भर्खरै

हाइड्रो परिचयः चमेलिया जलविद्युत जुन आयोजनालाई असफल आयोजनाको कालो धब्बा लाग्यो

  • प्रकाशित मिति : बुध, मंसिर २४, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, २४ मंसिर । सुदूरपश्चिम विकासक्षेत्रको दार्चुलामा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको कार्यान्वयन नेपाल विद्युत् प्राधिकरणले गरेको मध्य एक आयोजना हो ।
 
यस आयोजनालाई अझ अर्को रुपमा नेपालको जलविद्युत् क्षेत्रको असफल आयोजनाको भनेर समेत चिनिन्छ । किनकी सुदूरपश्चिम प्रदेशको दार्चुलामा अवस्थित ३० मेगावाटको आयोजना निर्माण शुरू गरेको ३ वर्षमा ८ अर्ब रुपैयाँ लगानी गरेर सम्पन्न गर्ने लक्ष्य थियो तर शुरू गरेको १० वर्षपछि मात्र सम्पन्न हुँदा १६ अर्ब रुपैयाँभन्दा बढी लागिसकेको थियो । आयोजनामा उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दा चमेलियाले भने खराब जलविद्युत् आयोजनाको रूपमा पहिचान बनाएको थियो । 
 
यस आयोजनाको विशेषत भनेको बिजुलीको कम माग भएको बखतमा पानी सञ्चय गरी बिहान र साँझमा बढी माग भएको अवस्थामा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्नेगरी निर्माण गरिएको छ । आयोजनाको बाँधबाट करीब ३६ घनमिटर पानी फर्काएर ४०६७ मिटर लामो सुरुङबाट सो पानी विद्युतगृहसम्म पु¥याउँदा उपलब्ध भएको करीब १०४ मिटरको हेडको सदुपयोग गरी ३० मेगावाट विद्युत् उत्पादन गरिएको छ । 
 
आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट विद्युत् उत्पादन गर्दछ । उत्पादित विद्युतलाई १३१ किलोमिटर लामोे १३२ केभी प्रसारण लाइनमार्फत अत्तरियास्थित राष्ट्रिय प्रणालीमा जोडिएको छ । यो आयोजनाको निर्माणार्थ करीब १८ किमी लामो सडक बाटो निर्माण गर्नुपरेको थियो ।
 
उक्त आयोजनाका लागि आवश्यक वित्तीय स्रोत दक्षिण कोरिया सरकार र नेपाल सरकारबाट जुटाइएको थियो । 
यो आयोजनाको बाँध, सुरुङ, जलविद्युत् गृहजस्ता सिभिल संरचनाको निर्माण गर्ने ठेक्का चिनियाँ कम्पनी गेजुबाले पाएको थियो भने कोरिया हाइड्रो एण्ड न्यूक्लियर पावर कम्पनीले मेशिनरी उपकरण, प्रसारण लाइन, फलामे पाइपका साथै फलामका अन्य कामको ठेक्का पाएको थियो । 
 
चमेलिया जस्तै नेविप्राले कार्यान्वयन गरेका थुप्रै अरू आयोजना पनि यसरी नै ढिला भईरहने र शुरूमा अनुमान गरिएको लागतभन्दा धेरै बढीमा सम्पन्न हुने गरेको पाइन्छ । यसका उदाहरणहरूमा कुलेखानी–३, माथिल्लो त्रिशुली ए, माथिल्लो तामाकोशी आदि पर्दछन् । 
 
चमेलिया आयोजनाको विभिन्न सकारात्मक पक्ष पनि नभएका भने पक्कै होईनन् जस्तोकी यस आयोजना नेपालको सुदूरपश्चिममा निर्माण भएकाले सो अति दुर्गम क्षेत्रको समष्टिगत विकासमा यो आयोजनाको ठूलो योगदान छ । साथै आयोजना क्षेत्रबाट अत्तरियासम्म बनेको प्रसारण लाइनले सो क्षेत्रमा थुप्रै अरू जलविद्युत आयोजना निर्माण गर्ने बाटो खुलेको छ । आयोजनाले स्थानीय रोजगारीको सिर्जना गर्दै स्थानीयलाई विद्युतीकरण र मोटर बाटोको सुविधा उपलब्ध गराएको छ । 
 
आयोजना ढिला हुनु र लागत बढ्नुमा विभिन्न कारणहरु पनि भएको सुन्न सकिन्छ  राजनीतिक हस्तक्षेप र अनावश्यक छानबिन नगर्ने, आयोजनाहरूलाई आवश्यक सरकारी स्वीकृति, सिफारिस आदि समयमा उपलब्ध गराइदिने त्यसैगरी आयोजनाले निर्माण गर्ने सडक, प्रसारण लाइन जस्ता पूर्वाधार नेपाल सरकारको तर्फबाट बनाइदिनु पर्दछ । चमेलिया आयोजनाले एक असफल आयोजनाको कालो धब्बा लागे पनि यसबाट सिकिएका पाठहरू आत्मसाथ गर्न सके अब बन्ने आयोजनाले यस्तो अवस्था भोग्नुपर्ने थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago