्षालय स्थापना गर्ने निर्णय भएको पाइन्छ । राज्यले प्राविधिक शिक्षालाई स्थानीयस्तर सम्म पु¥याउन पहल गर्दै गर्दा यस कालिगण्डकी बहुप्राविधिक शिक्षालय स्थापना हुन पुगेको हो ।  
२०७५ साल असोज महिनाबाट विधिवत रुपमा कार्यालय स्थापना भई सोही वर्षको मंसिर २ गतेबाट स्थानीय उपभोक्ताहरुसँग छलफल गरी हाललाई संगै रहेको कृष्ण माध्यमिक विद्यालयसंग समन्वय गरी  पठनपाठन  समेत शुरु गरियो । शिक्षालयको भौतिक सरंचनाहरुको निर्माण र पठनपाठन एकै साथ अगाडी बढाउने भन्ने निर्णय अनुसार हामी आज तेस्रो वर्षको पाईला टेक्दैछौ । 
७२ रोपनी १० आनामा फैलिएको यस कालिगण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचनाको निर्माणमा निरन्तर रुपमा प्राथमिकता दिदै आएका छौ । हाल यस शिक्षालयमा अध्ययनरत डिप्लोमा ईन वन विज्ञान (आइएस्सी फरेष्ट्री) तर्फ ४० जना विद्यार्थीको कोटा अनुरुप पहिलो ब्याचमा ३७ जना, दोस्रो ब्याचमा  ४० जना भर्ना भएपनि विविध कारणले ३४ जना अध्ययनरत थिए साथै यो वर्ष अथवा तेस्रो ब्याचमा ३८ जना भर्ना भई अध्यायनरत छन् ।
 
आउने आगामी शैक्षिक सत्रमा हामीले विद्यार्थीहरुको लागी एउटा नर्सरी तयार गराउने यसबाट विद्यार्थीको लागि केही सिक्ने मौका मिल्ने र उनिहरु मार्फतनै केही कमाउ हाम्रो लक्ष्य हो । कमाएको ४० प्रतिशत विद्यार्थी आफैले पाउने, २५ प्रतिशत प्रशिक्षार्थीहरुलाई उपलब्ध गराउने र बाँकी रहेको रकम शिक्षालयको कोषमा जम्मा गर्ने योजना हामीले बनाएका छौ ।
 
वन विज्ञान अध्यायनको विषयमा केही बताईदिनुहोसन ?
नेपालमा ४४.७४५ जमिन वनले ढाकिएको छ र यसको व्यवस्थापनको लागि धेरै मात्रामा वन प्राविधिकको माग रहिआएको छ । डिप्लोमा इन फरेष्ट्रीमा त्यहाँ रहेका रुख बिरुवा मात्र नभएर त्यहाँ रहिआएका वन्यजन्तु, पानी माटो र वरिपरिका समुदायकको बारेमा समेत अध्ययन गराइन्छ  । डिप्लोमा इन फरेष्ट्री अध्ययन पश्चात सरकारी तथा गैरसरकारी संस्थामा यसै सम्बन्धि रोजगारी प्राप्त गर्न सकिन्छ अथवा थप अध्ययनको लागि ब्याचलर इन फरेष्ट्रीमा भर्ना हुन सकिन्छ । सरकारी क्षेत्रमा वन तथा वातावरण मन्त्रालयको मातहतमा रहने  वन विभाग र वन अनुसन्धान तथा सर्भे विभाग अन्र्तगतको फरेस्टर र रेन्जर पद तथा सोहि मन्त्रालयको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभाग अन्र्तगतको जुनियर र सिनियर ग्याम स्काउट पदमा प्रतिस्पर्धा गर्न पाइने छ । ब्याचलर इन फरेष्ट्री पढ्नको लागि त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले आवेदन माग गर्दछन र प्रवेश परिक्षा संचालन गरी विद्यार्थी भर्ना लिने गर्दछन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको पोखरा र हेटौडा क्याम्पसमा ४० वटा कोटामा  छात्रवृत्ति र ४० वटा कोटामा स–शुल्क गरी ८०÷८० जना विद्यार्थी भर्ना हुन पाउनेछन् साथै सोहि विश्वविद्यालय अन्र्तगतको काठमाण्डौ वन क्याम्पसमा ५ वटा कोटामा  छात्रवृत्ति र ४५ वटा कोटामा स–शुल्क सहित ५० जना विद्यार्थी भर्ना हुन पाउनेछन् र कृषि तथा वन विश्वविद्यालय र पुर्वाञ्चल विश्वविद्यालयले पनि वर्षेनी क्रमश ८० र १०० जना विद्यार्थीको भर्नाको लागि आवेदन माग्दै आएका छन् ।
 
आफैमा कालिगण्डकी बहुप्राविधिक शिक्षालय नयाँ शिक्षालय हो यसैले स्थानीय निकायबाट कस्तो सहयोग पाउँदै आउनु भएको छ ?
सुरुको समयमा यहाँका स्थानीयलाई हाम्रो अध्ययनको विषय बुझाउन निकै सकस परेको अवस्था थियो । तनहुँ जिल्लाको विकट ठाउँमा शिक्षालय अवस्थित भएको हुँदा यहाँसम्म आईपुग्नलाई पहुँचमार्गको सहज स्थिति थिएन । हाल बाटोको केही सहज भएको अवस्था छ, हामी आएको समयमा यहाँ बिजुलीको पुर्वाधार समेत खडा भएको थिएन । हाल स्थानीय उपभोक्ता प्रदेश सरकार र प्राधिकरणको समन्वयमा   गत भदौ १ गतेबाट विद्युतको पहुँच समेत पुगेको अवस्था छ । त्यसैगरी शुद्ध खानेपानीको व्यवस्थापनको लागि समेत पहल भइरहेको पाएका छौं । हामी इन्टरनेटको सुविधाबाट वञ्चित थियौ तर आज हाम्रो पहलका कारण इन्टरनेट सुविधा प्राप्त भई कोरोना महामारी कोभिड (१९ चलिरहदा अनलाईन कक्षा संचालनमा समेत सहज भएको छ जसकारण यहाँका स्थानियले सिटिइभीटीको महत्व बुझ्दै सकारात्मक सन्देश मात्र नभई स्थानिय स्तरकै भौतिक विकासमा अग्रसरता देखाएको पाइन्छ । आजको समयमा यहाँका स्थानीय उपभोक्ता ,समाजसेवी, शुभचिन्तकले नै यस शिक्षालयलाई आफ्नो सम्पतिको रुपमा बुझ्न थालेका छन् । 
तनहँुको जिल्लाको कर्णाली प्रदेशको रुपमा चिनिने यस घिरिङ्ग गाउँपालिकाको यस कालिगण्डकी बहु प्राविधिक शिक्षालयले मुहार फेरिदिएको छ  र सरकारी कार्यक्रमले एउटा विकट ठाउँको भौतिक विकासमा नै परिवर्तन ल्याउँछ भन्ने एउटा उदाहरणीय रुपमा कालिगण्डकी बहुप्राविधिक शिक्षालयलाई समेत लिन सकिन्छ । शिक्षालय स्थापनासँगै यस ठाउँको पूर्वाधार विकास तीव्ररुपमा  अघि बढिरहेको छ र हामीले  विद्यार्थीको अध्ययन सहज होस् भन्ने मन सायले शैक्षिक भवनका साथै आवासको सुविधाको दिने योजनामा समेत हामी अगाडि बढिरहेका छौ ।
 
यस शिक्षालयमा कार्यरत हुँदै गर्दा अबका योजनाहरुको के–कस्ता छन् ?
हाम्रो शिक्षालय कालिगण्डकी किनारमा भएको कारण यस वरपर विभिन्न बोट विरुवा हुर्काउने जसले विद्यार्थीहरुको अध्ययनमा अझ सहज होस् । हामीलाई भएको जग्गा कम भएको हुँदा हामीले यहाँ उपभोक्त समिति सँग समन्वय गरेर करिब १५० रोपनी जग्गा यस शिक्षालयलाई दिर्ने निर्णय भएको छ यो कार्य सह्र्राानिय हो जसले अध्ययन गर्ने विद्यार्थीको प्रयोगात्मक अभ्यासको लागि सहज हुनेछ । साथै सो जग्गामा वन विज्ञानको साथै कृषि, भेटेरीनरी, सर्भे इन्जिनियरीङ्गका कार्यक्रमहरु पनि संचालन गर्न यहाँका स्थानीय उपभोक्ता तथा जनमानसको चासो रहेको छ । साथै वन विषयको फिल्ड अध्ययनको लागि हामीले डिभिजन वन कार्यालय दमौलीसँग समन्वय समेत गरेका छौ । 
आउने आगामी शैक्षिक सत्रमा हामीले विद्यार्थीहरुको लागी एउटा नर्सरी तयार गराउने यसबाट विद्यार्थीको लागि केही सिक्ने मौका मिल्ने र उनिहरु मार्फतनै केही कमाउ हाम्रो लक्ष्य हो । कमाएको ४० प्रतिशत विद्यार्थी आफैले पाउने, २५ प्रतिशत प्रशिक्षार्थीहरुलाई उपलब्ध गराउने र बाँकी रहेको रकम शिक्षालयको कोषमा जम्मा गर्ने योजना हामीले बनाएका छौ ।
 
हजुरले प्राविधिक क्षेत्रमा पु¥याउनु भएको योगदानको विषयमा जानकारी गराईदिनुहोस् न ?
मलाई यो स्थानसम्ममा पु¥याउने श्रेय बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजि कलेजलाई दिन चाहन्छु । टेक्निसियन सर्टिफिकेट्स पढ्दै गर्दा भोलि म कहाँ पुग्छु भन्ने कल्पना गरेको थिइन । तर पनि मेरो अध्ययन पछाडि प्राईभेट संस्थामा काम गर्दै गर्दा मलाई सरकारी जागिरको रुपमा ललितपुर महानगरपालिकामा काम गर्ने अवसर मिल्यो त्यहाँ चारवर्ष पश्चात् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्र्तगत भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा सहायक प्रशिक्षकको रुपमा काम सुरु गरी त्यहाँ लगभग १३ वर्ष बिताएपछि लगत्तै राष्ट्रिय सीप परीक्षण समितिमा सरुवा भई काम गर्दै गर्दा व्यवहारिक सीप, ज्ञान र सैद्धान्तिक ज्ञानलाई सूक्ष्म रुपमा बुझ्ने अवसर प्राप्त भयो । यस संगसँगै २०७५ साल आश्विन देखि यस कालिगण्डकी बहुप्राविधिक शिक्षालयमा शिक्षालय प्रमुखको रुपमा कार्यरत रहेको छु । मेरो जन्म स्थान यसै जिल्लामा भएकै कारण यस शिक्षालयसँग मेरो अनन्य सम्बन्ध छ, जसकारण यस शिक्षालयलाई भोलिको दिनमा अझ विस्तारीत र विविध योजनाका साथ अघि बढ्ने छु । 

प्रतिक्रिया