भर्खरै

नलगाड आयोजना डीपीआर निर्माणमै अलमल, मन्त्री पुनले दिए सम्झौतापत्र रद्द गर्ने चेतावनी

  • प्रकाशित मिति : आईत, पौष ५, २०७७
  • - विद्युत संसार
title
पुस  ५ काठमाडौं । ४०७ मेगावाटको जलाशययुक्त नलगाड जलविद्युत् आयोजनाको  विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणमा ढिलाइ भएको छ ।
 
 जाजरकोट जिल्लामा निर्माण हुने यो आयोजनाको डीपीआर बनाउन दुईपटक गरी एक  वर्ष समय थपिए पनि काम नसकिएको भन्दै परामर्शदाताले फेरि समय थप गर्न माग गरेका छन् । अस्टे««लियन कम्पनी  स्मेक, अःट्र«ेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले संयुक्त रूपमा डीपीआरको जिम्मा पाएका थिए । सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र स्मेक, एमडब्लूएच जेभी उदयबीच सम्झौता भएको थियो । 
 
ेसमयमा काम सम्पन्न हुन नसकेपछि २०१९ अगस्टमा  पहिलोपटक तीन महिना र दोस्रोपटक नौ महिना डीपीआरको समयावधि  थप भएको थियो तर अझै पनि १५ प्रतिशत काम बाँकी रहेको भन्दै समय थपिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा अनुरोध गरिएको छ । 
स्मेकका नेपाल प्रतिनिधि  बाबुराम भारद्वाज र रेशम ढकालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र आयोजना क्षेत्रका सांसद वन तथा वातावरणमन्त्री  शक्तिबहादुर  बस्नेत समक्ष अझै नौ महिना समय दिन अनुरोध गरेका हुन् । डीपीआरको काम करिब ८५ प्रतिशत  सकिएको र १५ प्रतिशत  कामका  लागि १२ सेप्टेम्बर २०२१ सम्मको समय  आवश्यक  रहेको  औँल्याइएको थियो । मन्त्रीद्वयले डीपीआरको प्रगतिबारे जानकारी लिन शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजनाका अधिकारी तथा परामर्शदाताका प्रतिनिधिसँग छलफल  गरेका थिए ।
छलफलमा समयमै काम नगरेको र समयमात्रै लम्ब्याउन खोजेको भन्दै मन्त्री पुनले सम्झौतापत्र नै रद्द हुन सक्ने चेतावनी दिए । परामर्शदाताले तोकिएको समयमै काम  नसक्ने  अनि  गाली चाहिँ सरकारले खानुपर्ने अवस्था आएको चर्चा  गर्दै  मन्त्री  पुनले  भने,  “वास्तविक जटिलता भए मन्त्रालयले सहजीकरण गर्छ तर बहानाबाजी बनाएर  डीपीआरमा थप ढिलाइ स्वीकार्य हुदैन ।”  कस्तो बन्नेछ आयोजनाजाजरकोटको नलगाड गाउँपालिका वडा नं ७, दल्लीमा  विद्युत्गृह र बारेकोट गाउँपालिका वडा नं.८, अँधेरीखोलामा बाँध निर्माण गर्न प्रस्ताव  गरिएको  छ । 
 
नलगाड नगरपालिकाको नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युत्गृह निर्माण हुनेछ । आयोजनामा  चारवटा  टर्वाइन  हुनेछन् । प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट  विद्युत्  उत्पादन  हुनेछ । यो आयोजनाबाट उत्पादित विद्युत् चार सय केभी डबल सर्किट प्रसारण लाइन मार्फत कोहलपुर  सबस्टेसनमा जोड्ने योजना छ । आयोजनास्थलबाट कोहलपुरसम्म ११२ किमी लामो प्रसारण लाइन निर्माण गरिने छ । –आजको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago