माथिल्लो तामाकोसी नेपालकै गौरव जलविद्युत आयोजना, जुन नेपाल कै लगानीमा बन्दै छ ।
- प्रकाशित मिति : बुध, पौष १, २०७७
- - विद्युत संसार संवाददाता
पुस १ काठमाडौं । नेपाली आफैंले यति ठूलो आयोजनाका लागि लगानी जुटाउन सक्छन् र आफैं बनाउन सक्छन् भन्नेहरुको एउटै उत्तर माथिल्लो तामाकोसी जलविद्युत आयोजना हो । ४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलविद्युत आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरव बढाउने आयोजना पनि हो । किनकी यो आयोजना नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् । जसकारण राष्ट्रिय महत्वको आयोजना पनि भन्न सकिन्छ ।
माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय गौरवको आयोजना मानिएको छ । नेपाली पैसा र नेपाली व्यवस्थापनबाट यति ठूलो आयोजना कार्यान्वयन गर्नु निश्चय नै गौरवको कुरा हो । विदेशी पैसाको मुख नताकी हामी आफैँ पनि राष्ट्रिय निर्माणमा सहभागी हुन सक्छौं भन्ने यो राम्रो उदाहरण हो ।
३५ अर्ब रुपैयाँको लागत र करीब ६ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित उक्त आयोजनाको निर्माण सन् २०११ मा शुरू गरिएको थियो । तर एकपछि अर्को अवरोधका कारण आयोजना निर्माण अवधि मात्र लम्बिएको छैन, लागत पनि बढेको छ ।
नर्वेजियन सरकारको सहयोगमा आयोजनाको विस्तृत अध्ययन गरियो, जसले उक्त आयोजना ३० अर्ब रुपैयाँमा करीब ३०९ मेगावाट क्षमताको हुन सक्ने देखियो ।
३०९ मेगावाटको आयोजना निर्माण गर्नेगरी अपर तामाकोशी जलविद्युत् कम्पनी खडा गरियो । आयोजना कार्यान्वयन गर्ने क्रममा थप अध्ययन पछि सन् २००९ मा करीब ३ अर्ब रुपैयाँ थप लगानीमा आयोजनाका संरचनाहरूको क्षमता बढाएर ४५६ मेगावाट बनाउन सकिने देखियो । थप गरिएका संरचनाबाट नजिकै रहेको रोल्वालिङ खोलाबाट हिउँदमा करीब २२ मेगावाट थप विद्युत् उत्पादन गर्न सकिने र आयोजनाले वार्षिक करीब २४५ करोड युनिट विद्युत् उत्पादन गर्न सक्ने पाइएको छ ।
दैनिक रूपमा पानी सञ्चय गरी विद्युतको बढी माग हुने बिहान र साँझमा ५ घण्टासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादनका लागि आवश्यक प्रतिसेकेन्ड ६६ हजार लिटर पानी जम्मा गर्न २२ मिटर उचाइ र ६० मिटर लम्बाइको कंक्रिट बाँध बनाइएको छ, जसले १२ लाख घनमिटर पानी सञ्चय गर्न सक्दछ । बाँधमा सञ्चित पानीलाई करीब ८ दशमलव ४ किलोमिटरको सुरुङ हुँदै १ हजार १३४ मिटरको फलामे पाइपबाट करीब ८२२ मिटर झारेर विद्युत् उत्पादन गरिन्छ । विद्युत् उत्पादन गरेपछि सो पानी अर्को २ दशमलव ९ किलोमिटरको सुरुङबाट पुनः तामाकोशीमा पु¥याइनेछ । उत्पादित विद्युतलाई ४७ किलोमिटर लामो २२० केभीको प्रसारण लाइनबाट खिम्ती सबस्टेशनमा ल्याएर राष्ट्रिय प्रणालीमा जोडिने गरिनेछ ।
यो आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको संस्थागत शेयर लगानी छ भने सर्वसाधारण लगानीकर्ताले पनि लगानी गरेका छन् ।
२०७२ बैशाखको विनाशकारी भूकम्पसँगै तामाकोसीको काम डेढ वर्षसम्म रोकिएको थियो । भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुप¥यो । भूकम्पले बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।
आयोजनाले डिजाइन पनि परिवर्तन ग¥यो । मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो । भूकम्पको कारण काम ठप्प भएकै अवस्थामा देशलाई राजनीतिक संकट आइप¥यो, जसकारण देशका दक्षिणी नाकाहरू बन्द भए । भारतीय ठेकेदारहरू भएका र अधिकांश सामान भारत भएर आउनुपर्ने भएकाले आयोजनाको गति रोकियो । यो आयोजनामा अन्य आयोजनाहरू सरह स्थानीय अवरोध पनि भए । यस समस्याले पनि आयोजनाको काममा ढिलाइ भयो ।
यो आयोजनाको सबैभन्दा चुनौतीपूर्ण काम १ किलोमिटर १३४ मिटरको ठाडो सुरुङमा फलामे पाइप जडान गर्ने काम हो ।
यसरी भएका ढिलाइले आयोजनाको लागत अनुमान गरे भन्दा दोब्बर भइसकेको छ । खर्च बढ्नुमा अमेरिकी डलरको सटही दरमा आएको चढाव पनि एउटा कारण हो । तर त्यो पनि आयोजना समयमै सम्पन्न गर्न सकेको भए धेरै कम हुन्थ्यो ।
आयोजना पूर्णरूपमा सम्पन्न गर्न थप केही समय लाग्छ । प्रत्येक दिनको ढिलाइले कम्पनीलाई करोडौ रुपैयाँ ब्याज भार थपिँदै जान्छ ।
यो आयोजना सम्पन्न भएपछि नेपालमा विद्युतको मागभन्दा उत्पादन बढी हुन्छ भनिएको छ । यो बढी विद्युतको व्यवस्थापन आगामी दिनहरूको सबैभन्दा ठूलो चुनौती हुनेछ । यसको सही व्यवस्थापन गर्न सके विद्युत् उत्पादनबाट राज्य समृद्ध बन्न सक्दछ । माथिल्लो तामाकोशीबाट सिकिएका पाठहरू र यसबाट उत्पादित विद्युतको बजारको व्यवस्थापन गर्न सके राष्ट्रले गौरव गर्न लायक काम भएको मान्नेछ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना
( प्राविधिक विवरण)
देशः नेपाल
किसिम : जलविद्युत आयोजना
आयोजनाको किसिमः रन अफ रिभर
आयोजना स्थलः लामाबगर गा.वि.स.दोलखा जिल्ला
जडित क्षमताः ४५६ मेगावाट
औसत वार्षिक ऊर्जाः २२८१ मेगावाट घण्टा
ग्रस हेडः ८२२ मिटर
डिजाइन बहावः ६६ घनमिटर र सेकेण्ड
बाधको क्षेत्रः १७४५ वर्ग कि.मि
बाध (ल.८ उ.): ६० मिटर ८ २२ मि.
जलाशयको क्षमताः १२ लाख घन मिटर
बालुवा थिग्राउने पोखरीः २२५ मि.(ल) ८ २६ मिटर (चौ)
सुरुङः ७.८६ कि.मि
लम्बाईः ६ मिटर
ब्यासः
पेनस्टकः ५८२ मिटर (खुद व्यास ३.६ मि)
जडान हुने टर्वाइनः ६ वटा (पेल्टन टर्वाइन )
स्रोतः अनलाईन